• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेस सरकारमा सत्ता गठबन्धनभित्रको असन्तुष्टिले अंकगणित फेरिन सक्छ? 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १७:५९
1140x725

काठमाडौं– मंगलबार केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारलाई पूर्णता दिँदैगर्दा मधेस प्रदेशमा भने सत्ता गठबन्धनकाबीचमा विवाद सुरु भएको छ। 

मधेस प्रदेका मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता गठबन्धनभित्रका दलहरु माओवादी केन्द्र र लोसपासँग छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्। माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णयसमेत गरेको छ।

मधेस प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेका छन्। जसपाको नेतृत्वमा रहेको मधेस प्रदेशमा अब नेपाली कांग्रेस, जसपा र जनमत भएका छन्।

सुरुमा सरकार गठनको समयमा समर्थन गरेको नेकपा एमाले चैतमै बाहिरिएको थियो। केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि चार मन्त्रालय रिक्त थियो। उक्त मन्त्रालय सबै पाउनुपर्ने दाबी नेपाली कांग्रेसले गरे पनि मंगलबार दुई मन्त्रालयमात्र पाएको छ।

मधेस प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालय छन्। जसमा सरोजकुमार यादव मुख्यमन्त्री, सिंगासन सा कलवार खानेपानी तथा उर्जामन्त्री, संजयकुमार यादव अर्थमन्त्री, महेशप्रसाद यादव शिक्षा, विज्ञान, समाज कल्याण र वाणिज्यमन्त्री, सुनिता यादव उद्योग, पर्यटन तथा वनमन्त्री र सुरिताकुमार साह सामाजिक विकासमन्त्रीको रुपमा मौजुदा मन्त्रिपरिषदमा रहेका छन्। तीन जना राज्यमन्त्री रहेका छन्।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनमतले पाएको थियो। जनमतबाट महेश यादव   शिक्षा र वसन्त कुशवाहा भूमि व्यवस्था मन्त्री भएका थिए। माओवादी केन्द्रबाट सुनिता यादव वन तथा वातावरण मन्त्री थिइन्। भने रहवर अन्सारी  उद्योग, पर्यटन तथा वन राज्यमन्त्री थिए। चैत २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएपछि ४ मन्त्रालय रिक्त थिए।

माओवादी बाहिरियो 
नेपाली कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेसँगै माओवादी सरकारबाट बाहिरिएको छ। एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमति भएको भनिएको थियो। तर, उक्त सहमति विपरीत कांग्रेस र एकीकृत समाजवादीलाई मात्र राखेर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सत्ता गठबन्धनको एक दल माओवादीले असन्तुष्टि जनाएको हो।

माओवादीले पनि दुई मन्त्रालय माग गरेको थियो। त्यस्तै केन्द्रदेखि प्रदेशसम्म सर्मथन गरेको लोसपाले पनि मन्त्री मागेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी, लोसपा र जनमतबीच अलग्गै छलफल   
सोमबार मात्रै दुई मन्त्रालयमा दाबी गरेको माओवादीले मागे अनुसारको मन्त्रालय पाएन। सरकारमा बस्ने/नबस्ने भन्नेबारे छलफलका लागि लोसपा, जनमत र माओवादीले बैठक गरेका छन्।

बैठकका बारेमा नेपाल लाइभसँग कुरा गर्दै जनमत पार्टीका सांसद महेशप्रसाद यादवले छलफल चलिरहेको र जसपाबाट प्रदेश सञ्चालन सम्भव नहुने साझा निष्कर्ष निस्केको टिप्पणी गरे।

उनले आफूहरु केन्द्रदेखि कै सत्ता गठबन्धनमा भएकाले यो विवादमा पनि केन्द्रसँग कुरा गर्ने अनि निष्कर्षमा पुगिने उनले बताए। माओवादी र लोसपाले सरकारमा न्यायोचित भागबण्डा हुनुपर्ने नत्र सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे विचार गर्ने कुराको जानकारी केन्द्रलाई गराउनेमा सबै दल सहमत भएका छन्।

जारी विवादवारे केन्द्रलाई जानकारी गराउने र त्यहाँबाट आउने सुझावलाई ध्यानमा राखेर आगामी कदम चालिने माओवादी केन्द्रका एक सांसदले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ अंककगणित 
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेस प्रदेश सभामा १०७ सिट छ। प्रदेश सभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ। सरकार निर्माणको लागि ५४ सांसद आवश्यकता पर्दछ। उक्त प्रदेशमा एमाले पहिलो दल हो। २३ सिट रहेको एमाले अहिले प्रतिपक्षमा छ।

२२ सिटसहित कांग्रेस दोस्रो, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं स्थानमा छन्। ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक/एक सिट छ।

केन्द्रमा भएको तालमेल अनुसार मधेस प्रदेशमा नेपाली कांग्रेस, जसपा, माओवादी र लोसपा हुँदा ६० सांसद पुग्छन्। तर सत्ता गठबन्धन कायम राख्नुपर्ने चुनौती मुख्यमन्त्रीलाई देखिएको छ। 

माओवादी, लोसपा र जनमतले साथ दिएनन् भने सरकार टिकाउन कठिन हुने देखिन्छ। मुख्यमन्त्रीसँग नेपाली कांग्रेस २२, जसपा १६ र एकीकृत समाजवादी ७ सिट गरि ४५ सांसद मात्र पुग्ने देखिन्छ। सरकारसँग बहुमत सिद्ध गर्नका लागि ९ सांसद नपुग्ने देखिन्छ। त्यसका लागि जनमत वा लोसपामध्ये एकलाई चित्त बुझाउनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई छ। 

यता असन्तुष्ट माओवादी केन्द्र, जनमत र लोसपाले अर्को गठबन्धन बनाउन सहमत भएमा भने सवैलाई समेटेर बहुमत पुर्‍याउन नेकपा एमालेलाई पनि ल्याउनुपर्ने छ। एमाले, लोसपा, जनमत र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु मिल्नुपर्ने देखिन्छ। असन्तुष्टहरुले यो गठबन्धन बनाउन सके प्रदेशसभा सदस्यको संख्या जोड्दा ५९ सांसद पुग्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५९
  • #मधेस–प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्