• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालकृष्ण खाण पक्राउ: कांग्रेसमा हर्ष पनि, विस्मात पनि!  

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, वैशाख २८, २०८०  १४:५३
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा एक प्रकारको असमञ्जसको स्थिति पैदा भएको छ। पार्टीका नेताहरुले खाण पक्राउको खुलेर समर्थन गर्न सकेका छैनन्, न त विरोध गर्न सक्ने अवस्थामा छन्। खास गरेर पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका नेताहरु ‘नैतिक संकट’मा परेका छन्। 

पार्टी सभापति देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री पछिको दोस्रो वरियतामा रहेका खाणले तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसँग गरेको ‘रकम लेनदेनको संवाद’ फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। तत्कालीन गृहसचिव पाण्डेलाई प्रहरीले केही दिन अगाडि पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार सचिव पाण्डेले बयानका क्रममा पनि खाणको नाम लिएर, उनको निर्देशनानुसार काम गरेको बताएका छन्। यस्तै, उक्त प्रकरणमा यसअघि पक्राउ परेका विचौलियाहरुले पनि खाणको नाम ‘पोलेका’ प्रहरी स्रोतको भनाइ छ। 

बुधबार चाबहिलस्थित निवासबाट खाण पक्राउ परेपछि उनीनिकट केही नेताहरु पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निवास पुगेका थिए। पछि देउवाले उपप्रधान तथा रक्षामन्त्री एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव लगायतसँग छलफल गरे। तर उक्त छलफलमा भएको कुराकानी भने सार्वजनिक जानकारीमा आएन। 

देउवाले आफू र खाणनिकट नेताहरुसँग गोप्य छलफल गरेपनि बाहिरी माहोल भने खाणको विपक्षमा देखियो। खाणको पक्षमा उभिँदा आफू निकटबाटै सहयोग नपाइने भयमा देउवा छन्। यस्तै, इतर पक्षका नेताहरुल‍े त खाण पक्राउको विषयलाई लिएर खुलेरै  सरकारको प्रशंसा गरेका छन्। 

खाण पक्राउ पर्दा देउवानिकट नै खुसी? 
पार्टीको १४औं महाधिवेशनमा बालकृष्ण खाण महामन्त्रीका प्रत्यासी थिए। तर, प्रकाशशरण महतको अडानका अगाडि देउवाले आफ्नो पक्षबाट खाणलाई महामन्त्रीमा उठाउन सकेनन्। नेता कृष्णप्रसाद सिटौलाको सहयोग ‘अनिवार्य’ बनेपछि देउवाले महामन्त्रीको अर्का उम्मेदवारका रुपमा सिटौला पक्षबाट प्रदीप पौडेललाई अगाडि सारे। 

त्यतिबेला पार्टीबाट ‘अन्याय’ भोगेको भनेर संस्थापन पक्षका नेता, कार्यकर्ताबाट सहानुभूति पाएका खाण गृहमन्त्रीको कार्यकालबाट भने कार्यकर्ता पंक्तिबाट टाढिएको उनी पक्राउ परेपछिको दृश्यले प्रस्ट पार्छ। सभापति देउवानिकट मानिने नेवि संघका अध्यक्ष डुजाङ शेर्पाले विज्ञप्ति नै निकालेर खाण पक्राउको ‘समर्थन’ गरेका छन्। संगठनको लेटरहेडमा विज्ञप्ति जारी गर्दै शेर्पाले भनेका छन्– ‘दोषी नछुटुन्, निर्दाेष नफसुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। यसप्रति हाम्रो बलियो विश्वास छ। अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार छ।’

गृहमन्त्रीसँग युवा नेताहरुको भेट 
खाणको पक्राउले कांग्रेसमा पारेको ‘असर’ को अर्को रोचक दृश्य बुधबार गृह मन्त्रालयमा देखियो। खाण पक्राउ परेपछि नेपाली कांग्रेसका ३० जना ‘युवा नेता’हरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गृह मन्त्रालय पुगेका थिए। उनीहरुले खाण पक्राउप्रति अप्रत्यक्ष रुपमा समर्थन जनाउँदै दबाबमा नपर्न भन्दै गृहमन्त्रीलाई ढाढस दिए। नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, मधु आचार्य, गोविन्दराज पोखरेल, भूपेन्द्रजंग शाही लगायतले गृहमन्त्रीलाई भेटेर आफूहरुकै घरको मान्छे भएपनि पक्राउ गर्न आग्रह गरे। 

गृहमन्त्रीसँगको भेटबारे नेता भूपेन्द्रजंग शाहीले नेपाल लाइभलाई भने, ‘नक्कली भुटानी प्रकरणमा छानबिन भइरहेको बारेमा भेटेर कुरा गरेका हौं। दोषीलाई कारबाही हुने गरी अगाडि बढाउनुपर्छ र यसलाई बीचमै रोक्न हुँदैन। आग्रह, पूर्वाग्रह राख्नु भएन। दोषी उम्कन र निर्दाेषहरु फस्नु हुँदैन भनेर गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

शाहीले आफू गुट–उपगुट तथा पार्टीभन्दा पनि भ्रष्टाचारी जुनसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने मान्यताका साथ गृहमन्त्रीलाई भेट्न गएको बताए। 

खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको माग
केन्द्रीय सदस्य समेत रहेका खाण पक्राउ परेपछि सभापति देउवाले बुधबार नै पार्टी पदाधिकारीहरुको बैठक आह्वान गरेका थिए। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पक्राउबारे छलफल भएको थियो। 

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने  धारणा राखेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न खाणलाई निलम्बन गरेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा महामन्त्रीले रोखेका थिए।

तर बैठकमा देउवा पक्षले प्रमाणित नभइ कुनै कदम चाल्न नहुने भन्दै खाणको बचाउमा धारणा राखेका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशरण महतले अनुसन्धान निष्कर्षमा नपुगी अहिल्यै कुनै निर्णय गर्न हतार हुने बताएका थिए। 

Xtrem

Xtrem

बैठकपछि उनले भनेका थिए, ‘उहाँले अनुसन्धानमा सहयोग गरिरहनुभएको छ। टोपबहादुरजीजस्तो फरार नै त हुनुभएको छैन।’ एमालेले कारबाही गर्‍यो कांग्रेसले के गर्छ भन्ने प्रश्नमा महतको जवाफ थियो, ‘उहाँ फरार हुनुहुन्न। अनुसन्धानका लागि सहयोग गरिरहनुभएको छ। अहिले अनुसन्धानको निष्कर्ष नआइ कसरी निर्णय लिनु। पहिला परिपक्व अनुसन्धान होस्, अनि पार्टीले निर्णय गर्छ।’ 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्