• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेस सरकारमा सत्ता गठबन्धनभित्रको असन्तुष्टिले अंकगणित फेरिन सक्छ? 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १७:५९
1140x725

काठमाडौं– मंगलबार केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारलाई पूर्णता दिँदैगर्दा मधेस प्रदेशमा भने सत्ता गठबन्धनकाबीचमा विवाद सुरु भएको छ। 

मधेस प्रदेका मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता गठबन्धनभित्रका दलहरु माओवादी केन्द्र र लोसपासँग छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्। माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णयसमेत गरेको छ।

मधेस प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेका छन्। जसपाको नेतृत्वमा रहेको मधेस प्रदेशमा अब नेपाली कांग्रेस, जसपा र जनमत भएका छन्।

सुरुमा सरकार गठनको समयमा समर्थन गरेको नेकपा एमाले चैतमै बाहिरिएको थियो। केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि चार मन्त्रालय रिक्त थियो। उक्त मन्त्रालय सबै पाउनुपर्ने दाबी नेपाली कांग्रेसले गरे पनि मंगलबार दुई मन्त्रालयमात्र पाएको छ।

मधेस प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालय छन्। जसमा सरोजकुमार यादव मुख्यमन्त्री, सिंगासन सा कलवार खानेपानी तथा उर्जामन्त्री, संजयकुमार यादव अर्थमन्त्री, महेशप्रसाद यादव शिक्षा, विज्ञान, समाज कल्याण र वाणिज्यमन्त्री, सुनिता यादव उद्योग, पर्यटन तथा वनमन्त्री र सुरिताकुमार साह सामाजिक विकासमन्त्रीको रुपमा मौजुदा मन्त्रिपरिषदमा रहेका छन्। तीन जना राज्यमन्त्री रहेका छन्।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनमतले पाएको थियो। जनमतबाट महेश यादव   शिक्षा र वसन्त कुशवाहा भूमि व्यवस्था मन्त्री भएका थिए। माओवादी केन्द्रबाट सुनिता यादव वन तथा वातावरण मन्त्री थिइन्। भने रहवर अन्सारी  उद्योग, पर्यटन तथा वन राज्यमन्त्री थिए। चैत २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएपछि ४ मन्त्रालय रिक्त थिए।

माओवादी बाहिरियो 
नेपाली कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेसँगै माओवादी सरकारबाट बाहिरिएको छ। एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमति भएको भनिएको थियो। तर, उक्त सहमति विपरीत कांग्रेस र एकीकृत समाजवादीलाई मात्र राखेर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सत्ता गठबन्धनको एक दल माओवादीले असन्तुष्टि जनाएको हो।

माओवादीले पनि दुई मन्त्रालय माग गरेको थियो। त्यस्तै केन्द्रदेखि प्रदेशसम्म सर्मथन गरेको लोसपाले पनि मन्त्री मागेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी, लोसपा र जनमतबीच अलग्गै छलफल   
सोमबार मात्रै दुई मन्त्रालयमा दाबी गरेको माओवादीले मागे अनुसारको मन्त्रालय पाएन। सरकारमा बस्ने/नबस्ने भन्नेबारे छलफलका लागि लोसपा, जनमत र माओवादीले बैठक गरेका छन्।

बैठकका बारेमा नेपाल लाइभसँग कुरा गर्दै जनमत पार्टीका सांसद महेशप्रसाद यादवले छलफल चलिरहेको र जसपाबाट प्रदेश सञ्चालन सम्भव नहुने साझा निष्कर्ष निस्केको टिप्पणी गरे।

उनले आफूहरु केन्द्रदेखि कै सत्ता गठबन्धनमा भएकाले यो विवादमा पनि केन्द्रसँग कुरा गर्ने अनि निष्कर्षमा पुगिने उनले बताए। माओवादी र लोसपाले सरकारमा न्यायोचित भागबण्डा हुनुपर्ने नत्र सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे विचार गर्ने कुराको जानकारी केन्द्रलाई गराउनेमा सबै दल सहमत भएका छन्।

जारी विवादवारे केन्द्रलाई जानकारी गराउने र त्यहाँबाट आउने सुझावलाई ध्यानमा राखेर आगामी कदम चालिने माओवादी केन्द्रका एक सांसदले बताए।

Xtrem

Xtrem

यस्तो छ अंककगणित 
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेस प्रदेश सभामा १०७ सिट छ। प्रदेश सभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ। सरकार निर्माणको लागि ५४ सांसद आवश्यकता पर्दछ। उक्त प्रदेशमा एमाले पहिलो दल हो। २३ सिट रहेको एमाले अहिले प्रतिपक्षमा छ।

२२ सिटसहित कांग्रेस दोस्रो, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं स्थानमा छन्। ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक/एक सिट छ।

केन्द्रमा भएको तालमेल अनुसार मधेस प्रदेशमा नेपाली कांग्रेस, जसपा, माओवादी र लोसपा हुँदा ६० सांसद पुग्छन्। तर सत्ता गठबन्धन कायम राख्नुपर्ने चुनौती मुख्यमन्त्रीलाई देखिएको छ। 

माओवादी, लोसपा र जनमतले साथ दिएनन् भने सरकार टिकाउन कठिन हुने देखिन्छ। मुख्यमन्त्रीसँग नेपाली कांग्रेस २२, जसपा १६ र एकीकृत समाजवादी ७ सिट गरि ४५ सांसद मात्र पुग्ने देखिन्छ। सरकारसँग बहुमत सिद्ध गर्नका लागि ९ सांसद नपुग्ने देखिन्छ। त्यसका लागि जनमत वा लोसपामध्ये एकलाई चित्त बुझाउनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई छ। 

यता असन्तुष्ट माओवादी केन्द्र, जनमत र लोसपाले अर्को गठबन्धन बनाउन सहमत भएमा भने सवैलाई समेटेर बहुमत पुर्‍याउन नेकपा एमालेलाई पनि ल्याउनुपर्ने छ। एमाले, लोसपा, जनमत र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु मिल्नुपर्ने देखिन्छ। असन्तुष्टहरुले यो गठबन्धन बनाउन सके प्रदेशसभा सदस्यको संख्या जोड्दा ५९ सांसद पुग्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५९
  • #मधेस–प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्