काठमाडौं– उद्योग वाणिज्य महासंकको ५७ औं साधरणसभाबाट नयां नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि बुधबार यो समूहबाट वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एसोसीयट तर्फ भयत राज आचार्य र जिल्ला नगर तर्फ अरूण राज सुमार्गीले उम्मेदवारी दिएका छन्।
आफ्नो उम्मेदवारी मौजुदा अर्थतन्त्र समस्या समाधानका लागि रहेको श्रेष्ठले बताएका छन्। ‘जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ मूल नाराका साथ यो समूह महासंघको आसन्न नेतृत्वका लागि चुनावी मैदानमा छ।
श्रेष्ठका अतिरिक्त वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई समूह बनाएर चुनावी मैदानमा छन्।
चैत २८ र २९ गरी २ दिन चल्ने महासंघको साधरणासभाबाट महसंघको नयां नेतृत्व चयन हुँदै छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने प्रवाधान रहेकोले वरिष्ठ उपाध्यक्ष पद केन्द्रमा रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।