• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्यो: खस्किएको आर्थिक क्षेत्र सुधार्ने मूल मुद्दा

64x64
नेपाल लाइभ मंगलबार, चैत २१, २०७९  १९:१३
1140x725

काठमाडौं– चैत्र २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको स्वत: अध्यक्ष हुने व्यवस्था रहेकोले समूह खडा गरेर ३ समूहले उम्मेदवारी दर्ता गराएका हुन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले दाबी प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएका छन्। संघाई समूहले १८ गते उम्मेदवारी दर्ता गराएका थिए भने श्रेष्ठद्वयको समूहले मंगलबार उम्मेदवारी दर्ता गराएको छ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको तीनै समूहले मूल मुद्दा भने मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बनाएका छन्। अर्थतन्त्रमा देखिएको समस्याले उद्योग धराशायी भएको, बेरोजगारी बढेको र सम्भावित परिदृश्य निराशाजनक बन्दै गएकोले महासंघको आसन्न नेतृत्वले राज्यलाई यो समस्याबाट उकास्नलाई महत्वपूर्ण भूमिका निभाउन घचघच्याउने उम्मेदवारहरुले दाबी गरेका छन्। 

अर्थतन्त्र डुब्न लागेको टाइटानिक जस्तो छः उमेशलाल श्रेष्ठ
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले देशको अर्थतन्त्र डुब्न लागेको टाइटानिक जहाज जस्तै रहेकोले त्यसलाई उकास्न आफू कप्तान भएर उत्रिने उद्घोष गरेका छन्। आफ्नो समूहको उम्मेदवारी दर्ता गर्न पुगेका श्रेष्ठले उक्त दाबी गरेका हुन्। 

‘देश अस्थिर छ। आर्थिकरुपमा हामी खस्किएका छौं। हामी केही क्षणमा डुब्न लागेको टाइटानिक जहाज जस्तो अवस्थामा छौं। त्यो जहाजलाई कप्तानी दिन्छु भनेर यहाँ आएको छु। मेरो अठोट छ, मेरो प्रण छ, म बिना स्वार्थ तरिकाले तपाईंको भविष्यको लागि लड्दै छु। देशको डरलाग्दो आर्थिक अवस्था छ, त्यसलाई सुधार गर्नेमा मेरो प्रयास रहने छ,’ श्रेष्ठले भने, ‘प्रयास किन भन्छु भने हामी लबिइङ संस्था हो, कार्यकारी संस्था होइन।’

श्रेष्ठको समूहबाट एसोसियट तर्फको उपाध्यक्षमा भरत राज आचार्य, वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। आचार्य भने वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी अञ्जन श्रेष्ठको समूहका पनि एसोसियट उपाध्यक्षका प्रत्यक्षी हुन्। आचार्य दुवै समूहका साझा उम्मेदवार हुन्।

अर्थतन्त्रलाई गतिशिल बनाउन सरकारको सोच र सरकार र नीजि क्षेत्रको हातेमालोको जरुरी देखिन्छः संघाई
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी रामचन्द्र संघाई भने अर्थतन्मा देखिएको समस्या समाधान गर्न सरकारले निजी क्षेत्रमैत्री सोच राख्नुपर्ने बताउँछन्। त्यस्तै, निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढे अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने संघाईले दाबी गरे। 

‘यतिखेर मुलुकको अर्थतन्त्र चलयमान बन्न नसकेको र सुस्ताएको अवस्था छ। अर्थतन्त्रको समग्र सूचकहरु पनि राम्रो देखिँदैन। लगानीका लागि पुँजीको अभाव छ। व्यवसायीमा उत्साह देखिँदैन। कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ, त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन। विस्तारै सुधार हुँदै जान्छ। हाम्रो अवस्था पनि त्यस्तै छ विस्तारै सुध्रिँदै गएको छ,’ संघाईले भने, ‘अर्थतन्त्र चौपट्टै हुन लाग्यो, गरि खान दिएन, लगानीको अवसरै भएन जस्ता नकारात्मक कुरामा अल्झिनुभन्दा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सकारात्मक सोचका साथै सरकार र नीजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

संघाई महासंघको वर्तमान समितिका एसोसियट उपाध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका संघाईको समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसियट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन्। 

यस्तै, संघाई समूह आफ्नो समूहले उद्योग व्यावसायको सर्वाङ्गिण विकासका लागि उम्मेदवारी दिएको बताउँछ। ‘हाम्रो मुख्य नारा संगठनात्मक सुधार र समन्व्य, कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका विषयहरु रहेका छन्,’ संघाई समूहले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ।

समस्या ग्रस्त अर्थतन्त्रमा हाम्रो उम्मेदवारी त्यसको उत्थानका लागि होः अन्जन श्रेष्ठ
यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठ समस्या ग्रस्त अर्थतन्त्रलाई उत्थान गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्। 

‘अर्थतन्त्र एकदमै समस्या ग्रस्त छ। बजार सुनसान छ। रोजगारी कटौती भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘उल्लेखित समस्या समाधानका लागि हामी हाम्रो साधराणसभा लगत्तै लाग्ने छौं।’

यस्तै, जनसंख्याको पछिल्लो तथ्यांकहरु निराशाजनक रहेकोले त्यसलाई सम्बोधन गर्न आफ्नो समूह निर्वाचित भएको अर्को दिनबाट लाग्ने श्रेष्ठको दाबी छ।

‘पछिल्लो जनसंख्यको विवरण अनुसार करिब २९ प्रतिशत जानसंख्या निष्कृय रहेको उल्लेख छ। यसले के देखाउँछ भने हाम्रो उद्योग युवा मैत्री छैन। त्यसमाथि पछिल्लो तथ्यांक अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा ८० प्रतिशत योगदान रहेको छ। यस्तो अवस्थामा अब आउने नेतृत्वको थप चुनौती र जिम्मेवारी ज्यादा छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैलाई मध्यनजर गरेर हामी युवाहरुको टिम बनाएर निर्वाचनमा होमिएका छौं।’

यो समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एशोसियट तर्फको उपाध्यक्षमा भरतराज आचार्यको उम्मेदवारी रहेको छ। आचार्य उमेशलाल श्रेष्ठको समूहको पनि उपाध्यक्ष रहेका छन्। महासंघको निर्वाचन समितिले मनोनयन गरेका समितिको नामावली मंगलबार साँझ सार्वजनिक गर्ने कार्यतालिका छ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र... मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्