• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
सन्दर्भ: विश्व थाइराइड दिवस

किन हुन्छ थाइराइड गडबडी?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ११, २०८०  ०९:५५
1140x725

पछिल्ला केही वर्षदेखि ल्याब परीक्षण गराउनेहरुमध्ये थाइराइडको परीक्षण नगराउने बिरलै होलान्। थाइराइड जाँच गराउनेहरुको संख्या हेर्ने हो भने, थाइराइडको समस्या बढिरहेको आकलन गर्न सकिन्छ। तर कुनै समस्या लिएर अस्पताल जानासाथ परीक्षण गर्नुपर्ने लिस्टमा थाइराइड नछुट्ने भएकाले यो समस्या बढेको देखिएको हो भन्ने तर्कलाई पनि नकार्न सकिँदैन। 

विशेष गरी हर्मोनको गडबडीका कारण थाइराइडसम्बन्धी समस्या हुने भएकाले चेकजाँचको समय, अवस्था र परिस्थितिसँग यसको सम्बन्ध हुन्छ। कतिपय अवस्थामा यी कुरालाई मध्यनजर नगरी विभिन्न निजी स्वास्थ्य संस्थाका डाक्टरले औषधि सिफारिस गर्ने गरेको पाइन्छ।

अहिले धेरैको चासो र चिन्ताको विषय बनिरहेको थाइराइडसम्बन्धी समस्याको भ्रम र यथार्थ के हो भन्नेबारे विशेषज्ञहरु डा बुद्ध कार्की र डा दिपक मल्लसँग गरिएको कुराकानीका आधारमा यो सामाग्री तयार पारेका छौँ।

थाइराइड के हो?
थाइराइड भनेको शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारमा दायाँ र बायाँ जोडिएर बसेको हुन्छ। यो ग्रन्थी श्वासनलीसँग जोडिएको हुन्छ। यसलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ ग्रन्थी भनिन्छ।

पिट्युटरी ग्रन्थीको नियन्त्रणमा रहेर थाइराइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ। पिट्युटरी ग्रन्थीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोन’ (टिएसएच) का कारण थाइराइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ। थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ।

शरीरलाई आवश्यक परेमा ‘टिएसएच’का साथै ‘टि थ्री’ र ‘टि फोर’ बढी मात्रामा उत्पादन हुन्छ। शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरी ग्रन्थीमा ‘नेगेटिभ फिडब्याक’ पठाएर टिएसएच कम उत्पादन गर्न संकेत पठाउँछ। जसअनुसार पिट्युटरी ग्रन्थीले ‘टिएसएच’ कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि थ्री’ र ‘टि फोर’ कम उत्पादन गर्छ।

केही वर्षयता नेपाली समाजमा ‘थाइराइड’सम्बन्धी स्वास्थ्य समस्या चुनौतीका रुपमा देखा परेको छ। अधिकांश २० देखि ४० वर्ष उमेर समूहका र कतिपय अवस्थामा ६० वर्षका प्रौढहरुमा समेत थाइराइडको समस्या देखिएको छ। थाइराइडको समस्या देखिनु भनेकै यसले उत्पादन गर्ने हर्मोनमा हुने गडबडी हो।

Ncell 2
Ncell 2
nimb
nimb

थाइराइड र असर
थाइराइड ग्रन्थीबाट उत्पादन हुने हर्मोनले शरीरका विभिन्न अंगलाई प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो हर्मोनको असर कपालदेखि नङसम्म कुनै न कुनै रुपमा देखिन सक्छ।

थाइराइडले उत्पादन गर्ने हर्मोनको मात्रा नियमितभन्दा तलमाथि भएमा समस्या देखिन्छ। बालबालिकको शारीरिक विकास सुस्त हुन्छ। बालबालिकाको वौद्धिक विकास नहुँदा गणितमा कमजोर हुन्छन्। १० देखि १४ वर्षको उमेरका किशोर किशोरीको शारीरिक विकास क्रममा समस्या आउन सक्छ। केटाहरुको जुँगा नआउने, अण्डकोषको विकास हुन नसक्ने तथा केटीहरुको रजस्वला नहुने, धेरै मोटाउने जस्ता समस्या देखा पर्छन्। त्यसैगरी, कतिपय शारीरिक अंगको राम्रोसँग विकास नहुन सक्छ।

थाइराइडबाट सबै उमेर समूहका व्यक्ति ग्रसित हुन सक्छन्। यसले विभिन्न अंगलाई असर गरिरहेको हुन्छ। हर्मोनको गडबडले मुटुको धड्कनदेखि पम्प गर्नुपर्ने रगतको मात्रामा समेत प्रभाव पार्छ। शरीरको हाड बन्ने प्रक्रियामा यो हर्मोनको गडबडीले असर गर्छ।

यसले फोक्सोको चाल र फोक्सोबाट रगतमा पठाउने अक्सिजनको मात्रा बढाउने वा घटाउने गरिदिन्छ। जसले गर्दा रगतमा अक्सिजनको मात्रा बढ्ने वा घट्ने हुन्छ। साथै कलेजोमा ‘सुगर’ बन्ने प्रक्रियालाई पनि यो हर्मोनको गडबडीले ‘हाइ–लो’ बनाउन सक्छ।

Xtrem

Xtrem

थाइराइडबाट उत्पादित हर्मोनले ‘कोलेस्टेरोल’को मात्रा धेरै घटाउन वा चाहिने भन्दा बढाउन सक्छ। साथै, नशालाई निस्क्रिय बनाउन सक्छ। धेरै महिलाको थाइराइडका कारण महिनावारी गडबड हुन्छ। यसैगरी, थाइराइडका कारण बाँझोपनको समस्या पनि बढिरहेको पाइन्छ।

किन हुन्छ गडबडी?
थाइराइड ग्रन्थीले उत्पादन गर्ने ‘टि–थ्री’ र ‘टि–फोर’ हर्मोनको खास काम एउटै हुन्छ। थाइराइड ग्रन्थीमा दुई खालका ‘सेल’ हुन्छन्। ‘फोलिकुलर सेल’ र ‘पाराफोलिकुलर सेल’। फोलिकुलर सेलले ‘टि–थ्री’ र ‘टि फोर’ हर्मोन उत्पादन गर्छ। पाराफोलिकुलर सेलबाट ‘क्लाल्सिटोनिन’ हर्मोन उत्पादन हुन्छ, जुन ‘क्याल्सियम’सँग सम्बन्धित हुन्छ।

थाइराइड ग्रन्थीले उत्पादन गर्ने ‘टि–थ्री’ र ‘टि फोर’ हर्मोनको काम करिब उस्तै हो। मानव शरीरमा ‘टि फोर’ ज्यादा उत्पादन हुन्छ भने ‘टि–थ्री’ त्यसको तुलनामा कम उत्पादन हुन्छ। ‘टि फोर’ नै पछि ‘टि–थ्री’मा रुपान्तरिक हुन्छ। ‘टि–थ्री’को काम ज्यादा देखिए पनि उत्पादन भने ‘टि फोर’ बढी हुन्छ।

हाम्रो खानामा आयोडिनको मात्रा बढी वा कम भयो भने थाइराइडसम्बन्धी समस्या देखिन सक्छ। उच्च पहाडी क्षेत्रमा आयोडिन कम पाइन्छ। त्यसैले केही वर्ष अघिसम्मको अवस्था हेर्दा ती क्षेत्रमा बसोबास गर्ने मानिसको शरीरमा आयोडिनको अभाव देखिन्थ्यो। उच्च पहाडी क्षेत्रमा नुन पाउन समस्या हुँदा र पाउँदा पनि आयोडिनको मात्रा कम हुने भएकाले त्यसबेला थाइराइडको समस्या देखा परेको थियो।

आयोडिनको कमीले थाइराइड ग्रन्थीलाई असर गर्छ र परिणाम स्वरुप ‘टि–थ्री’ र ‘टि फोर’ हर्मोन कम/बढी उत्पादन हुन्छ। मानिसको शरीरमा ‘अटो इम्युन’ (एन्टीबडी) का कारण थाइराइडसम्बन्धी रोगहरु लाग्ने गर्छ। कुनै रोगका कारण शरीरमा एन्टिबडी उत्पन्न हुन्छ र त्यसले थाइराइड ग्रन्थीलाई प्रभाव पार्छ। हाम्रो शरीरले थाइराइड सम्बन्धी रोगसँग प्रतिरोध नै गर्न सक्दैन। त्यसैले ‘अटो इम्युन डिजिज’का विभिन्न प्रकारमध्ये थाइराइड सम्बन्धी रोग पनि पर्दछ।

उमेर अनुसारका लक्षण
गर्भवती आमालाई ‘हाइपो थाइराइडिज्म’ छ भने औषधि सेवन गर्नैपर्छ। बच्चामा थाइराइडको समस्या देखियो भने उसको शारीरिक र मानसिक विकासमा असर पुग्छ। त्यसैगरी, बच्चाहरुको यौनाङ्गको विकासमा पनि अवरोध आउन सक्छ।

२० देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा भने थाइराइडका कारण हुने समस्या जटिल रुपमा देखा पर्छ। थाइराइडको समस्याले किशोरीहरुको महिनावारीलाई नियमित हुन दिँदैन। विवाह भएपछि बच्चा नहुने समस्या देखापर्छ। युवाहरुमा शुक्रकिट कम उत्पादन हुन्छ। कतिपय दम्पतिको विवाहपछि सन्तान नहुने कारण खोजी गर्दा उनीहरुलाई थाइराइडको समस्या भएको पत्ता लाग्ने गरेको छ।

युवा अवस्थामा आलस्यपन आउँछ। थाइराइडको समस्याले मांशपेशीलाई पनि असर गर्छ। राति राम्रोसँग निद्रा पर्ने, तर बिहान उठ्ने बेलामा निकै गाह्रो हुने, उठ्न मन नलाग्ने हुन्छ। काम गर्न जाँगर नचल्ने र चाँडै थकाइ लाग्ने हुन सक्छ।

युवा अवस्थामा मोटोपनाले सताउँछ। युवतीहरु अतिरिक्त खाना नखाएरै पनि मोटाइरहेका हुन्छन्। थाइराइडका हर्मोनले शरीरको ‘मेटाबोलिजम’लाई नै नियन्त्रण गरिरहेको हुन्छ। थाइराइड हर्मोनको गडबडले आन्द्राको चाल गडबड गरिदिएको हुन्छ। हातखुट्टाहरु झमझम गर्नेदेखि एकदमै पसिना आउने भयो भने पनि थाइराइडको समस्याले हर्मोन उत्पादनमा गडबड ल्याएको हुन सक्छ।

कतिपय व्यक्तिलाई युवा अवस्थामा कुनै समस्या नदेखिइ एकैपटक प्रौढ र वृद्धावस्थामा थाइराइडको समस्या देखिन सक्छ। खासगरी प्रौढ र वृद्धावस्थामा हुने थाइराइडले मुटुमा असर गर्न सक्छ। थाइराइडमा हुने समस्याले मुटुको धड्कन बढाउँछ। सोच्ने र स्मरणशक्ति कम हुँदै जान्छ। तर्कवितर्क गर्ने क्षमताको अभाव हुन्छ र त्यसबाट टाढा हुन मन लाग्छ। एकआपसमा कुराकानी गर्नुको साटो अल्छी भएर बस्न मन लाग्ने स्वभाव बढ्छ।

हाइपो र हाइपर थाइराइडको भिन्नता
‘टि–थ्री’ र ‘टि फोर’ हर्मोनको उत्पादन बढी भएको अवस्थालाई ‘हाइपर थाइराइडिज्म’ भनिन्छ। तर, हाइपोमा भने दुवै हर्मोनको उत्पादन कम हुन्छ। थाइराइड ग्रन्थीले उत्पादन गर्नुपर्ने हर्मोन कम भएमा त्यसकै आधारमा शरीरका अंगहरुको काममा कमी आउँछ।

उदाहरणका लागि, मुटुको धड्कन कम हुन्छ, फोक्सोको काम गर्ने क्षमता कमी आउँछ आदि। जसले गर्दा शरीरमा अक्सिजनको प्रवाह कम हुन्छ। यस्तो समस्या भएका मानिसमा मोटोपनाको समस्या देखा पर्न थाल्छ। आन्द्रा गतिविधि नियमित हुन नसक्दा कब्जियत हुन सक्छ। मानिसले खाना कम गरे पनि मोटो हुँदै जान्छ।

एक्लोपनको महसुस हुने, काम गर्दागर्दै अल्छी लाग्ने जस्ता लक्षण देखा पर्छन्। थाइराइड भएकाहरुले गर्मी महिनामा पनि जाडो महसुस गर्छन्। नेपालको सन्दर्भमा हाइपो थाइराइडिज्म नै ज्यादा देखिएको छ र यो महिलामा अझ बढी छ।

हाइपरको समस्या हुँदा भने यी लक्षणहरु ठिक उल्टो हुन्छन्। नियमितका अतिरिक्त खाना खाँदा पनि मानिस दुब्लाउँदै गइरहेको हुन्छ। किनकि उसको मेटाबोलिज्म निकै उच्च हुन्छ। आन्द्राको चाल ज्यादा हुने भएकाले नियमित झाडापखाला लाग्न सक्छ। कुल थाइराइडका बिरामीमध्ये ५ प्रतिशत जतिमात्रै हाइपरको समस्या लिएर आउने गरेका छन्।

थाइराइड र अन्य रोग
थाइराइडका रोगहरुको मधुमेह (डाइबिटिज) सँग तत्काल सिधा सम्बन्ध हुँदैन। तर, अलि समयपछि थाइराइड भएका मानिसलाई नै मधुमेह हुने सम्भावना उच्च रहन्छ। किनभने थाइराइडका कारण मानिसहरु मोटाइरहेका हुन्छन्। मोटोपनासँग डाइबिटिजको सम्बन्ध भएको हुनाले थाइराइडका बिरामीलाई केही वर्षपछि डाइबिटिज हुने सम्भावना ज्यादा हुन्छ। तर, सुरुवातमै औषधि सेवन गरियो भने नियन्त्रणमा ल्याउन सकिन्छ।

थाइराइडका कारण अरु धेरै रोग लाग्ने सम्भावना हुन्छ। कतिपय रोगले त हाम्रो जीवन नै जोखिममा पार्ने अवस्था रहन्छ। थाइराइडको गडबडीका कारण कतिपय अवस्थामा बिरामी ‘म्यासिडेमा कोमा’ को अवस्थामा पुग्न सक्छ। हर्मोनको उत्पादन एकदमै कम भयो भने मानिसको शरीर चिसो भएर बेहोस हुन सक्छ। अथवा मानिस निकै फुल्ने वा मोटाउने अवस्था आउन सक्छ।

हाइपर थाइराइड भएको अवस्थामा ‘टक्सिकोसिस’ भएर मुटुको धड्कन निकै छिटो हुन्छ। धड्कन छिटो भएपछि शरीरका विभिन्न भागमा आवश्यक परिमाणमा रगत पम्प हुन सक्दैन र अक्सिजनको आपूर्ति कम हुन्छ। तर, यस्तो खालको खतरा भने निकै कममा मात्रै हुने गर्छ।

लामो समयदेखि थाइराइडको गडबड भएका बिरामीलाई ‘एनिमिया’ पनि भएको हुनसक्छ। थाइराइड गडवडीले रगतमा अक्सिजनको मात्रा कम हुने भएकाले एनिमिया हुनसक्छ। फोक्सोका साथसाथै हाडसम्बन्धी समस्या देखिन सक्छ। क्याल्सियमको मात्रा गडवड हुनसक्छ। फोस्फरस र भिटामिन डीको मात्रा पनि तलमाथि हुनसक्छ।

महिनावारी रोकिएका महिलाहरुलाई क्याल्सियम दिनुको कारण पनि यही हो। त्यो सँगसँगै थाइराइड सप्लिमेन्ट पनि दिएका हुन्छौं। योसँगै थाइराइड रोग लागेका मानिसलाई बेलुका सुत्नेबेलामा एक गिलास दुध खान सल्लाह दिन्छौं।  क्याल्सियम चक्की महंगो पर्ने भएकाले यस्तो बैकल्पिक सुझाव दिइएको हो। र वृद्धाहरुलाई विहान उठ्ने वित्तिकै घाममा बस्न सल्लाह दिइन्छ।

थाइराइड रोगसँगै अरु रोगको पनि सम्भावना हुने भएकाले थाइराइडको समस्या देखिएकाले अरु रोग लाग्ने अवस्था निम्त्याउनु हुदैन। नियमित खानाका क्रममा चिल्लोपदार्थको मात्रा निकै कम गर्नुपर्छ। थाइराइड लागेपछि मानिसहरु मोटाउदै जाने भएकाले चिल्लो पदार्थको प्रयोगमा निकै ध्यान दिनुपर्छ। प्रेसर, सुगर र कोलेस्ट्रोलको मात्रा बढ्ने भएकाले हामीले सकेसम्म खानपानमा ध्यान दिनुपर्छ। बिरामीले आफ्नो तौल नियन्त्रण गर्न नियमित व्यायाम गर्नुपर्छ।

भ्रममा पार्ने अवस्था
४८ देखि ५२ वर्षको उमेरसम्म महिलाहरुको महिनावारी नियन्त्रण हुने समय हो। कतिपयलाई भने महिनावारी रोकिएपछि सँगसँगै थाइराइड रोगहरुले पनि आक्रमण गर्ने हुन्छ। त्यस्तो अवस्थामा महिनावारी रोकिएकाले हो या थाइराइडको गडबडीले यस्ता लक्षण देखिएको हो भनेर हामी डाक्टरहरु पनि अलमलमा पर्ने अवस्था हुनसक्छ। यी दुवै अवस्थाका लक्षणहरु एउटै हुन सक्छन्।

महिनावारी रोकिएपछि महिलाहरुमा हर्मोन उत्पादन नहुने, क्याल्सियमको मेटाबोलिजम कम हुने, भिटामिन डी पनि कम हुने हुनाले आलस्यता हुने, पसिना ज्यादा आउने, रक्तचाप बढ्ने लगायतका लक्षण देखा पर्छन्। यस्ता लक्षण देखिएमा महिनावारी रोकिएका कारणले वा थाइराइड गडबडीका कारणले यस्ता समस्या देखिएको हो ? भनी स्पष्ट रुपमा पहिचान गर्न आवश्यक छ। तर रगतको परीक्षणबाट सहजै यसको पत्ता लाग्नसक्छ।

हाइपो थाइराइडिज्ममा मुटुको धड्कन कम हुँदै जान्छ। तर हाइपर थाइराइडमा भने मुटुको धडकन तीव्र बन्दै जान्छ। त्यसैले थाइराइडका बिरामीको नियमित रुपमा ईसीजी गराउन आवश्यक छ। थाइराइड गडवडीका कारण मुटुको रोग लागेको छ/छैन भनी नियमित परिक्षण हुनुपर्छ। साथै खुट्टा गल्ने र सुन्निने लक्षण देखापर्छ। खुट्टा सुन्निनुको अर्को कारण मुटुसम्बन्धी रोगहरुको असर पनि हुनसक्छ। कुन कारणले खुट्टा सुन्निएको हुन्छ, पहिले नै पहिचान गर्नुपर्छ।

थाइराइडकै कारण कपाल सुख्खा हुने र झर्ने हुन सक्छ। घाँटीको भित्री भागमा हुने थाइराइड ग्रन्थीको पछाडी अन्ननली र श्वासनली रहेको हुन्छ। थाइराइड ग्रन्थी बाहिर बढेमा बाहिर नै गलगाँडको रुपमा देखापर्छ भने भित्रपट्टी बढेमा दुवै नलीलाई असर गर्नसक्छ। त्यसैले हामीले थाइराइडको विरामीलाई नियमित रुपमा अल्ट्रासाउण्ड गराइरहेका हुन्छौं। कतिपयलाई घाटीको भित्रपट्टि थाइराइड ग्रन्थी बढेर खाना खाँदाँखादै सर्किने, सास फेर्न गाह्रो हुने समस्या देखिन्छन्। आवाज घोक्रो भएर बदलिने हुन्छ। बढेको रहेछ भने थाइराइड हर्मोन सामान्य अवस्थामा ल्याएर सर्जरी गरिन्छ।

खानपान र जीवनशैली 
थाइराइडका बिरामीले खानपान वार्नुपर्छ भन्ने कुनै नियम छैन। हालसम्मको शोध र अनुसन्धानले पनि ‘बार्नुपर्ने’ भनेर नतिजा देखाएको छैन। मानिसको शरीरमा दैनिक १४० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ। त्यो मात्रा पूर्ति हुनेगरी हामीले आहारलाई सन्तुलित बनाउन सकियो भने थाइराइडसम्बन्धी रोगबाट बच्ने सम्भावना केही बढी हुन्छ।

हाम्रो समाजमा थाइराइडसम्बन्धी रोगहरुमा यो खानेकुरा खान हुँदैन भनेर सूची नै बनाएर हिँड्ने र आफूखुसी सल्लाह दिने चलन छ। तर, यथार्थमा कुनै खानेकुराको सेवनले बढ्ने/घट्ने हुँदैन। समुद्री खानेकुराहरु– समुद्री माछा, समुद्री बन्दागोभीको मात्रा कम गर्दा ठिक हुन्छ। तर, तरकारीको रुपमा कहिलेकाँही थोरै परिमाणमा खाएको अवस्थामा भने खासै असर गर्दैन।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्