• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुराना पार्टीहरु सच्चिन सक्षम छन्?

64x64
किशोर दहाल सोमबार, वैशाख १८, २०८०  १५:३९
1140x725

काठमाडौं- वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएलगत्तै वैशाख १३ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ट्विटरमा लेखे- ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नु छ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी।’

उपनिर्वाचन समीक्षाका क्रममा धेरैले निष्कर्ष निकालेका थिए- पुराना पार्टीहरुप्रतिको आक्रोशले नयाँ पार्टीहरुको उदयको आधार तयार गरेको हो, पुराना पार्टीहरुमा सुधार आवश्यक छ र ती नसच्चिए नयाँ पार्टीको प्रभाव झनै फैलिन्छ। शर्माको ट्विट यही समीक्षाको आत्मसात्करण भएको बुझ्न सकिन्छ।

उपनिर्वाचनमा दुई पुराना दल कांग्रेस र एमालेले क्रमशः दुई र तीन क्षेत्रमा उम्मेदवारी दिएका थिए। तीन क्षेत्रमा भएको निर्वाचनमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले फराकिलो मतान्तरले जितेका थिए। यो पार्टीका कतिपय उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कतिपय क्षेत्रमा यस्तै किसिमको सनसनीपूर्ण नतिजा निकालेका थिए।

मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अतिरिक्त जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि चर्चाको केन्द्रमा रहे। जनमत पार्टीको मधेस प्रदेश र नागरिक उन्मुक्ति पार्टीको पश्चिमी मधेस क्षेत्रमा बढी प्रभाव देखिएको थियो। जसले गर्दा देशको माथिल्लो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र मधेस क्षेत्रमा राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी विकल्पको रुपमा उदाएका र फैलिने सम्भावना रहेको विश्लेषण भइरहेका छन्।

पुराना पार्टीप्रति अविश्वास
मंसिर ४ को निर्वाचन र वैशाख १० को निर्वाचनको परिणामले हालसालै गठित नयाँ पार्टीहरु थप फैलिने सम्भावनाको आधार तयार गरेको छ। उनीहरुप्रति आम मानिसमा आशा ह्वात्तै बढेको छ। अर्कोतिर, पुराना पार्टीहरुले भने विभिन्न कारणबाट विश्वास गुमाउँदै गएका छन्। उनीहरु नसुध्रिने हो भने थप क्षति भोग्न अभिशप्त हुनुपर्ने विश्लेषकहरुको भनाइ पाइन्छ।

‘२०७४ को निर्वाचनयता नै समाजमा (पुराना) राजनीतिक दलप्रति अविश्वास बढ्दै गएको छ’, राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल लाइभसँगको कुराकानीमा भनेका छन्, ‘उनीहरुले भोलिका दिनमा अविश्वासको वातावरणलाई परिपूर्ति गर्ने किसिमको काम गरेनन् भने त्यसको परिणाम २०८४ को निर्वाचनमा राम्रैसँग देखिने सम्भावना छ।’

पुराना पार्टीहरुका केही साझा कमजोरीको चर्चा निर्वाचनताका भएका थिए। जसले ती पार्टीप्रति अविश्वास बढाउन भूमिका खेलेको थियो। ती विशेषताहरुलाई एकीकृत गरेर लेख्न सकिन्छ- पुराना पार्टीहरुले समय सुहाउँदो अजेन्डा तय गर्न सकेका छैनन्, आफ्नो सान्दर्भिकता पुष्टि गर्न सकेका छैनन्। लोकतन्त्र, गणतन्त्र र संविधानका लागि लडेको जस्ता डेढदुई दशक अघिका दृष्टान्त प्रस्तुत गरिरहेका छन्। जबकि, मतदाता नै नयाँ आइसके।

त्यस्तै, पार्टी संरचना भद्दा र दोहनकारी छ। निर्णय प्रक्रिया एउटा/केही व्यक्तिमा सीमित छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र छैन। पार्टी दशकौंदेखि सीमित नेताको कब्जामा छ। निर्वाचनमा टिकट वितरणदेखि नियुक्ति प्रक्रियामा पैसा लेनदेन हुने विषय खुला सत्य हो। क्षमता हेरेर होइन, गुट हेरेर अवसर प्रदान गरिन्छ। पटकपटक अवसर पाउँदा पनि डेलिभरी र सुशासनमा चुकेका छन्, वा अवसरको चरम दुरुपयोग गरेका छन्।

nimb
nimb

पार्टीमा दृश्य र अदृश्य स्वार्थ समूहदेखि भू-राजनीतिक शक्तिकेन्द्रको प्रभाव छ। पञ्चायतकालमा धेरथोर जोडिएको जनतासँगको सम्बन्ध तोडिइसकेको छ। नेतृत्व तह अति नै अपारदर्शी छ, विलासी छ। उनीहरुले प्रयोग गर्ने भाषा नयाँ उमेर समूहका मतदातामैत्री छैन। उनीहरुले प्रयोग गर्ने भाषाले आम मतदातालाई आकर्षित गर्न नसकेको यही उपनिर्वाचनमै प्रष्ट भएको छ। प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले एउटै मञ्चबाट भाषण ठोक्दासमेत जनताले पत्याएको देखिएन। बरु, चुनावको मुखमा जनतासमक्ष पुग्नुपर्ने नेता तथा कार्यकर्ता पनि त्यस्तै कार्यक्रममा अल्झिए।

‘आममान्छेसम्म पुगेर हात मिलाएर भोट लिने बेला हो, अहिले। नयाँ पार्टीले आमसभा गर्नुभन्दा जनतामाझ पुगेर हात मिलाएर, फोटो खिचाएर भोट लिने गर्छन्’, विश्लेषक उद्धव प्याकुरेल भन्छन्, ‘ठूला पार्टीहरुको एउटै सभामा चारपाँच जना प्रधानमन्त्री पूर्वप्रधानमन्त्री पुगेका छन्। मतदाता भेट्नुपर्ने मान्छेलाई सदरमुकाम ल्याएर दिनरात व्यस्त बनाउँछन्। त्यतिञ्जेल गाउँका मान्छेहरुलाई अरुले नै भेटेर आफ्नो पक्षमा पारिसक्छन्।’

सुधार गर्नुपर्ने के हो?
जारी बहसमा पुराना दलहरुप्रति व्यक्त अविश्वास सँगसँगै दुई विकल्प चेतावनीकै भाषामा प्रस्तुत भइरहेका छन्- ‘सच्चिने कि सकिने?’ तर, दुवै विकल्पले एक अर्कालाई निषेध नगर्ने प्रशस्तै आधारहरु छन्।

दशकौंदेखि विभिन्न स्वरुपमा जनताको घरदैलोमा पुगेका पुराना दलहरुको जरा बलियोसँग फैलिएको छ। अर्कोतिर, तिनै पार्टीहरुसँगको आबद्धता र आस्थाका कारण दैनिकी चलाइरहेकाहरुको संख्या पनि ठूलो छ। लाखौं कार्यकर्ताहरु छन्, जसको देखिने वैधानिक इलम छैन तर उच्चस्तरको जीवन बाँचिरहेका छन्। यी लगायतका कारणले आउने निर्वाचनमा हरेकजसो निर्वाचनमा शक्ति घटबढ हुनु स्वाभाविक र सामान्य भएता पनि पुराना पार्टीहरु निमिट्यान्नै भएर नयाँ पार्टी स्थापित हुन्छन् भन्ने आधार छैन। त्यसैले पनि सुधारको बहसको बृहत् अर्थ देखिन्छ।

त्यसैले अहिले अपेक्षा भइरहेको सुधारलाई कसरी बुझ्न सकिन्छ त? राजनीतिक विश्लेषक केशव दाहाल त्यसलाई ६ बुँदामा प्रस्तुत गर्छन्-
पहिलो, दलहरुको विचार पक्ष धेरै पुरानो भयो। लोकतन्त्र वा समाजवाद वा दलहरुको आफ्नो स्थापनाको प्रयोजनलाई पुनःव्याख्या गर्नुपर्ने समय भयो। जे प्रयोजनका लागि कांग्रेस, कम्युनिस्ट पार्टी वा मधेस केन्द्रित दलहरु बनेका थिए, त्यसको प्रयोजनलाई अब पुनःव्याख्या गर्नुपर्छ। उहाँहरुले बोकेका विचारलाई आजको युग र समय सापेक्ष बनाउनुपर्छ।

दोस्रो, पार्टी संरचनाहरुलाई लोकतान्त्रिक बनाउनुपर्छ। आफूलाई ईश्वर र पालनहारको अवतारबाट एउटा असल र उम्दा नेतामा रुपान्तर गर्नुपर्छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, सामूहिकता, नेता-सदस्य सम्बन्ध जस्ता विषयलाई नयाँ ढाँचाबाट रुपान्तरण गर्नुपर्छ। आफूलाई प्राधिकार, सर्वोच्च नेता, ईश्वर ठान्ने जुन मनोविज्ञान छ। त्यसबाट सर्लक्क निस्किनुपर्छ। र सामूहिकतासहित अगाडि जानुपर्छ।

तेस्रो, दलहरुको अजेन्डा के हो? दलहरुले यो मुलुकको रुपान्तरणका लागि देखेका सपना के हुन्? प्राथमिकता के हो? पछिल्ला सबैखाले आन्दोलनमा मान्छेहरुलाई जेजस्ता सपना देख्न सिकाइयो, त्यसलाई भूइँमै छाडेर दलहरु सत्तारोहणमा गए। बालुवाटार र सिंहदरबारमा गए। तर ती अजेन्डाहरु त्यसै छोडिए। उनीहरुले ती अजेन्डाहरुतिर आफूलाई फर्काउनुपर्छ।

चौथो, दलहरुको जे जस्तो संकट छ। जे जस्ता मान्छेहरुलाई वरपर राखेर दल र नेताहरुले काम गरिरहेका छन्। जे जस्ता मान्छे र विचौलियाको दबाब र प्रभावमा छन्। त्यसबाट निस्किन सक्नुपर्छ।

पाँचौं, सांस्कृतिक, नैतिक र राजनीतिक निष्ठाको हिसाबले दलहरु जसरी पत्रु भएर गए। त्यसबाट आफूलाई रुपान्तरण गर्नुपर्छ। आफूमाथि, आफ्नो मैलोमाथि, आफ्ना विकृति र विसंगतिमाथि दल र नेताहरु स्वयंले आगो लगाउन सक्नुपर्छ। र त्यहाँबाट निस्किनुपर्छ।

छैटौं, सुशासन, लोकतन्त्र र समावेशीकरण जस्ता चिजहरुमा संविधान र नियममा के लेखियो, यसको औपचारिक परिभाषा के हो भन्ने कुरामा दलहरु अल्झिएर पुग्दैन। यसको आशयचाहिँ यसको सन्दर्भबाट, मान्छेका अपेक्षाहरुबाट नयाँ ढंगले परिभाषित गर्न सक्नुपर्छ।

सुध्रिन सक्षम छन्?
जुन दिन विश्वप्रकाश शर्माले ट्विट गरेका थिए, त्यसै दिन एमालेका उपमहासचिव विष्णु रिमालले फेसबुकमा स्टाटस लेखेका थिए। उनले उपनिर्वाचनको अंकगणितीय मात्र नभइ मनोवैज्ञानिक सन्देश पनि रहेको बताएका थिए। उनले ठूला पार्टी लक्षित ‘सच्चिने’ शब्दको भाव, ‘अहिलेको’मा सुधार गर’ भन्ने हुनसक्ने पनि लेखेका छन्। मनोवैज्ञानिक सन्देश बारेचाहिँ उनको निचोड छ, ‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर' भन्ने हो।’

अब पुरानै शैलीले मतदाताको मन जित्न कठिन रहेको उनको स्टाटसबाट संकेत पाउन सकिन्छ। ‘अहिलेको सुधार’लाई अपनत्व लिएको भए पनि उनले मूलतः जनतामाझ पुग्ने तरिकामा पुनर्विचार गर्नुपर्ने सन्देश दिन खोजेका छन्। तर, सानातिना सुधार र शैलीले मात्रै नपुग्ने विश्लेषक भट्टका तर्कबाट निर्क्योल निकाल्न सकिन्छ। उनी पुराना पार्टीहरुलाई पूर्ण रुपमै पुनःसंरचना गर्न आवश्यक रहेको बताउँछन्। भन्छन्, ‘त्यसो गरिएन भने खोक्रा नारालाई त नागरिकले बुझिसके। सच्चिने हो भने अहिलेदेखि नै सुरुवात गर्नुपर्छ। गर्नुपर्ने धेरै काम छ।’

अहिले सुधारको अपेक्षाको सुई तेर्सिएका चार किसिमका पार्टीहरु छन्, कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपा लगायतका दलहरु। ती दलहरुको इतिहास झन्डै आठ दशकदेखि डेढ दशकसम्मको छ। तर, पार्टी सञ्चालन पद्धति र पार्टीको सामूहिक चेतनाले भने ती लगभग उस्तै र उही उमेर समूहका प्रतीत हुन्छन्। त्यसैले ती सुध्रिनेमा प्रशस्तै शंका व्यक्त भइरहेका छन्। बरु नयाँ पार्टीहरु, जसको आलोकमा पुराना पार्टीहरु सुध्रिनुपर्ने बहस उत्पन्न भएको हो, तिनीहरुलाई पनि आफूजस्तै बनाउने सम्भावना बढी रहेको धारणा सार्वजनिक भएको पाइन्छ।

उल्लेखित पुराना पार्टीहरुभित्र पनि दुई पंक्ति छ, पुरानो र नयाँ। पुरानो नेतृत्व पंक्ति सिक्न र नयाँ हिसाबले सोच्न तयार नभएको र उसको क्षमताले पनि नपुग्ने विश्लेषक दाहालको भनाइ छ। ‘कतिपय समय चेतनालाई देख्ने, आफूमाथि उठेका प्रश्नलाई सुन्ने, त्यसलाई मनन गरेर आफूमा रुपान्तरण गर्नका लागि ठूलो शक्ति, ऊर्जा र चेतना चाहिन्छ। समग्रता हेर्दा त्यो नेतृत्वपंक्ति अब सुध्रिन सक्दैन। त्यसले सुध्रिन सक्ने तागत गुमायो’, उनी थप्छन्, ‘तर, ती पार्टीभित्र पनि कहीँ कतै सानोतिनो ऊर्जा, विवेक र ज्ञान बाँकी छ। त्यो पंक्तिले पुरानो सुध्रिनै नसक्ने पंक्तिलाई हटाएर दलहरुलाई रुपान्तरण गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ।’

नयाँ पुस्ताले आफ्नो दलभित्र हस्तक्षेप गर्ने प्रयत्न गर्नुपर्ने दाहालको सुझाव छ। ‘पुराना पंक्तिका नेताहरुलाई बिदा गर्ने र पार्टीलाई आफ्नो हातमा लिने प्रयत्न गर्नुपर्छ। त्यो भयो भने सुधारको थोरै गुञ्जायस छ। नत्र पुरानो पुस्ताले आफूमाथि उठेका प्रश्नहरुलाई बेवास्ता गर्ने र नयाँ पुस्ताले पनि पुरानै पुस्ताको फेर समातेर वैतरणी तर्छु भन्ने ठान्ने हो भने यी सुध्रिन सक्दैनन् र सकिन्छन्’, उनी भन्छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:३९
  • #नेपाली राजनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्