• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक ‘अयोग्य’ लडाकु, जो बालखैमा युद्धमा होमिए, अहिले सरकारसँग राहतको आस गर्दैछन्

64x64
कल्पना घिमिरे शनिबार, वैशाख १६, २०८०  ०६:०२
1140x725

काठमाडौं– तत्कालीन विद्रोही माओवादीको युद्धले चरम रुप लिँदै थियो। लामो समय ग्रामीण क्षेत्रमा केन्द्रित युद्ध विस्तारै सहरउन्मुख हुँदै थियो।

युद्धलाई निचोडमा पुर्‍याउनका लागि माओवादीले गाउँगाउँबाट सर्वसाधारणलाई आफ्नो सेनामा भर्ती गराउँदै थिए। आफ्नो इच्छाले भए सही नभए हरेक घरबाट एक जना अनिवार्य गरिएको थियो। विशेषगरी माओवादीको आधार इलाकाका रुपमा रहेका कर्णालीबाट त स्कुले बालबालिकादेखि वृद्धसम्म एक जना अनिवार्य गरिएको थियो। 

सबैतिर उत्कर्षमा पुग्दै गरेको युद्धले हुम्लालाई नछुने कुरै थिएन। भौगोलिक कठिनाइका कारण गाउँमा सेनाको उपस्थिति शून्यजस्तै थियो। जताततै माओवादीका लडाकूहरु मात्रै भेटिन्थे। हरेक घरबाट एक जना अनिवार्य। नमाने यातना पनि दिइन्थ्यो। २०५९ सालमा यही भुंग्रोमा परे खडकबहादुर रम्तेल। 

हुम्लाको साविक मैला गाविस हाल ताँजाकोट गाउँपालिका–६ का रम्तेल त्यसबेला जम्मा १३ वर्षका मात्र थिए। हरेक दिनजसो माओवादीका सेना आएर खडकबहादुरका बुवालाई सेनामा भर्ती हुन उर्दी दिन्थे। बुवालाई युद्धमा होमिन उनकी आमाले मानिनन्। त्यसबेला अभिभावक सहभागी नभए घरको जेठो सन्तान पठाउन अनिवार्य गरिएको थियो। रम्तेल घरको जेठो छोरा थिए। 

दैनिक घरमा आएर बुवालाई माओवादीका सेनाले दिन मानसिक याताका कारण खडकबहादुर आजित भइसकेका थिए। बुवा जानुभन्दा बरु आफैं जाने निर्णय गरे उनले। 

उनी त्यसबेला कक्षा ६ मा अध्यनन गर्थे। २०५९ मंसिरमा बुवालाई युद्धमा जानबाट रोक्नका लागि उनी आफैं जनमिलिसियामा भर्ती भए। त्यसबेला जनमिलिसियाले नै माओवादीका लागि सेना भर्ती गर्ने र उनीहरुलाई तालिम दिने काम गर्थ्यो। 

झण्डै ६ महिनाजति जनमिलिसियामा काम गरे। त्यसपछि भने उनलाई जनमुक्ति सेनामा भर्ती गरियो।

उनलाई जनमुक्ति सेनामा भर्ना भएको पहिलो दिन नै बमको पेटी लगाइयो। त्यसबेला जनयुद्ध उत्कर्षमा थियो। सेनाको आगमन हुने त्रासका कारण गाउँलेहरुलाई ड्युटी बस्नका लागि पालो लगाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यतिबेला युद्ध अन्तिम चरमा रहेछ। राज्यको उपस्थिति गाउँमा थिएन्। बाध्यताले भनौं या र देशका लागि म पनि जनयुद्धमै होमिएँ। युद्धले उमेर र लिंग भन्दोरहेनछ,’ रम्तेल भन्छन्। त्यसबेला उनीसहितको जनमुक्ति सेनाको टोली जाजरकोटतिर लाग्यो। उनको कम्मरमा बम बाँधिएको थियो। कतिबेला पड्किने हो भन्ने त्रास एकातिर, अर्कोतिर भने कहाँ सेनाले भेटाउँछ र भीडन्त हुने हो भन्ने। 

‘पेटमा बम बाँधिएको थियो। शौचालय जाँदा पनि पड्किने हो कि भन्ने डर’, उनी भन्छन्, ‘डरैडरले करिब एक हप्ता बित्यो। पहिला त छुनेबित्तिकै पड्किन्छ कि भन्ने त्रास थियो। तर होइन रहेछ। पछि साथीहरुले बम कसरी पड्किन्छ भन्ने सिकाएपछि भने ढुक्क भएँ।’

हुम्लाबाट हिँडेका रम्तेलसहितका जनमुक्ति सेनाहरु १५ दिनको पैदलपछि जाजरकोट पुगे। तर त्यहाँ पुग्नेबित्तिकै सेनासँग भिडन्त भयो। उनले लडेको पहिलो युद्ध थियो त्यो। पहिलो दिन फाइरिङ मात्रै भएर र आफूहरु भागेर बाँच्न सफल भएको उनी बताउँछन्। विस्तारै उनी अभ्यस्त पनि हुँदै गए।

कहिले सल्यान त कहिले सिमरा हुँदै सुर्खेतसम्म पुगे। कैयौं ठाउँमा उनी भीडन्तमा पुगे। नेपालगन्जदेखि नै काठमाडौंसम्म पैदल दूरी तय गरेको अनुभव पनि उनीसँग छ। लडाइँकै क्रममा उनी काठमाडौंदेखि हिँडेर जुम्लासम्म पनि पुगेका छन्।

‘मेरै अगाडि कैयौं साथीहरुले साहदत प्राप्त गर्नुभयो। प्राय सँगै हिँडेका साथीहरु कहाँसम्मका लागि हुने भन्ने यकिन हुन्नथ्यो,’ उनी भन्छन्, ‘युद्ध गर्नु र साथीहरुलाई गुमाउनु त दैनिकीजस्तै भइसकेको थियो। तर केही घटना साह्रै पीडादायी हुँदारहेछन्। हुम्लाका कमाण्डर साथी र एकदम मिल्ने कल्पनाको सहादतले मलाई निकै मर्माहत बनायो।’

व्यवस्था परिवर्तनका लागि हिँडेका रम्तेल कैयौं दिन भोकै हिँडे। कहिले चिउरा त कहिले बासीभातले ज्यान जोगाए। उनी सम्झिन्छन्, ‘एक महिनासम्मको पैदल पनि हिँडियो। एकपटक त जुम्लाको टोप्ला भन्ने लेकमा गाउँबाट ल्याएर आएको बासीभात हामी १६ जनाले बाँडेर खायौं। प्लास्टिकमा प्याक गरिएको त्यो भात खान लायक थियो/थिएन पत्तो भएन। तर पनि हामीले मिठो मानि खायौं।’

त्यतिबेला उनलाई संसार नै युद्ध हो भन्ने लाग्यो। सिकाइएको पनि थियो त्यस्तै। सेनासँग मुठभेड त सामान्य नै थियो। तर कहिलेकाँहि भने आपत दुवैतिर आउँथ्यो। २०६२ साउनमा उनीहरु साथीहरुसँगै बर्दियामा एउटा घरमा बसेका थिए। खाना खान सुरुमात्रै के गरेका थिए। आर्मीले घेरा हालिहाल्यो।

‘घरकी बुढी आमैले हामीलाई लुक्न मकै बारीमा पठाउनुभयो, एकछिन स्वास नफेरि बसेँ। संयोग कस्तो भने छेउमा हरियो सर्प (हरेउ) रहेछ। झण्डै झम्टिएन। बाहिर निस्किम भने सेनाको गोली खाइने ननिस्किम सर्पले डस्ने हो कि भन्ने पिर। बरु सर्पले डसे पनि डस्छ भन्ने सोचेर बारीमै लुकेँ’, उनी भन्छन्। कैयौंपटक उनी सानो सचेतनाका कारण बाँचेका छन्। सानैमा जे सोचेर गए पनि पछि त्यो युद्ध देश र जनताका लागि बलिदान हो भन्ने लागेको उनी बताउँछन्।

२०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौता भयो र जनयुद्ध समाप्त भयो। उनी २०६६ सालसम्म जनमुक्ति सेनाको रुपमा कार्यरत थिए। त्यही बेलामा सेना समायोजन र हतियार व्यवस्थापन गरिएको थियो। त्यतिबेला २ क्याटेगोरिमा छुट्याइएको थियो। जस अनुसार १९ हजार सेना अयोग्यमा परे। ४ हजार ८ जना भने समायोजन भए।

प्रमाणीकरणका बेलामा बालसेना भनिएका २० देखि २२ वर्ष थिए। घाइतेलाई भने रिनरुट भनिएको थियो। केही भने शान्ति सम्झौतापछि भने गएका थिए। ती पनि अयोग्यमा परे।  उनी सेनामा जाँदा बालखै थिए। न उनलाई थाहा थियो न लैजानेहरुले नै भने बालबालिकालाई युद्धमा सामेल गर्न पाइँदैन भने।

‘अन्तर्राष्ट्रिय रुपमा युद्धको पनि कानुन हुँदो रहेछ। कुनै पनि सैन्य कार्यमा १८ वर्षभन्दा मुनिका बालबालिका जान/लैजान पाइँदोरहेनछ। त्यहीअनुसार हामी अयोग्य भयौं। त्यतिबेला हाम्रो लडाइँको मूल्यांकन भएन। बालापनमा खोसिएको शिक्षाको लेखाजोखा छैन। त्योबेला मसँग पढेका साथीहरु सरकारी सेवामा छन्। कोही अधिकृत भइसके, कोही डाक्टर छन्,’ उनी सम्झिन्छन्। 

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा सात वटै क्यान्टोन्मेनटबाट (जनमुक्ति सेनालाई राखिएको शिविर) अयोग्य प्रमाणीकरण भएका सेनालाई रित्तो हात फर्काइयो। ‘हामीलाई पठाउँदा जनमुक्ति सेनाका अयोग्य लडाकूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ र तराई क्षेत्रमा सामूहिक बस्ती बसाउने भनिएको थियो। तर त्यो अहिलेसम्म पूरा हुन सकेको छैन’, उनको गुनासो छ। उनी त्यतिबेला भएका सम्झौता आफ्नो पक्षमा नभएको बताउँछन्।

उनी भन्छन्, ‘हामीले उतिबेलै यो हाम्रो पक्षमा छैन भनेका हौ। विरोध पनि गर्‍यौं। हामीले लडेको व्यवस्था ठीक हुने तर हामी बेठीक कसरी हुन्छौं भनेर प्रश्न पनि गर्‍यौं। तर हामीलाई अयोग्यताको बिल्ला भिराएर बस्न बाध्य बनाइयो।’ त्यतिबेला प्रमाणीकरण गर्ने अनमिन, माओवादी र राजनीतिक दलहरुविरुद्ध २०६८ देखि नै आफूहरुमाथि परेको अन्यायबारे आन्दोलन गर्दै आएको उनी बताउँछन्। पछि आन्दोलनकै क्रममा २०६९ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले अयोग्य लडाकूका लागि अल्पकालीन समस्या समाधान गर्न भन्दै प्रतिव्यक्ति दुई लाखका दरले दिन ६४ करोड रुपैयाँ छुट्याएको थियो।

तर सर्वोच्चमा मुद्दा परेपछि त्यो त्यतिकै रोकियो। आफूहरुमाथि परेको अन्यायका विरुद्ध पार्टीमा नै आन्दोलन गरेको उनको भनाइ छ। पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री हुँदा अयोग्य लडाकूहरुले ६८ दिन माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडा नै कब्जा गरेका थिए। पार्टीले पछि न्याय गर्ने प्रतिबद्धता जनाएपछि आफूहरु पछि हटेको उनी बताउँछन्। तर शान्तिपूर्ण आन्दोलन भने अहिले पनि जारी राखिएको उनले बताए।  

फेरि उनीहरुले न्यायका लागि २०७३ सालमा आन्दोलन थाले। त्यसबेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार थियो। अर्थमन्त्री विष्णु पौडेलले अयोग्य लडाकुका लागि भनेर राहत दिन फेरि रकम छुट्याए। तर सर्वोच्चमा मुद्दा पर्‍यो। 

पछि त्यो मुद्दामा २०७८ फागुन १ गते फैसला गर्दै विपक्षीका नाममा परेको रिट खारेज भयो। र सर्वोच्चले विपक्षीको नाममा कुनै उत्प्रेषण जारी गर्नुनपर्ने भन्दै पीडितलाई राहत वितरण गर्न आदेश दियो। अहिले सरकारले फेरि अयोग्य लडाकूहरुका लागि प्रचण्डले दुई/दुई लाख रुपैयाँ दिने निर्णय गरेका छन्। यद्यपि, यो निर्णयविरुद्ध पनि सर्वोच्चमा रिट दायर भइसकेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्