• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

के पहिलो चरणबाटै महासंघको नयाँ नेतृत्व चयन होला?

64x64
नेपाल लाइभ सोमबार, चैत २७, २०७९  ११:५७
1140x725

काठमाडौं– चैत्र २८–२९ गते हुने उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयन हुँदैछ। त्यसका लागि वरिष्ठ उपाध्यक्षमा ३ जना प्रत्याक्षी समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई समूहको उम्मेदवारी रहेको छ। 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन कूल सदर मतमध्ये ५० प्रतिशत कटाउनु पर्ने प्रवाधान रहेकोले निर्वाचन दोस्रो चरणमा जान सक्ने देखिन्छ।

यदि दोस्रो चरणमा निर्वाचन गए पहिलो चरणबाट धेरै मत प्राप्त गर्ने २ उम्मेदवारबीच पुन: प्रतिस्पर्धा गर्ने छन्। तर उम्मेदवारहरुको पक्षमा खुलेका उद्योगी र समर्थन मतमा परिवर्तन भएमा भने वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन आवश्यक नरहने देखिन्छ।

कसलाई कसको समर्थन?
समर्थन र प्रचारलाई हेर्ने हो भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ बलिया देखिन्छन्। उनलाई वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहित करिब सबै प्रदेश अध्यक्षहरुको समर्थन छ। त्यस्तै, यही समूहबाट एसोसियट तर्फका उपाध्यक्ष उम्मेदवार रहेका भरतराज आचार्यलाई अन्जन श्रेष्ठ समूहको पनि समर्थन रहेकोले आचार्य आफूप्रति थप उद्धार हुने उमेशलाल समूहको विश्वास छ। अन्जन श्रेष्ठ समूहले समर्थन गर्नुपूर्व आचार्य उमेशलाल समूहबाट आधिकारिक उम्मेदवार भइसकेका थिए। 

यस्तै, उमेशलाललाई औषधि उत्पादक संघको पनि समर्थन छ। त्यस्तै, पूर्वअध्यक्षहरु चण्डिप्रसाद ढकाल, भवानी राणालगायत पूर्व पदाधिकारीको समर्थन आफूलाई रहेको यो समूहको दाबी छ।

यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी अन्जन श्रेष्ठ आफू महासंघको वर्तमान समितिमा उपाध्यक्ष रहेको र भर्खरै मुलुक भरि घुमेकाले उद्योगी तथा व्यापारीले आफूलाई मत दिने दाबी गर्छन्। उनलाई नेपाल अटो मोबिइल्स व्यवसायी संघ (नाडा) को समर्थन रहेको छ। त्यस्तै, आफूलाई केही पूर्व अध्यक्षहरुको पनि समर्थन रहेको उनको दाबी छ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्रत्याक्षी रामचन्द्र सघांई आफू पहिलो चरणबाटै ५० प्रतिशत मत कटाउने बताउँछन्। एसोसियट तर्फको ठूलो समूह आफ्नो पक्षमा रहेको भन्दै उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। महासंघमा सबैभन्दा धेरै मतदाता एसोसियटतर्फ रहेका हुन्छन्।

मतदाताकारुपमा जिल्ला नगरबाट १२१, वस्तुगत तर्फ १२३, एसोसियटतर्फ १७६२ र द्वि–राष्ट्रिय तर्फ २० मतदाता रहेका छन्। यद्यपि, महासंघको निर्वाचन कमिटीले अन्तिम नामावली भने प्रकाशन गर्नै बाँकी छ।

Ncell 2
Ncell 2
nimb
nimb

के–के अजेण्डा बोकेर चुनावी मैदानमा होमिएका छन्?
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको तीनै समूहले मूल मुद्दा भने मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बनाएका छन्।

अर्थतन्त्रमा देखिएको समस्याले उद्योग धराशायी भएको, बेरोजगारी बढेको र सम्भावित परिदृश्य निराशाजनक बन्दै गएकोले महासंघको आसन्न नेतृत्वले राज्यलाई यो समस्याबाट उकास्नलाई महत्वपूर्ण भूमिका निभाउन घचघच्याउने उम्मेदवारहरुले दाबी गरेका छन्।

अर्थतन्त्र डुब्न लागेको टाइटानिक जस्तो छः उमेशलाल श्रेष्ठ
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले देशको अर्थतन्त्र डुब्न लागेको टाइटानिक जहाज जस्तै रहेकोले त्यसलाई उकास्न आफू कप्तान भएर उत्रिने उद्घोष गरेका छन्। आफ्नो समूहको उम्मेदवारी दर्ता गर्न पुगेका श्रेष्ठले उक्त दाबी गरेका हुन्।

‘देश अस्थिर छ। आर्थिकरुपमा हामी खस्किएका छौं। हामी केही क्षणमा डुब्न लागेको टाइटानिक जहाज जस्तो अवस्थामा छौं। त्यो जहाजलाई कप्तानी दिन्छु भनेर यहाँ आएको छु। मेरो अठोट छ, मेरो प्रण छ, म बिना स्वार्थ तरिकाले तपाईंको भविष्यको लागि लड्दै छु। देशको डरलाग्दो आर्थिक अवस्था छ, त्यसलाई सुधार गर्नेमा मेरो प्रयास रहने छ,’ श्रेष्ठले भने, ‘प्रयास किन भन्छु भने हामी लबिइङ संस्था हो, कार्यकारी संस्था होइन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्रेष्ठको समूहबाट एसोसियटतर्फको उपाध्यक्षमा भरत राज आचार्य, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। आचार्य भने वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी अञ्जन श्रेष्ठको समूहका पनि एसोसियट उपाध्यक्षका प्रत्यक्षी हुन्। आचार्य दुवै समूहका साझा उम्मेदवार हुन्।

अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सोच र सरकार र निजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छः संघाई
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी रामचन्द्र संघाई भने अर्थतन्मा देखिएको समस्या समाधान गर्न सरकारले निजी क्षेत्रमैत्री सोच राख्नुपर्ने बताउँछन्। त्यस्तै, निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढे अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने संघाईले दाबी गरे। 

‘यतिखेर मुलुकको अर्थतन्त्र चलयमान बन्न नसकेको र सुस्ताएको अवस्था छ। अर्थतन्त्रको समग्र सूचकहरु पनि राम्रो देखिँदैन। लगानीका लागि पुँजीको अभाव छ। व्यवसायीमा उत्साह देखिँदैन। कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ, त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन। विस्तारै सुधार हुँदै जान्छ। हाम्रो अवस्था पनि त्यस्तै छ विस्तारै सुध्रिँदै गएको छ,’ संघाईले भने, ‘अर्थतन्त्र चौपट्टै हुन लाग्यो, गरि खान दिएन, लगानीको अवसरै भएन जस्ता नकारात्मक कुरामा अल्झिनुभन्दा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सकारात्मक सोचका साथै सरकार र नीजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छ।’

संघई महासंघको वर्तमान समितिका एसोसियट उपाध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका संघाईको समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसियट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन्। 

यस्तै, संघाई समूह आफ्नो समूहले उद्योग व्यावसायको सर्वाङ्गिण विकासका लागि उम्मेदवारी दिएको बताउँछ। ‘हाम्रो मुख्य नारा संगठनात्मक सुधार र समन्वय, कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका विषयहरु रहेका छन्,’ संघाई समूहले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ।

समस्या ग्रस्त अर्थतन्त्रमा हाम्रो उम्मेदवारी त्यसको उत्थानका लागि होः अन्जन श्रेष्ठ
यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठ समस्या ग्रस्त अर्थतन्त्रलाई उत्थान गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्। 

‘अर्थतन्त्र एकदमै समस्या ग्रस्त छ। बजार सुनसान छ। रोजगारी कटौती भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘उल्लेखित समस्या समाधानका लागि हामी हाम्रो साधराणसभा लगत्तै लाग्ने छौं।’ यस्तै, जनसंख्याको पछिल्लो तथ्यांकहरु निराशाजनक रहेकोले त्यसलाई सम्बोधन गर्न आफ्नो समूह निर्वाचित भएको अर्को दिनबाट लाग्ने श्रेष्ठको दाबी छ।

‘पछिल्लो जनसंख्यको विवरण अनुसार करिब २९ प्रतिशत जानसंख्या निष्कृय रहेको उल्लेख छ। यसले के देखाउँछ भने हाम्रो उद्योग युवा मैत्री छैन। त्यसमाथि पछिल्लो तथ्यांक अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा ८० प्रतिशत योगदान रहेको छ। यस्तो अवस्थामा अब आउने नेतृत्वको थप चुनौती र जिम्मेवारी ज्यादा छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैलाई मध्यनजर गरेर हामी युवाहरुको टिम बनाएर निर्वाचनमा होमिएका छौं।’

यो समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एशोसियट तर्फको उपाध्यक्षमा भरतराज आचार्यको उम्मेदवारी रहेको छ। आचार्य उमेशलाल श्रेष्ठको समूहको पनि उपाध्यक्ष रहेका छन्।

दुई श्रेष्ठबीच पुन: प्रतिस्पर्धा
यस अघि ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको थियो। उक्त साधारण सभामा वर्तमान वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ आमुने सामुने भएका थिए। उनीहरुको प्रतिस्पर्धा वस्तुगत तर्फको उपाध्यक्षका लागि रहेको थियो। उक्त प्रतिस्पर्धामा उमेशलाल पराजित बन्न पुगेका थिए। उनलाई ३७ मत प्राप्त भएको थियो भने अन्जनलाई ६२ मत प्राप्त गर्दै जित हाँसिल गरेका थिए। 

एउटै कमिटीमा रहेका रामचन्द्र र अन्जन एउटा पदका लागि भिड्दै
वर्तमान कमिटीमा अन्जन वस्तुगततर्फको उपाध्यक्ष हुन् भने रामचन्द्र एसोसियट तर्फका उपाध्यक्ष हुन्। एउटै कमिटीमा रहेर काम गरिसकेका यी दुईबीच अब एउटा पदका लागि प्रतिस्पर्धा हुँदैछ। तर, प्रतिस्पर्धाको रेसमा भने ३ जना रहेकाले यी दुवै ‘रिङ्’ बाट आउट पनि हुनसक्छन्।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव
सम्बन्धित सामग्री
आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा १२ हजार दुई सय रुपैयाँले घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, मंसिर ४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैय... शुक्रबार, मंसिर ४, २०८३
असोजमा मात्रै भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रेमिट्यान्स मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने शुक्रबार, मंसिर ४, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह शुक्रबार, मंसिर ४, २०८३
निर्वाचन आयोगको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्