काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरूको रहेको बताए।
मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा मन्त्री रिजालको जोड छ। उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको बताए।
मन्त्री रिजालले उद्योगी व्यवसायीहरूले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।