• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकामा पिसाब संक्रमण: हेलचेक्य्राइँले हुन सक्छ मिर्गौलाको समस्या

डा बिमला बानियाँ शुक्रबार, जेठ ५, २०८०  ०८:३२
1140x725

बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ। 

बालबालिकामा देखिने पिसाबको संक्रमण आम समस्याभित्र पर्छ। कान्ति बाल अस्पतालको बहिरंग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये करिब २० प्रतिशत बालबालिकामा पिसाब सम्बन्धी समस्या देखिएकै हुन्छ।  पिसाबको संक्रमण मुलतः दुई किसिमको हुन्छ। पहिलो संक्रमण सामान्य र दोस्रो जटिल। १०२ डिग्री बढी ज्वरो आएका बालबालिका, जसले धेरै बान्ता पनि गरिरहेका हुन्छन्, राम्रोसँग खाना खान नसकेका र संक्रमणले मिर्गौलामा असर गरेको खण्डमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। 

यीमध्ये कुनै पनि समस्या नदेखिएका बालबालिकालाई घरमै राखेर औषधि–उपचार गर्न सकिन्छ। बालबालिकालाई विभिन्न कारणले पिसाबको संक्रमण हुन सक्छ। जसमध्ये सरसफाइको कमी मुख्य हो। पिसाब फेर्ने ठाउँ वरिपरि सफा नहुँदा ब्याक्टेरियाका कारण संक्रमण फैलिन सक्छ।  

पिसाब संक्रमणको समस्या साना बालबालिकामा बढी हुन्छ। बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुन्छ। एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ। एक वर्षसम्मका बालकमा पिसाब फेर्ने लिङ्गमा ‘कन्जाइनेथल युरेथ्रो भल्भ’ हुन्छ। त्यहाँ पिसाब जम्मा भइरहन्छ।

बाहिर जान पाउँदैन। यसले संक्रमणको जोखिम बढाउने गर्छ। एक वर्षमाथिका बालबालिकामध्ये बालिकामा जोखिमको मात्रा बढी हुन्छ। बालिकाको दिसा र पिसाब फेर्ने ठाउँको दुरी छोटो हुन्छ। दिसा गरेपछि राम्रोसँग सफा नहुँदा दिसामा भएको किटाणु यौनाङ्गमा प्रवेश गर्ने जोखिम उच्च हुन्छ। जसले संक्रमण बढाउँछ।

1140x725

बाालबालिका जति सानो भए, उनीहरूमा रोगसँग लड्ने क्षमता निकै कम हुन्छ। केही बालबालिकामा पिसाब संक्रमणको समस्या दोहोरिरहन्छ। पटक–पटक यो समस्याले उनीहरूलाई सताइरहेको हुन्छ। त्यस्ता बालबालिकामा जन्मजात मुत्रनलीमा खराबी देखिन्छ। 

जन्मजात मुत्रनली खराब हुने बालबालिकाको पिसाब खुलेर हुँदैन। यी समस्या भएका बालबालिका पनि संक्रमणको उच्च जोखिममा हुन्छन्। दिसा राम्रोसँग नहुने, कब्जियतको समस्या हुने बालबालिकामा पनि पिसाब संक्रमणको समस्या उच्च देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वयस्क र बालबालिकामा हुने पिसाब संक्रमण फरक छ। साना बालबालिकामा मिर्गौला राम्रोसँग विकास भइसकेको हुँदैन। उनीहरूमा एक पटक पिसाब संक्रमण भएपछि मिर्गौलाको टिस्यु र अन्य भागमा असर गर्न सक्छ। यसले मिर्गौलामा दाग बस्न सक्छ।  मिर्गौलामा एक पटक दाग बसे जीवनभरलाई समस्या हुन सक्छ। मिर्गौलामा दाग बस्नेहरूमा पछि गएर जटिल खालका मिर्गौला सम्बन्धी रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। 

वयस्कमा हुने पिसाब संक्रमण उपचार गरेर निको पार्न सकिन्छ। तर बालबालिकामा हुने पिसाबको संक्रमणलाई हेलचेक्य्राइँ गर्न मिल्दैन। तुरुन्तै उपचार गरिहाल्नुपर्छ। 

उमेरअनुसार फरक लक्षण
पिसाबमा हुने संक्रमणको लक्षण बालबालिकाको उमेर अनुसार फरक–फरक हुन्छ। एक महिनासम्मको नवजात शिशुमा एकदम रुने, दूध राम्रोसँग खान नसक्ने, खाए पनि बान्ता गर्ने, पेट फुल्ने जस्ता लक्षण देखिन्छन्। एक महिनाभन्दा मुनिको बच्चालाई लामो समय जण्डिस रह्यो भने त्यो यसको लक्षण हुन सक्छ। 

एक महिनाभन्दा बढी उमेर समूहका बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, बच्चाको तौल राम्रोसँग नबढ्ने लक्षणहरू देखापर्ने गरेको छ। बोल्ने उमेरका बालबालिकामा छिटो–छिटो पिसाब लाग्ने, पिसाब फेर्दा दुख्ने, पोल्ने समस्या हुन्छ। र, ती बालबालिकाले आफ्नो समस्या बताउन नसक्ने पनि हुन सक्छन्। 

Xtrem

Xtrem

हिजोआज अविभावकहरू धेरै ‘स्मार्ट’ भइसकेका छन्। उनीहरू आफ्नो बच्चामा हुने पिसाब संक्रमणको बारेमा ज्ञान राख्छन्। तर उपचारको विधिलाई राम्रोसँग नपछ्याउँदा कहिलेकाहीँ अविभावकको अल्पज्ञानले जोखिम निम्त्याउन सक्छ। 

पिसाबको संक्रमण (यूटीआई) को निदानका लागि युरिन कल्चर गर्ने पर्छ। अविभावकहरू आफ्नो बच्चालाई ज्वरो आयो भने पिसाब जाँच गराएर एन्टिबायोटिक सुरु त गर्छन्। तर पूरा खान दिँदैनन्। एक–दुई दिनमा प्रगति हुनेवित्तिकै औषधि खुवाउन छोडिदिन्छन्। यसले गर्दा संक्रमणको अवस्था र त्यसले गरेको क्षतिको पूर्ण जानकारी कसैलाई हुँदैन। कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन पनि सक्छ। यूटीआई थाहा पाउन युरिन कल्चर गर्नै पर्छ। यो ल्याब टेस्ट हो।

लामो समय डायपर लगाउनु हानिकारक
सुतेको बेला बालबालिकाहरूले ओछ्यानमा दिसा–पिसाब नगरोस् भनेर डायपर प्रयोग गर्ने चलन छ। केटाकेटीलाई लगाइदिने यस्ता डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।

अहिले शहरिया अविभावकले आफ्ना बालबच्चालाई चौबीसै घण्टा डायपर लगाइदिने चलन बढ्दो छ। यसले बच्चाको यौनांग गुम्सिने गर्छ। जुन पिसाब संक्रमणको प्रमुख कारण बन्न सक्छ। बालबालिकाको हेरविचारका लागि घरमा अविभावक हुँदा दिउँसो सकेसम्म डायपर प्रयोग नगरौं। रातिको समयमा डायपर प्रयोग गरेको खण्डमा दिउँसो नगर्नु राम्रो हो। 

खानपान उत्तिकै जिम्मेवार
हिजोआज ओपीडीमा आउने अधिकांश बालबालिकाको पिसाब संक्रमणको मुल समस्या कब्जियत बनेको छ। कब्जियत भएका बालबालिकालाई राम्रोसँग दिसा–पिसाब हुँदैन। दिसा गर्ने भाग पछाडि र पिसाब फेर्ने अंग अगाडि हुन्छ। यसले गर्दा दिसा जमेर बस्यो भने पिसाब फेर्ने भागमा बल पुग्छ। पिसाब जम्मा हुने, खुलेर नहुने समस्या बल्झिन्छ। जसले संक्रमण निम्त्याउँछ। 

वास्तवमा कब्जियतको समस्या खानपानसँग सम्बन्धित छ। त्यसैले यो समस्याको हलका लागि अविभावकले बालबालिकाको खानामा ध्यान दिनु अति आवश्यक छ। समस्या समाधानका लागि पानी प्रशस्त पिउने, हरियो सागपात, फलफूलको मात्रा सन्तुलित गर्नु पर्छ। मैदाजन्य खानेकुरा खान दिनुहुन्न। 

पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन। किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ। चिकित्सकको सल्लाहअनुसार पिसाबको जाँच गराउनुपर्छ। जाँचमा संक्रमण देखिएको अवस्थामा रोगअनुसार औषधि र उपचार सुरु गर्न सकिन्छ। 

एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ। त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नु पर्छ। सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ। 

बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।  

पिसाबको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी पनि उत्तिकै चनाखो हुनु जरुरी छ। पिसाबको जाँच गर्दा नमुना संकलनका लागि ध्यान पुर्‍याउनु आवश्यक छ। साबुन पानीले एक पटक पिसाब फेर्ने भाग सफा गर्नुपर्छ। ट्वाइलेट ट्रेन बच्चा भए एक पटक पिसाब फेरेपछि बीचको पिसाब संकलन गर्नु आवश्यक छ। संकलन गरिएको पिसाब एक घण्टाभित्र प्रयोगशालामा पुर्‍याउनुपर्छ। संकलन गरिएको पिसाब समयमै प्रयोगशालामा पुर्‍याउन सकिएन भने किटाणुको विकास हुन सक्छ। 

बालबालिकामा लगातार पिसाबको संक्रमण भइरहे बाल मिर्गौला रोग सम्बन्धी विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ। बिरामीको अवस्थाअनुसार विशेषज्ञले दिएको सुझावका आधारमा उपचार सुरु गरे पिसाब संक्रमण रोक्न सकिन्छ। 

(कान्ति बाल अस्पतालमा कार्यरत डा बानियाँ बाल मिर्गौला रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्