• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकामा पिसाब संक्रमण: हेलचेक्य्राइँले हुन सक्छ मिर्गौलाको समस्या

डा बिमला बानियाँ शुक्रबार, जेठ ५, २०८०  ०८:३२
1140x725

बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ। 

बालबालिकामा देखिने पिसाबको संक्रमण आम समस्याभित्र पर्छ। कान्ति बाल अस्पतालको बहिरंग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये करिब २० प्रतिशत बालबालिकामा पिसाब सम्बन्धी समस्या देखिएकै हुन्छ।  पिसाबको संक्रमण मुलतः दुई किसिमको हुन्छ। पहिलो संक्रमण सामान्य र दोस्रो जटिल। १०२ डिग्री बढी ज्वरो आएका बालबालिका, जसले धेरै बान्ता पनि गरिरहेका हुन्छन्, राम्रोसँग खाना खान नसकेका र संक्रमणले मिर्गौलामा असर गरेको खण्डमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। 

यीमध्ये कुनै पनि समस्या नदेखिएका बालबालिकालाई घरमै राखेर औषधि–उपचार गर्न सकिन्छ। बालबालिकालाई विभिन्न कारणले पिसाबको संक्रमण हुन सक्छ। जसमध्ये सरसफाइको कमी मुख्य हो। पिसाब फेर्ने ठाउँ वरिपरि सफा नहुँदा ब्याक्टेरियाका कारण संक्रमण फैलिन सक्छ।  

पिसाब संक्रमणको समस्या साना बालबालिकामा बढी हुन्छ। बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुन्छ। एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ। एक वर्षसम्मका बालकमा पिसाब फेर्ने लिङ्गमा ‘कन्जाइनेथल युरेथ्रो भल्भ’ हुन्छ। त्यहाँ पिसाब जम्मा भइरहन्छ।

बाहिर जान पाउँदैन। यसले संक्रमणको जोखिम बढाउने गर्छ। एक वर्षमाथिका बालबालिकामध्ये बालिकामा जोखिमको मात्रा बढी हुन्छ। बालिकाको दिसा र पिसाब फेर्ने ठाउँको दुरी छोटो हुन्छ। दिसा गरेपछि राम्रोसँग सफा नहुँदा दिसामा भएको किटाणु यौनाङ्गमा प्रवेश गर्ने जोखिम उच्च हुन्छ। जसले संक्रमण बढाउँछ।

1140x725

बाालबालिका जति सानो भए, उनीहरूमा रोगसँग लड्ने क्षमता निकै कम हुन्छ। केही बालबालिकामा पिसाब संक्रमणको समस्या दोहोरिरहन्छ। पटक–पटक यो समस्याले उनीहरूलाई सताइरहेको हुन्छ। त्यस्ता बालबालिकामा जन्मजात मुत्रनलीमा खराबी देखिन्छ। 

जन्मजात मुत्रनली खराब हुने बालबालिकाको पिसाब खुलेर हुँदैन। यी समस्या भएका बालबालिका पनि संक्रमणको उच्च जोखिममा हुन्छन्। दिसा राम्रोसँग नहुने, कब्जियतको समस्या हुने बालबालिकामा पनि पिसाब संक्रमणको समस्या उच्च देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

वयस्क र बालबालिकामा हुने पिसाब संक्रमण फरक छ। साना बालबालिकामा मिर्गौला राम्रोसँग विकास भइसकेको हुँदैन। उनीहरूमा एक पटक पिसाब संक्रमण भएपछि मिर्गौलाको टिस्यु र अन्य भागमा असर गर्न सक्छ। यसले मिर्गौलामा दाग बस्न सक्छ।  मिर्गौलामा एक पटक दाग बसे जीवनभरलाई समस्या हुन सक्छ। मिर्गौलामा दाग बस्नेहरूमा पछि गएर जटिल खालका मिर्गौला सम्बन्धी रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। 

वयस्कमा हुने पिसाब संक्रमण उपचार गरेर निको पार्न सकिन्छ। तर बालबालिकामा हुने पिसाबको संक्रमणलाई हेलचेक्य्राइँ गर्न मिल्दैन। तुरुन्तै उपचार गरिहाल्नुपर्छ। 

उमेरअनुसार फरक लक्षण
पिसाबमा हुने संक्रमणको लक्षण बालबालिकाको उमेर अनुसार फरक–फरक हुन्छ। एक महिनासम्मको नवजात शिशुमा एकदम रुने, दूध राम्रोसँग खान नसक्ने, खाए पनि बान्ता गर्ने, पेट फुल्ने जस्ता लक्षण देखिन्छन्। एक महिनाभन्दा मुनिको बच्चालाई लामो समय जण्डिस रह्यो भने त्यो यसको लक्षण हुन सक्छ। 

एक महिनाभन्दा बढी उमेर समूहका बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, बच्चाको तौल राम्रोसँग नबढ्ने लक्षणहरू देखापर्ने गरेको छ। बोल्ने उमेरका बालबालिकामा छिटो–छिटो पिसाब लाग्ने, पिसाब फेर्दा दुख्ने, पोल्ने समस्या हुन्छ। र, ती बालबालिकाले आफ्नो समस्या बताउन नसक्ने पनि हुन सक्छन्। 

हिजोआज अविभावकहरू धेरै ‘स्मार्ट’ भइसकेका छन्। उनीहरू आफ्नो बच्चामा हुने पिसाब संक्रमणको बारेमा ज्ञान राख्छन्। तर उपचारको विधिलाई राम्रोसँग नपछ्याउँदा कहिलेकाहीँ अविभावकको अल्पज्ञानले जोखिम निम्त्याउन सक्छ। 

पिसाबको संक्रमण (यूटीआई) को निदानका लागि युरिन कल्चर गर्ने पर्छ। अविभावकहरू आफ्नो बच्चालाई ज्वरो आयो भने पिसाब जाँच गराएर एन्टिबायोटिक सुरु त गर्छन्। तर पूरा खान दिँदैनन्। एक–दुई दिनमा प्रगति हुनेवित्तिकै औषधि खुवाउन छोडिदिन्छन्। यसले गर्दा संक्रमणको अवस्था र त्यसले गरेको क्षतिको पूर्ण जानकारी कसैलाई हुँदैन। कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन पनि सक्छ। यूटीआई थाहा पाउन युरिन कल्चर गर्नै पर्छ। यो ल्याब टेस्ट हो।

लामो समय डायपर लगाउनु हानिकारक
सुतेको बेला बालबालिकाहरूले ओछ्यानमा दिसा–पिसाब नगरोस् भनेर डायपर प्रयोग गर्ने चलन छ। केटाकेटीलाई लगाइदिने यस्ता डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।

अहिले शहरिया अविभावकले आफ्ना बालबच्चालाई चौबीसै घण्टा डायपर लगाइदिने चलन बढ्दो छ। यसले बच्चाको यौनांग गुम्सिने गर्छ। जुन पिसाब संक्रमणको प्रमुख कारण बन्न सक्छ। बालबालिकाको हेरविचारका लागि घरमा अविभावक हुँदा दिउँसो सकेसम्म डायपर प्रयोग नगरौं। रातिको समयमा डायपर प्रयोग गरेको खण्डमा दिउँसो नगर्नु राम्रो हो। 

खानपान उत्तिकै जिम्मेवार
हिजोआज ओपीडीमा आउने अधिकांश बालबालिकाको पिसाब संक्रमणको मुल समस्या कब्जियत बनेको छ। कब्जियत भएका बालबालिकालाई राम्रोसँग दिसा–पिसाब हुँदैन। दिसा गर्ने भाग पछाडि र पिसाब फेर्ने अंग अगाडि हुन्छ। यसले गर्दा दिसा जमेर बस्यो भने पिसाब फेर्ने भागमा बल पुग्छ। पिसाब जम्मा हुने, खुलेर नहुने समस्या बल्झिन्छ। जसले संक्रमण निम्त्याउँछ। 

वास्तवमा कब्जियतको समस्या खानपानसँग सम्बन्धित छ। त्यसैले यो समस्याको हलका लागि अविभावकले बालबालिकाको खानामा ध्यान दिनु अति आवश्यक छ। समस्या समाधानका लागि पानी प्रशस्त पिउने, हरियो सागपात, फलफूलको मात्रा सन्तुलित गर्नु पर्छ। मैदाजन्य खानेकुरा खान दिनुहुन्न। 

पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन। किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ। चिकित्सकको सल्लाहअनुसार पिसाबको जाँच गराउनुपर्छ। जाँचमा संक्रमण देखिएको अवस्थामा रोगअनुसार औषधि र उपचार सुरु गर्न सकिन्छ। 

एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ। त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नु पर्छ। सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ। 

बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।  

पिसाबको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी पनि उत्तिकै चनाखो हुनु जरुरी छ। पिसाबको जाँच गर्दा नमुना संकलनका लागि ध्यान पुर्‍याउनु आवश्यक छ। साबुन पानीले एक पटक पिसाब फेर्ने भाग सफा गर्नुपर्छ। ट्वाइलेट ट्रेन बच्चा भए एक पटक पिसाब फेरेपछि बीचको पिसाब संकलन गर्नु आवश्यक छ। संकलन गरिएको पिसाब एक घण्टाभित्र प्रयोगशालामा पुर्‍याउनुपर्छ। संकलन गरिएको पिसाब समयमै प्रयोगशालामा पुर्‍याउन सकिएन भने किटाणुको विकास हुन सक्छ। 

बालबालिकामा लगातार पिसाबको संक्रमण भइरहे बाल मिर्गौला रोग सम्बन्धी विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ। बिरामीको अवस्थाअनुसार विशेषज्ञले दिएको सुझावका आधारमा उपचार सुरु गरे पिसाब संक्रमण रोक्न सकिन्छ। 

(कान्ति बाल अस्पतालमा कार्यरत डा बानियाँ बाल मिर्गौला रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्