• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक ‘अयोग्य’ लडाकु, जो बालखैमा युद्धमा होमिए, अहिले सरकारसँग राहतको आस गर्दैछन्

64x64
कल्पना घिमिरे शनिबार, वैशाख १६, २०८०  ०६:०२
1140x725

काठमाडौं– तत्कालीन विद्रोही माओवादीको युद्धले चरम रुप लिँदै थियो। लामो समय ग्रामीण क्षेत्रमा केन्द्रित युद्ध विस्तारै सहरउन्मुख हुँदै थियो।

युद्धलाई निचोडमा पुर्‍याउनका लागि माओवादीले गाउँगाउँबाट सर्वसाधारणलाई आफ्नो सेनामा भर्ती गराउँदै थिए। आफ्नो इच्छाले भए सही नभए हरेक घरबाट एक जना अनिवार्य गरिएको थियो। विशेषगरी माओवादीको आधार इलाकाका रुपमा रहेका कर्णालीबाट त स्कुले बालबालिकादेखि वृद्धसम्म एक जना अनिवार्य गरिएको थियो। 

सबैतिर उत्कर्षमा पुग्दै गरेको युद्धले हुम्लालाई नछुने कुरै थिएन। भौगोलिक कठिनाइका कारण गाउँमा सेनाको उपस्थिति शून्यजस्तै थियो। जताततै माओवादीका लडाकूहरु मात्रै भेटिन्थे। हरेक घरबाट एक जना अनिवार्य। नमाने यातना पनि दिइन्थ्यो। २०५९ सालमा यही भुंग्रोमा परे खडकबहादुर रम्तेल। 

हुम्लाको साविक मैला गाविस हाल ताँजाकोट गाउँपालिका–६ का रम्तेल त्यसबेला जम्मा १३ वर्षका मात्र थिए। हरेक दिनजसो माओवादीका सेना आएर खडकबहादुरका बुवालाई सेनामा भर्ती हुन उर्दी दिन्थे। बुवालाई युद्धमा होमिन उनकी आमाले मानिनन्। त्यसबेला अभिभावक सहभागी नभए घरको जेठो सन्तान पठाउन अनिवार्य गरिएको थियो। रम्तेल घरको जेठो छोरा थिए। 

दैनिक घरमा आएर बुवालाई माओवादीका सेनाले दिन मानसिक याताका कारण खडकबहादुर आजित भइसकेका थिए। बुवा जानुभन्दा बरु आफैं जाने निर्णय गरे उनले। 

उनी त्यसबेला कक्षा ६ मा अध्यनन गर्थे। २०५९ मंसिरमा बुवालाई युद्धमा जानबाट रोक्नका लागि उनी आफैं जनमिलिसियामा भर्ती भए। त्यसबेला जनमिलिसियाले नै माओवादीका लागि सेना भर्ती गर्ने र उनीहरुलाई तालिम दिने काम गर्थ्यो। 

झण्डै ६ महिनाजति जनमिलिसियामा काम गरे। त्यसपछि भने उनलाई जनमुक्ति सेनामा भर्ती गरियो।

उनलाई जनमुक्ति सेनामा भर्ना भएको पहिलो दिन नै बमको पेटी लगाइयो। त्यसबेला जनयुद्ध उत्कर्षमा थियो। सेनाको आगमन हुने त्रासका कारण गाउँलेहरुलाई ड्युटी बस्नका लागि पालो लगाइएको थियो।

Ncell 2
Ncell 2

‘त्यतिबेला युद्ध अन्तिम चरमा रहेछ। राज्यको उपस्थिति गाउँमा थिएन्। बाध्यताले भनौं या र देशका लागि म पनि जनयुद्धमै होमिएँ। युद्धले उमेर र लिंग भन्दोरहेनछ,’ रम्तेल भन्छन्। त्यसबेला उनीसहितको जनमुक्ति सेनाको टोली जाजरकोटतिर लाग्यो। उनको कम्मरमा बम बाँधिएको थियो। कतिबेला पड्किने हो भन्ने त्रास एकातिर, अर्कोतिर भने कहाँ सेनाले भेटाउँछ र भीडन्त हुने हो भन्ने। 

‘पेटमा बम बाँधिएको थियो। शौचालय जाँदा पनि पड्किने हो कि भन्ने डर’, उनी भन्छन्, ‘डरैडरले करिब एक हप्ता बित्यो। पहिला त छुनेबित्तिकै पड्किन्छ कि भन्ने त्रास थियो। तर होइन रहेछ। पछि साथीहरुले बम कसरी पड्किन्छ भन्ने सिकाएपछि भने ढुक्क भएँ।’

हुम्लाबाट हिँडेका रम्तेलसहितका जनमुक्ति सेनाहरु १५ दिनको पैदलपछि जाजरकोट पुगे। तर त्यहाँ पुग्नेबित्तिकै सेनासँग भिडन्त भयो। उनले लडेको पहिलो युद्ध थियो त्यो। पहिलो दिन फाइरिङ मात्रै भएर र आफूहरु भागेर बाँच्न सफल भएको उनी बताउँछन्। विस्तारै उनी अभ्यस्त पनि हुँदै गए।

कहिले सल्यान त कहिले सिमरा हुँदै सुर्खेतसम्म पुगे। कैयौं ठाउँमा उनी भीडन्तमा पुगे। नेपालगन्जदेखि नै काठमाडौंसम्म पैदल दूरी तय गरेको अनुभव पनि उनीसँग छ। लडाइँकै क्रममा उनी काठमाडौंदेखि हिँडेर जुम्लासम्म पनि पुगेका छन्।

‘मेरै अगाडि कैयौं साथीहरुले साहदत प्राप्त गर्नुभयो। प्राय सँगै हिँडेका साथीहरु कहाँसम्मका लागि हुने भन्ने यकिन हुन्नथ्यो,’ उनी भन्छन्, ‘युद्ध गर्नु र साथीहरुलाई गुमाउनु त दैनिकीजस्तै भइसकेको थियो। तर केही घटना साह्रै पीडादायी हुँदारहेछन्। हुम्लाका कमाण्डर साथी र एकदम मिल्ने कल्पनाको सहादतले मलाई निकै मर्माहत बनायो।’

व्यवस्था परिवर्तनका लागि हिँडेका रम्तेल कैयौं दिन भोकै हिँडे। कहिले चिउरा त कहिले बासीभातले ज्यान जोगाए। उनी सम्झिन्छन्, ‘एक महिनासम्मको पैदल पनि हिँडियो। एकपटक त जुम्लाको टोप्ला भन्ने लेकमा गाउँबाट ल्याएर आएको बासीभात हामी १६ जनाले बाँडेर खायौं। प्लास्टिकमा प्याक गरिएको त्यो भात खान लायक थियो/थिएन पत्तो भएन। तर पनि हामीले मिठो मानि खायौं।’

त्यतिबेला उनलाई संसार नै युद्ध हो भन्ने लाग्यो। सिकाइएको पनि थियो त्यस्तै। सेनासँग मुठभेड त सामान्य नै थियो। तर कहिलेकाँहि भने आपत दुवैतिर आउँथ्यो। २०६२ साउनमा उनीहरु साथीहरुसँगै बर्दियामा एउटा घरमा बसेका थिए। खाना खान सुरुमात्रै के गरेका थिए। आर्मीले घेरा हालिहाल्यो।

‘घरकी बुढी आमैले हामीलाई लुक्न मकै बारीमा पठाउनुभयो, एकछिन स्वास नफेरि बसेँ। संयोग कस्तो भने छेउमा हरियो सर्प (हरेउ) रहेछ। झण्डै झम्टिएन। बाहिर निस्किम भने सेनाको गोली खाइने ननिस्किम सर्पले डस्ने हो कि भन्ने पिर। बरु सर्पले डसे पनि डस्छ भन्ने सोचेर बारीमै लुकेँ’, उनी भन्छन्। कैयौंपटक उनी सानो सचेतनाका कारण बाँचेका छन्। सानैमा जे सोचेर गए पनि पछि त्यो युद्ध देश र जनताका लागि बलिदान हो भन्ने लागेको उनी बताउँछन्।

२०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौता भयो र जनयुद्ध समाप्त भयो। उनी २०६६ सालसम्म जनमुक्ति सेनाको रुपमा कार्यरत थिए। त्यही बेलामा सेना समायोजन र हतियार व्यवस्थापन गरिएको थियो। त्यतिबेला २ क्याटेगोरिमा छुट्याइएको थियो। जस अनुसार १९ हजार सेना अयोग्यमा परे। ४ हजार ८ जना भने समायोजन भए।

प्रमाणीकरणका बेलामा बालसेना भनिएका २० देखि २२ वर्ष थिए। घाइतेलाई भने रिनरुट भनिएको थियो। केही भने शान्ति सम्झौतापछि भने गएका थिए। ती पनि अयोग्यमा परे।  उनी सेनामा जाँदा बालखै थिए। न उनलाई थाहा थियो न लैजानेहरुले नै भने बालबालिकालाई युद्धमा सामेल गर्न पाइँदैन भने।

‘अन्तर्राष्ट्रिय रुपमा युद्धको पनि कानुन हुँदो रहेछ। कुनै पनि सैन्य कार्यमा १८ वर्षभन्दा मुनिका बालबालिका जान/लैजान पाइँदोरहेनछ। त्यहीअनुसार हामी अयोग्य भयौं। त्यतिबेला हाम्रो लडाइँको मूल्यांकन भएन। बालापनमा खोसिएको शिक्षाको लेखाजोखा छैन। त्योबेला मसँग पढेका साथीहरु सरकारी सेवामा छन्। कोही अधिकृत भइसके, कोही डाक्टर छन्,’ उनी सम्झिन्छन्। 

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा सात वटै क्यान्टोन्मेनटबाट (जनमुक्ति सेनालाई राखिएको शिविर) अयोग्य प्रमाणीकरण भएका सेनालाई रित्तो हात फर्काइयो। ‘हामीलाई पठाउँदा जनमुक्ति सेनाका अयोग्य लडाकूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ र तराई क्षेत्रमा सामूहिक बस्ती बसाउने भनिएको थियो। तर त्यो अहिलेसम्म पूरा हुन सकेको छैन’, उनको गुनासो छ। उनी त्यतिबेला भएका सम्झौता आफ्नो पक्षमा नभएको बताउँछन्।

उनी भन्छन्, ‘हामीले उतिबेलै यो हाम्रो पक्षमा छैन भनेका हौ। विरोध पनि गर्‍यौं। हामीले लडेको व्यवस्था ठीक हुने तर हामी बेठीक कसरी हुन्छौं भनेर प्रश्न पनि गर्‍यौं। तर हामीलाई अयोग्यताको बिल्ला भिराएर बस्न बाध्य बनाइयो।’ त्यतिबेला प्रमाणीकरण गर्ने अनमिन, माओवादी र राजनीतिक दलहरुविरुद्ध २०६८ देखि नै आफूहरुमाथि परेको अन्यायबारे आन्दोलन गर्दै आएको उनी बताउँछन्। पछि आन्दोलनकै क्रममा २०६९ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले अयोग्य लडाकूका लागि अल्पकालीन समस्या समाधान गर्न भन्दै प्रतिव्यक्ति दुई लाखका दरले दिन ६४ करोड रुपैयाँ छुट्याएको थियो।

तर सर्वोच्चमा मुद्दा परेपछि त्यो त्यतिकै रोकियो। आफूहरुमाथि परेको अन्यायका विरुद्ध पार्टीमा नै आन्दोलन गरेको उनको भनाइ छ। पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री हुँदा अयोग्य लडाकूहरुले ६८ दिन माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडा नै कब्जा गरेका थिए। पार्टीले पछि न्याय गर्ने प्रतिबद्धता जनाएपछि आफूहरु पछि हटेको उनी बताउँछन्। तर शान्तिपूर्ण आन्दोलन भने अहिले पनि जारी राखिएको उनले बताए।  

फेरि उनीहरुले न्यायका लागि २०७३ सालमा आन्दोलन थाले। त्यसबेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार थियो। अर्थमन्त्री विष्णु पौडेलले अयोग्य लडाकुका लागि भनेर राहत दिन फेरि रकम छुट्याए। तर सर्वोच्चमा मुद्दा पर्‍यो। 

पछि त्यो मुद्दामा २०७८ फागुन १ गते फैसला गर्दै विपक्षीका नाममा परेको रिट खारेज भयो। र सर्वोच्चले विपक्षीको नाममा कुनै उत्प्रेषण जारी गर्नुनपर्ने भन्दै पीडितलाई राहत वितरण गर्न आदेश दियो। अहिले सरकारले फेरि अयोग्य लडाकूहरुका लागि प्रचण्डले दुई/दुई लाख रुपैयाँ दिने निर्णय गरेका छन्। यद्यपि, यो निर्णयविरुद्ध पनि सर्वोच्चमा रिट दायर भइसकेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्