काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ।
सो समूहबाट वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट तर्फबाट उपाध्यक्षमा भरत राज आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वत: उपाध्यक्ष हुने व्यवस्था छ। जस अनुसार चैत्र २७ र २८ मा हुने ५७ औं साधारण सभामा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ।
महासंघको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बैशाख १ बाट अध्यक्ष हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।