काठमाडौं– राष्ट्रिय फुटसल लिगमा स्वयम्भू रिक्रिएसन सेन्टरले बिजी ब्रदर्सलाई ७–५ ले पराजित गरेको छ।
शनिबार भएका अन्य खेलमा स्तुपा फुटसल एरेनाले धनयन्त्री फुटसललाई ५–३ र हरिसिद्धिले खुमलटार युवा क्लबलाई ४–२ ले हराए।
किकअफले खालीबारीलाई ६–४ ले पराजित ग¥यो भने रेभ फुटसल सेन्टर र सामाखुसी फुटसलले २–२ को बराबरी खेले। ढुकु फुटसल हब र चौर रिक्रिएसन सेन्टरले पनि १–१ को बराबरी खेलेका छन्। दिनको अन्तिम खेलमा शंखमूल फुटसलले स्तुपालाई ४–२ ले हरायो।
राष्ट्रिय फुटसल लिगमा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ जित्नेछन्।
एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोली बनाउन फुटसल लिगको आयोजना गरिएको हो। लिगबाट छानिएका खेलाडीले इरानमा हुने छनोट प्रतियोगिता खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।