काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ मा २८ वाणिज्य बैंकको निक्षेप संकलन कर्जा प्रवाहभन्दा १५ दशमलव ४८ प्रतिशत बढी रहेको छ।
बैंकहरुले असार मसान्तसम्ममा २४ खर्ब ७२ अर्ब १० करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २१ खर्ब ४० अर्ब ६५ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलनमा सबैभन्दा अगाडि रहेको छ। बैंकले गत आर्थिक वर्षमा १ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। सबैभन्दा बढी ब्याजदर अफर गरेको एनआइससी एसिया बैंकले पनि १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै इन्भेष्टमेन्ट बैंक, नबिल बैंक लगायतको निक्षेप संकलन उच्च रहेको छ।
कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ। यस बैंकको १ खर्ब २० अर्ब रुपैयाँ कर्जामा लगानी छ भने राष्ट्रिय वाणिज्य बैंकको एक खर्ब १७ खर्ब रुपैयाँ कर्जामा लगानी छ।
बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।