२६ अगस्ट २०२१ मा काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा १७० जना सर्वसाधारण र १३ जना अमेरिकी सैनिक मारिएका थिए।
काठमाडौं– तालिबान सरकारले इस्लामिक स्टेट (आईएस)का एक लडाकुलाई मारेको छ जो सन् २०२१ मा काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणका ‘मास्टरमाइन्ड’ थिए।
तालिबानले नियन्त्रण कायम गरेपछि अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा २६ अगस्ट २०२१ मा काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएको थियो। उक्त आक्रमणमा १७० जना सर्वसाधारण र १३ जना अमेरिकी सैनिक मारिएका थिए।
ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले एक विज्ञप्तिमा काबुलको अवे गेट प्रवेशद्वारलाई उद्धृत गर्दै भनेका छन्, ‘उनी अवे गेटजस्ता षड्यन्त्र रच्ने कार्यमा प्रत्यक्ष संलग्न आईएसआईएस–के का प्रमुख अधिकारी थिए, र अब उनले आक्रमणको योजना बनाउन वा सञ्चालन गर्न सक्ने छैनन्।’
इस्लामिक स्टेट खोरासान (आईएसआईएस–के) का रुपमा चिनिने इस्लामिक स्टेटको अफगान सम्बद्ध संगठन तालिबानको शत्रु मानिन्छ।
इस्लामिक स्टेटसँग बफादार लडाकुहरु सबैभन्दा पहिले सन् २०१४ मा अफगानिस्तानको पूर्वी क्षेत्रमा देखिएका थिए। पछि उनीहरु अन्य क्षेत्रमा पनि प्रवेश गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।