काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा १० रुपैयाँसम्म घटाएको जानकारी दिएको छ।
निगमले निर्णय सार्वजनिक गर्दै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरिएको जानकारी दिएको छ।
घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। यस्तै हवाई इन्धनमा पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो। नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो। आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।