• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लाल आयोगबारे प्रधानमन्त्रीले दिए सदनमा गलत जवाफ

64x64
नेपाल लाइभ बिहीबार, जेठ ४, २०८०  १५:२४
1140x725

काठमाडौं– टीकापुर घटनालाई लिएर सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा गलत जवाफ दिएका छन्।

टीकापुरको घटनामा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालको प्रतिवेदनका विषय सदनमा सांसदहरुले प्रश्न उठाएपछि जवाफ दिँदा प्रधानमन्त्रीले गलत जवाफ दिएको पाइएको हो।

प्रश्नोउत्तरमा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र नागरिक उन्मुक्ति पार्टीका सांसद  गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ? भन्दै प्रश्न गरेका थिए।

सुरुमा रास्वपाका खनालले लाल आयोगबारे प्रश्न गरेका थिए। आफैं प्रधानमन्त्री हुँदा २०७३ सालमा लाल आयोग गठन गरेको तर हालसम्म त्यो रिर्पोट किन सार्वजनिक भएन? भन्दै रास्वपाका सांसद खनालले प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लाल आयोग बनाएको र उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्नेभित्र पर्ने भन्दै सर्वोच्चको फैसलाका कारण रोकिएको दाबी गरे। 

‘उक्त प्रतिवेदन कसरी र कुन रुपमा सार्वजनिक गर्ने भनेर छलफल चलिरहँदा सूचना आयोगले दिएको निवेदनमा सर्वोच्चले आदलतले उक्त प्रतिवेदन हाल सार्वजनिक नगर्नू भनि फैसला गर्‍यो,’ उनले भने, ‘अहिले पनि त्यो फैसलालाई पुनरावेदन गरेर खुला गरेर सार्वजनिक गर्ने मान्यता मेरो छ। समय–समयमा देखा परेका समस्यामा आयोग बनाएर प्रतिवेदन बनाउने भन्दै यी यस्ता सबै प्रतिवेदन सुरक्षा संवेदनशीलताले पनि प्रकाशित गर्न असजिलो हुने गर्दछ।’

उनले उक्त मुद्दाको ‘रेफ्रेन्स’ दिँदै सार्वजनिक गर्न रोकिएको दाबी सदनमा गरे। उनले यो प्रतिवेदन सर्वोच्चको फैसला कारण असजिलो भएको दाबी गरे। उनले कुनै पनि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रचलन रहेको पनि बताए। प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ चित्त नबुझेपछि नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले पुन: प्रश्न गरे। उनले उक्त प्रतिवेदन  कहाँ छ? कसले लुकाएको छ? कसले राखेको छ? सरकारले किन यो सार्वजनिक गरेन? भन्दै प्रश्न गरे।

उनले प्रधानमन्त्रीको भनाइ सच्चाउदै सर्वोच्चले सार्वजनिक गर्न आदेश दिएको तर पनि सार्वजनिक नभएको भन्दै के कुरामा बाधा भएको हो र त्यसमा के रहस्य लुकेको छ? भन्दै प्रश्न गरे। जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले अघि नै उत्तर दिएको भन्दै उनले केही कानुनी बाधा भएकाले त्यसलाई फुकाएर सार्वजनिक गर्ने बताए।

सर्वोच्चले सार्वजनिक नगर्नू भनेकै हो त? 
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै दायर भएको रिटमा भएको फैसलाभन्दा प्रधानमन्त्रीले ठीक उल्टो जवाफ सदनलाई दिएको पाइएको छ। सर्वोच्च अदालतलमा उक्त प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै २०७५ भदौ ६ गते शशिधर पाण्डेयसहितले रिट निवेदन दायर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त रिटमा सर्वोच्चले २०७६ असोज ३० गते फैसला सुनाएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले उक्त मुद्दामा फैसला सुनाएको थियो। प्रधानमन्त्रीले सदनमा गलत जवाफ दिएपछि अधिवक्ता एवं प्रदेश सभा सदस्य रहेका दीपेन्द्र झाले सर्वोच्च अदालतबाट २०७६ असोज ३० गते लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भनेको र प्रधानमन्त्रीले सदनमा बोल्दा सर्वोच्च अदालतले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नू भनेको भन्दै ठीक उल्टो जवाफ दिएको टिप्पणी गरे। 

के थियो फैसलामा?
सर्वोच्चले उक्त समयमा सूचना आयोगको नाममा परमादेश जारी गरेको थियो। निवेदन सूचना आयोगले नभइ पाण्डेयसहितले दिएका थिए। उक्त निवेदनमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले निवेदकहरुले राष्ट्रिय सूचना आयोगमा दायर गरेको पुनरावेदनबाट सम्बोधन हुने भइ निर्णय नभएको विषय रहेको हुँदा उत्प्रेषणको आदेश जारी गरी गर्न भने अस्वीकार गरेको थियो।

‘तर विपक्षी राष्ट्रिय सूचना आयोगबाट निवेदकहरुले दायर गरेको पुनरावेदनको सम्बन्धमा कुन के प्रकृतिको हो? दिन मिल्ने सूचना भए दिनमिल्ने निर्णय गर्नू तथा निवेदकले माग गरेको सूचना दिन नमिल्ने प्रकृतिको भए सोही बमोजिमको निर्णय गर्नुपर्नेमा हालसम्म निर्णय नभइ ढिलाई गरी राखेको देखियो,’ फैसलामा भनिएको छ, ‘यो अवस्थाले नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिँदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो।’

lal aayog1684402838.jpg

Xtrem

Xtrem

सर्वोच्चले आदेश पाएको ३ महिनाभित्र निर्णय गर्न भनेको थियो। ‘विपक्षीमध्येका राष्ट्रिय सूचना आयोगका नाँउमा निवेदकले दिएको पुनरावेदनमा यो आदेश पाएका मितिले ३ महिना भित्र ‘तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग’को प्रतिवेदनसम्बन्धी निर्णय सिघ्र गर्नू भनि परमादेशको आदेश जारी हुने ठहर्छ,’ फैसलामा भनिएको छ, ‘आदेशको कार्यान्वयनका लागि आदेशको प्रतिलिपि विपक्षी राष्ट्रिय सूचना आयोगलाई दिई दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू।’

यो फैसला अनुसार ३ महिनाभित्र सार्वजनिक गर्नुपर्ने थियो। तर फैसला भएको ४ वर्ष भइसक्दा पनि प्रतिवेदन गोप्य नै रहेको छ।

लाल आयोगको प्रतिवेदनसम्बन्धमा सर्वोच्च अदालतको फैसला यस्तो छ

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:२४
  • #प्रचण्ड
  • #लाल आयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्