• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पछिल्ला ५ वर्षको तुलनामा सन् २०२२ मा मृत्युदण्डको संख्या सबैभन्दा उच्च

64x64
नेपाल लाइभ मंगलबार, जेठ २, २०८०  १२:०६
1140x725
प्रतिकात्मक तस्बिर (गेट्टी ईमेज)

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पछिल्ला ५ वर्षको तुलनामा सन् २०२२ मा मृत्युदण्डहरुको संख्या सबैभन्दा उच्च हुन पुगेको जनाएको छ। मध्यपूर्व र उत्तर अफ्रिकाका मृत्युदण्डको अभ्यासकर्ताहरूले मृत्युदण्डको सजायको श्रृङ्खलालाई निरन्तरता दिएका कारण सन् २०२२ मा अभिलेख गरिएको मृत्युदण्डहरूको संख्या ५ वर्षमा सबैभन्दा उच्च हुन पुगेको एम्नेस्टीले जनाएको छ। 

सन् २०२२ मा २० वटा देशहरूमा ८८३ जनालाई मृत्युदण्ड दिइएको थाह हुन आएको एम्नेस्टीले जनाएको छ। जुन सन् २०२१ को तुलनामा ५३ प्रतिशतले बढेको हो। मृत्युदण्डको यो वृद्धिमा मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरू अगुवा रहेका थिए। जहाँ अभिलिखित मृत्युदण्डको संख्या सन् २०२१ को ५२० बाट बढेर सन् २०२२ मा ८२५ पुगेको छ। यसमा चीनमा गरिएका मृत्युदण्डहरूलाई समावेश नगरिएको एम्नेस्टीले जनाएको छ। 

‘सन् २०२२ मा मृत्युदण्डको संख्या बढाएर र मानव जीवनप्रति कठोर अवहेलना प्रकट गरेर मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका छन्। जीवन खोसिएका व्यक्तिहरूको संख्या यस क्षेत्रमा नाटकीय रूपमा बढेको छ। साउदी अरबले एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको थियो। हालै इरानमा भएको लोकप्रीय विद्रोहलाई अन्त्य गर्ने हताश प्रयासमा इरानले मानिसहरूलाई केवल विरोध गर्ने अधिकारको अभ्यास गरेकैमा मृत्युदण्ड दियो,’ एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनिन्। 

चीनबाहिर भएको थाह हुन आएका विश्वका ९० प्रतिशत मृत्युदण्डहरू यस क्षेत्रका ३ देशले मात्रै गरेका देखिएको र यो चिन्ताको विषय भएको एम्नेस्टीले उल्लेख गरेको छ। इरानमा अभिलिखित मृत्युदण्डको संख्या सन् २०२१ को ३१४ बाट बढेर सन् २०२२ मा ५७६ पुग्यो। साउदी अरेबियामा सन् २०२१ को ६५ बाट तीन गुणा बढेर सन् २०२२ मा १९६ पुग्यो जुन एम्नेस्टीले ३० वर्षमा अभिलेख गरेको सबैभन्दा उच्च संख्या हो। र इजिप्टले सन् २०२२ मा २४ जनालाई मृत्युदण्ड दियो।  

मृत्युदण्डलाई व्यापक रूपमा प्रयोग गर्ने चीन, उत्तर कोरिया र भियतनाम लगायतका धेरै देशहरूमा मृत्युदण्डको प्रयोगलाई गोपनयीताको आवरणमा लुकाइएको छ। जसको अर्थ मृत्युदण्डको वास्तविक विश्वव्यापी आंकडा यो भन्दा धेरै उच्च रहेको छ। 

‘५ देशले मृत्युदण्ड पुनः सुरु गरे’  
एम्नेस्टीले गरेको अभिलेखअनुसार सन् २०२२ देखि अफगानिस्तान, कुवेत, म्यानमार, प्यालेस्टाइन र सिङ्गापुरमा मृत्युदण्ड पुनः सुरु भयो भने इरान (३१४ बाट ५७६), साउदी अरेबिया (६५ बाट १९६) र अमेरिका (११ बाट १८) मा पनि मृत्युदण्डमा वृद्धि भएको छ। 

सन् २०२१ को तुलनामा सन् २०२२ मा लागु औषधसम्बन्धी अपराधका लागि मृत्युदण्ड दिइएको अभिलिखित संख्या दोब्बरले बढेको छ। लागु औषधसम्बन्धी मृत्युदण्ड अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लघंन हो, जसअनुसार नियतवस हत्या गरिएका अपराध जस्ता ‘सबैभन्दा गम्भीर अपराध’मा मात्र मृत्युदण्ड दिनुपर्छ। यी मृत्युदण्डहरू चीन, साउदी अरेबिया (५७), इरान (२५५) र सिंगापुर (११) मा अभिलेख गरिएका थिए र यो संख्या विश्वव्यापी रूपमा अभिलेख गरेको कुल मृत्युदण्डको ३७ प्रतिशत हो। 

लागु औषधसम्बन्धी अपराधका लागि भियतनाममा पनि मृत्युदण्ड दिइएको हुनसक्ने एम्नेस्टीले उल्लेख गरेको छ। तर यी तथ्याङ्कहरू राज्यका गोप्य कुराका रूपमा रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘एउटा निष्ठुर परिघटना हुनुपर्छ ज्ञात सबै मृत्युदण्डमध्ये लगभग ४० प्रतिशत लागु पदार्थसम्बन्धी अपराधहरूमा भएका छन्। महत्त्वपूर्ण कुरा, यस्तो मृत्युदण्डको सजाय पाउनेमा प्रायः विपन्न पृष्ठभूमिका व्यक्तिहरू छन् जो यस कठोर सजायका लागि असमानुपातिक रूपमा प्रभावित हुने गर्छन्,’ आग्नेस कालामारले भनिन्, ‘सरकारहरू र संयुक्त राष्ट्रसंघले यस क्रुर मानवअधिकार उल्लङ्घनको लागि जिम्मेवारहरूलाई दबाब दिने र अन्तर्राष्ट्रिय सुरक्षा उपायहरू अवलम्वन गरिएको सुनिश्चित गर्ने समय आएको छ।’ 

मृत्युदण्डको सजाय कार्यान्वयनमा वृद्धि हुँदा मृत्युदण्डको सजायको कुल संख्या सन् २०२१ को २०५२ बाट थोरै घटेर सन् २०२२ मा २,०१६ भएकोले लगभग उस्तै रह्यो।  

सन् २०२२ मा ६ वटा देशले मृत्युदण्डको सजाय पूर्ण वा आंशिक रूपमा खारेज गरेको भन्दै एम्नेस्टीले त्यसलाई ‘अँध्यारो पृष्ठभूमिमा एउटा आशाको किरण’ देखिएको बताएको छ।   

काजकस्तान, पपुवा न्यू गिनी, सियरा लियोन र मध्य अफ्रिकी गणतन्त्रले सबै अपराधका लागि मृत्युदण्डको सजाय खारेज गरेका छन्। यस्तै, इक्वेटोरियल गिनी र जाम्बियाले सामान्य अपराधका लागि मात्र मृत्युदण्डको सजाय हटाएका छन्।   

Xtrem

Xtrem

सन् २०२२ को डिसेम्बरसम्म ११२ देशहरूले सबै अपराधहरूको लागि मृत्युदण्डको सजाय खारेज गरेका थिए। ९ देशहरूले सामान्य अपराधहरूको लागि मात्र मृत्युदण्डको सजाय खारेज गरेका थिए।  

यसका साथै, लाइबेरिया र घानाले मृत्युदण्डको सजाय उन्मूलन गर्नका लागि कानुनी कदम चालेकाले सकारात्मक गति जारी रहेको एम्नेस्टीले जनाएको छ। श्रीलंका र माल्दिभ्सका अधिकारीहरूले मृत्युदण्डको सजाय कार्यान्वयन नगर्ने बताए। मलेसियाको संसदमा अनिवार्य मृत्युदण्ड खारेज गर्ने विधेयक पनि पेस गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्