• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

64x64
रासस बुधबार, चैत २२, २०७९  ०८:४२
1140x725

रामपुर– महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ।

नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन्। हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन। घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ। 

बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन्। 

रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन्। साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताउँछिन्। ‘स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहनुभएको छ, गाउँमा राम्रै खपत भइरहेको छ’, उनले भने। 

हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति–व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताइन्। गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो। भदौमा रामपुर नगरपालिकामा ‘अग्र्यानिक साबुन उद्योग’ नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताए।

हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ। तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन्। निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताइन्। 

गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ। कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ।

साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरुसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राखेकी छिन्। यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान रु ९० मा बिक्री भइरहेको छ। समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘हातमा सीप नहुँदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ’, उनले भनिन्। यहाँका छ महिलाले प्रतिव्यक्ति रु पाँच सयका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन्। अहिले उनीहरुले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन्।

साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ। प्रतिकिलो रु पाँच सय ५० मा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ।

प्याकेजिङ मेसिनको आवश्यकता छ। गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन। अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ। नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउँछिन्।

रामपुर नगरपालिका–२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताए। तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन्।

महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत् पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछिन्।

महिला सशक्तिकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन्। ‘नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौं’, उनले भने, ‘धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ।’

गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नं ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ। अघिल्ला आर्थिक वर्षमा वडा नं २ मा २५ जनालाई नुहाउने साबुन, वडा नं ३ मा १० जनालाई सिलाइकटाइ, वडा नं ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नं ५ मा १० जनालाई ढाका बुनाइ, वडा नं ६ मा ३० जनालाई आलु चिप्स, वडा नं ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नं ८ मा १८ जनालाई सरफ, वडा नं ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नं १० मा कार्यक्रम हुन बाँकी छ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्