काठमाडौं– यस साता नेप्से परिसूचकसँगै कारोबार रकममा १७ को गिरावट आएको छ। नेप्से परिसूचक अघिल्लो साताको तुलनामा १७ दशमलब ७९ अंकले घटेको छ भने कारोबार रकम १७ दशमलब ८४ प्रतिशतले गिरावट अाएकाे छ।
साताभर सेयर बजारमा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयरहरू खरिद बिक्री भएका छन्।
गत साता एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए भने नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलब ७९ अंकले घटेर अन्तिम दिन ११ सय ७८ दशमलब ५० अंकमा पुगेको छ।
समूहगत परिसूचकहरूको उतारचढाव
त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ५४ अंकले घटेर २ सय ४८ दशमलब ९९ अंकमा आइपुगेको छ। यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ।
बैंकको साताभर छ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५ सय ७९ वटा सेयर कारोबार भएको छ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरूः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।