काठमाडौं– नेप्सेमा एकैदिन ४ करोड ८५ लाख ६९ हजार ८ सय १४ कित्ता सेयर सूचीकृत भएको छ। बुधबार एनएमबी बैंकको एफपिओ र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरलाई साधारण सेयरमा परिणत सेयरसहित १० कम्पनीको सेयर सूचीकृत भएको छ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरलाई साधारण सेयरमा परिणात ४३ लाख ९६ हजार ९ सय २८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
साथै एनएमबी बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ दशमलब ०२ कित्ता बोनस सेयर सूचीकृत हुँदा हिमालयन बैंकको पनि १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ।
बुधबार विकास बैंकको पनि सेयर सूचीकृत भएको छ। भागर्व विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता हकप्रद, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ। यता, माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई ‘एक्युजिसन’ गरेपछिको सेयर कावेली विकास बैंकको नाममा ९ लाख १२ हजार ९ सय १२ कित्ता सेयर सूचीकृत भएको छ। कर्णाली विकास बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर बुधबार नै नेप्सेमा सूचीकृत भएको छ।
१० कम्पनीको सूचीकृत भएकाे सेयर संख्या:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।