• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बेलायतमा धुमधामका साथ राजा चार्ल्सको राज्याभिषेक सम्पन्न

64x64
नेपाल लाइभ शनिबार, वैशाख २३, २०८०  २०:५८
1140x725

लन्डन-  बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार एक भव्य समारोहकाबीच राज्याभिषेक सम्पन्न भएको छ। सेन्ट्रल लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा विशेष समारोहकाबीच अहिले चलिरहेको राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राजमुकुट पहिराइएको छ।

सो विशेष समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षहरुसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट  पाहुनाहरु सहभागी छन्।   
नेपालका तर्फबाट परराष्ट्रमन्त्री एन पी साउदले नेपालको प्रतिनिधित्व गरेका छन्।

गत वर्ष सेप्टेम्बर महिनामा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा युवराज चार्ल्सले गद्दी आरोहण गरेका थिए। संसारभरिबाट करोडौं मानिसहरुले उक्त समारोह टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका छन्।

604b2810-ebf0-11ed-a142-ab0e42bfd9c31683369997.jpg

२० वर्षको हुँदा चार्ल्सलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो। उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेंसरसँग बिहे गरेका थिए। ३१ अगष्ट १९९७ मा प्यारिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो।

युवराज चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विधिवत् बिहे गरे। अब उनलाई राजा चार्ल्स तृतीय भनिने छ। बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन्।

55a941a0-ebe4-11ed-a142-ab0e42bfd9c31683369997.jpg

स्थानीय समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा राजमुकुट पहिर्‍याइदिएका थिए। उनले ‘गड सेभ द किङ्ग’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्‍याएका थिए। २.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त राजमुकुट राजाहरुले राज्याभिषेकको बेला मात्रै पहिरिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार विन्डसर कासलमा विशेष कन्सर्ट हुँदै छ सोमबार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्। प्रहरीले राजतन्त्रविरोधी कम्तीमा ६ जना प्रदर्शनहरूकारीलाई पक्राउ गरेका बताइएको छ। उनीहरुमध्ये केहीले ‘नट माइ किङ्ग’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

d120a130-ebe8-11ed-a142-ab0e42bfd9c31683369998.jpg

स्थानीय समय अनुसार शनिबार बिहान एउटा विशेष बग्गीमा राजा चार्ल्स र क्विन कन्सर्ट क्यामिला बकिङ्घम राजदरबारबाट वेस्टमिन्स्टर आबीतर्फ जाँदा सडकका दुवैतिर उभिएका हजारौं जनसमूहले ताली बजाएर स्वागत गरेका थिए।

ऐतिहासिक सम्बन्ध

Xtrem

Xtrem

नेपाल र बेलायतबीच १०० वर्ष पहिले शान्ति तथा मैत्री सन्धि भएको थियो। ब्रिटेनले गोर्खा सैनिकलाई आफ्नो सेनामा भर्ना गरेको त २०० वर्ष नाघिसकेको छ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा सूर्य सुवेदी राणा र शाह शासन कालदेखि नै ब्रिटिश राजसंस्था र नेपालबीच लामो, ऐतिहासिक सम्बन्ध रहँदै आएको बताउँछन्। 

‘ब्रिटिश राजा, रानी र राजपरिवारका अन्य सदस्यहरुको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो तुल्याएका छन्। राजा चार्ल्स युवराज हुँदा धेरै पटक नेपालको भ्रमण गरेका छन् र उनी गोर्खा वेलफेयर ट्रस्टको संरक्षक रहिसकेका छन्। त्यसैले शताब्दियौं पुरानो यो सम्बन्धलाई मलजल गर्दा लगानी, पर्यटन लगायत नेपालले धेरै क्षेत्रमा फाइदा लिन सक्छ।’

उनले ब्रिटिश राजाको राज्याभिषेकबाट नेपालले पनि सिक्नुपर्ने बताए। नेपाल लाइभसँग कुराकानी गर्दै प्रा सुवेदीले भने, ‘जसरी राजा चार्ल्स तृतीयको राज्याभिषेक गरियो र ब्रिटेनको ‘सफ्ट पावर’ (नरम शक्ति) लाई विश्वसामु प्रदर्शन गरियो। नेपालले पनि आफ्नो ‘सफ्ट पावर’ पहिचान गरी विश्वसामु कसरी प्रदर्शन गर्ने भन्ने उपयुक्त रणनीति बनाउनु पर्छ।’

(सबै तस्बिरहरु साभार: बीबीसी)

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्