काठमाडौं- १४ किलो गाँजासहित सिरहाको गोलबजारबाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका- ४, शिवमन्दिर नजिकैबाट १३ केजी ८ सय ४० ग्राम गाँजासहित उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गोलबजार- १, मुक्सारका २६ वर्षीय महेन्द्र साह र सोही नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय श्यामकुमार साह रहेको प्रहरीले जनाएको छ।
गोलबजार- ४, शिवचोक नजिकै पार्किङ गरिराखेको प्र.२-०१-००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाइ राखिएको ५ किलो ८ सय ४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २-०१-००१ ह. १०५६ नम्बरको अटोमा लुकाएर राखिएको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।