न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ।
बीबीसीका अनुसार एक पत्रकार ई जीन क्यारोलले ट्रम्पविरुद्ध १९९० मा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिएन। साथै आफूलाई बदनाम गराउने काम पनि गरेको आरोप पनि क्यारोलले ट्रम्पमाथि लगाएकी थिइन्।
उक्त विवादमा क्षतिपूर्तिको माग गर्दै क्यारोल अदालत पुगेकी थिइन्। अदालतले ट्रम्पलाई दोषी मान्दै क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो।
एक डिपार्टमेन्ट स्टोरमा भएको भनिएको बलात्कारको घटनामा भने ट्रम्प संलग्न नभएको पाइएको अदालतले ठहर गरेको छ।
दुई साता अघि म्यानहेटन संघीय अदालतमा चलिरहेको यसको सुनुवाइमा ट्रम्प उपस्थित भएनन्। उनले आफूविरुद्धका आरोपहरु झुटा भएको दाबी गरेका थिए।
अदालतले ट्रम्पलाई ३० लाख डलर मानहानी र २० लाख डलर दुर्व्यवहारका लागि क्षतिपूर्ति तिर्न भनेको छ।
अदालतको फैसलापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल ट्रुटमा ट्रम्पले लेखेका छन्, ‘मलाई पूर्ण रुपमा कुनै आइडिया छैन कि यी महिला को हुन्। यो फैसला एक अपमान हो।’
ट्रम्प यसअघि एक यौनकर्मीको विवादमा पनि फसेका थिए। उक्त विवाद अदालतमा विचाराधीन अवस्थामा नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।