• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालकृष्ण खाण पक्राउ: कांग्रेसमा हर्ष पनि, विस्मात पनि!  

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, वैशाख २८, २०८०  १४:५३
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा एक प्रकारको असमञ्जसको स्थिति पैदा भएको छ। पार्टीका नेताहरुले खाण पक्राउको खुलेर समर्थन गर्न सकेका छैनन्, न त विरोध गर्न सक्ने अवस्थामा छन्। खास गरेर पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका नेताहरु ‘नैतिक संकट’मा परेका छन्। 

पार्टी सभापति देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री पछिको दोस्रो वरियतामा रहेका खाणले तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसँग गरेको ‘रकम लेनदेनको संवाद’ फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। तत्कालीन गृहसचिव पाण्डेलाई प्रहरीले केही दिन अगाडि पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार सचिव पाण्डेले बयानका क्रममा पनि खाणको नाम लिएर, उनको निर्देशनानुसार काम गरेको बताएका छन्। यस्तै, उक्त प्रकरणमा यसअघि पक्राउ परेका विचौलियाहरुले पनि खाणको नाम ‘पोलेका’ प्रहरी स्रोतको भनाइ छ। 

बुधबार चाबहिलस्थित निवासबाट खाण पक्राउ परेपछि उनीनिकट केही नेताहरु पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निवास पुगेका थिए। पछि देउवाले उपप्रधान तथा रक्षामन्त्री एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव लगायतसँग छलफल गरे। तर उक्त छलफलमा भएको कुराकानी भने सार्वजनिक जानकारीमा आएन। 

देउवाले आफू र खाणनिकट नेताहरुसँग गोप्य छलफल गरेपनि बाहिरी माहोल भने खाणको विपक्षमा देखियो। खाणको पक्षमा उभिँदा आफू निकटबाटै सहयोग नपाइने भयमा देउवा छन्। यस्तै, इतर पक्षका नेताहरुल‍े त खाण पक्राउको विषयलाई लिएर खुलेरै  सरकारको प्रशंसा गरेका छन्। 

खाण पक्राउ पर्दा देउवानिकट नै खुसी? 
पार्टीको १४औं महाधिवेशनमा बालकृष्ण खाण महामन्त्रीका प्रत्यासी थिए। तर, प्रकाशशरण महतको अडानका अगाडि देउवाले आफ्नो पक्षबाट खाणलाई महामन्त्रीमा उठाउन सकेनन्। नेता कृष्णप्रसाद सिटौलाको सहयोग ‘अनिवार्य’ बनेपछि देउवाले महामन्त्रीको अर्का उम्मेदवारका रुपमा सिटौला पक्षबाट प्रदीप पौडेललाई अगाडि सारे। 

त्यतिबेला पार्टीबाट ‘अन्याय’ भोगेको भनेर संस्थापन पक्षका नेता, कार्यकर्ताबाट सहानुभूति पाएका खाण गृहमन्त्रीको कार्यकालबाट भने कार्यकर्ता पंक्तिबाट टाढिएको उनी पक्राउ परेपछिको दृश्यले प्रस्ट पार्छ। सभापति देउवानिकट मानिने नेवि संघका अध्यक्ष डुजाङ शेर्पाले विज्ञप्ति नै निकालेर खाण पक्राउको ‘समर्थन’ गरेका छन्। संगठनको लेटरहेडमा विज्ञप्ति जारी गर्दै शेर्पाले भनेका छन्– ‘दोषी नछुटुन्, निर्दाेष नफसुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। यसप्रति हाम्रो बलियो विश्वास छ। अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार छ।’

गृहमन्त्रीसँग युवा नेताहरुको भेट 
खाणको पक्राउले कांग्रेसमा पारेको ‘असर’ को अर्को रोचक दृश्य बुधबार गृह मन्त्रालयमा देखियो। खाण पक्राउ परेपछि नेपाली कांग्रेसका ३० जना ‘युवा नेता’हरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गृह मन्त्रालय पुगेका थिए। उनीहरुले खाण पक्राउप्रति अप्रत्यक्ष रुपमा समर्थन जनाउँदै दबाबमा नपर्न भन्दै गृहमन्त्रीलाई ढाढस दिए। नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, मधु आचार्य, गोविन्दराज पोखरेल, भूपेन्द्रजंग शाही लगायतले गृहमन्त्रीलाई भेटेर आफूहरुकै घरको मान्छे भएपनि पक्राउ गर्न आग्रह गरे। 

गृहमन्त्रीसँगको भेटबारे नेता भूपेन्द्रजंग शाहीले नेपाल लाइभलाई भने, ‘नक्कली भुटानी प्रकरणमा छानबिन भइरहेको बारेमा भेटेर कुरा गरेका हौं। दोषीलाई कारबाही हुने गरी अगाडि बढाउनुपर्छ र यसलाई बीचमै रोक्न हुँदैन। आग्रह, पूर्वाग्रह राख्नु भएन। दोषी उम्कन र निर्दाेषहरु फस्नु हुँदैन भनेर गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हौं।’ 

Ncell 2
Ncell 2

शाहीले आफू गुट–उपगुट तथा पार्टीभन्दा पनि भ्रष्टाचारी जुनसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने मान्यताका साथ गृहमन्त्रीलाई भेट्न गएको बताए। 

खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको माग
केन्द्रीय सदस्य समेत रहेका खाण पक्राउ परेपछि सभापति देउवाले बुधबार नै पार्टी पदाधिकारीहरुको बैठक आह्वान गरेका थिए। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पक्राउबारे छलफल भएको थियो। 

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने  धारणा राखेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न खाणलाई निलम्बन गरेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा महामन्त्रीले रोखेका थिए।

तर बैठकमा देउवा पक्षले प्रमाणित नभइ कुनै कदम चाल्न नहुने भन्दै खाणको बचाउमा धारणा राखेका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशरण महतले अनुसन्धान निष्कर्षमा नपुगी अहिल्यै कुनै निर्णय गर्न हतार हुने बताएका थिए। 

बैठकपछि उनले भनेका थिए, ‘उहाँले अनुसन्धानमा सहयोग गरिरहनुभएको छ। टोपबहादुरजीजस्तो फरार नै त हुनुभएको छैन।’ एमालेले कारबाही गर्‍यो कांग्रेसले के गर्छ भन्ने प्रश्नमा महतको जवाफ थियो, ‘उहाँ फरार हुनुहुन्न। अनुसन्धानका लागि सहयोग गरिरहनुभएको छ। अहिले अनुसन्धानको निष्कर्ष नआइ कसरी निर्णय लिनु। पहिला परिपक्व अनुसन्धान होस्, अनि पार्टीले निर्णय गर्छ।’ 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्