• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघलाई पहलमान होइन, हलमान नेतृत्व चाहिएको छ– उमेशलाल श्रेष्ठ

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  १३:२६
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघलाई पहलमान होइन, हलमान नेतृत्व आवश्यक भएको औंल्याएका छन्। 

नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे। 

उनले महासंघमा पहल गरिदिने व्यक्ति धेरै भएको तर, आफूहरूलाई हल गरिदिने ‘हलमान’ नेतृत्वको आवश्यकता खड्किएको बताए। 

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका श्रेष्ठले आफू नेतृत्वमा पुगे पहलमान नभई, हलमान बन्ने आश्वासन दिए। 

औषधि उत्पादक संघ (एपोन)का कोषाध्यक्ष प्रभात रुँगटाले राखेको प्रश्नको उत्तर दिने क्रममा श्रेष्ठले भने, ‘नेपाललाई अब पहलमान चाहिएन, हलमान चाहियो। हल गरिदिने मान्छे चाहियो। महासंघ त्यो हुन सकेन। महासंघमा प्रायः सबै पहलमान देखिए।’

रुँगटाले संघीयता लागू हुँदासमेत उद्योग वाणिज्य महासंघको मूल नेतृत्व केन्द्रित मानसिकता बोकेर हिँडिरहेको आरोप लगाए। उनले संघीयता लागू भएपछि औषधि व्यवसायी थप धरासायी हुँदै गएको र वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिँदै गर्दा तपाईंको योजना के छ भनेर श्रेष्ठसँग प्रश्न गरेका थिए। 

जसको उत्तर दिँदै श्रेष्ठले भने, ‘संघीयताले भन्दा पनि महासंघको नेतृत्व केन्द्रिकृत बन्दा यस्तो समस्या आइपरेको हो। महासंघ बृहत छ। महासंघ भनेको दार्चुला चेम्बर मात्र होइन, ताप्लेजुङ चेम्बर पनि हो। महासंघ जीवन्त छ। तपाईंले उठाउन खोज्नु भएको कुरा के हो भने, अहिलेको नेतृत्वले जिल्लामा उठेका जल्दाबल्दा मुद्दालाई कम महत्त्व दिएको पक्कै हो।’ 

महासंघको वर्तमान नेतृत्व ज्ञापनपत्र बोकेर प्रधानमन्त्रीसँग फोटो खिचाउन व्यस्त रहँदा समस्या आएको पनि श्रेष्ठको बुझाई छ। ‘ङिच्च दाँत देखाएर फोटो खिचायो, त्यति हो काम? हामी व्यापार गरेर कमाएर खाने मान्छे। यत्रो कठिनाईका बाबजुद हामीहरू व्यापार गरेर बाँचेका छौं,’ उनले भने, ‘विगतमा म पनि उपाध्यक्ष थिएँ। म पनि दोषको भागी हुँला। महासंघ भनेको अध्यक्षात्मक प्रणाली हो। म उपाध्यक्ष भएर मैले एउटा चिट्ठी पनि लेख्न सक्दिनँ। त्यस्तो थिति हामीले बसाएका छौं। जसलाई परिवर्तन गर्नु जरुरी छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले महासंघ एकजुट भएर समस्या समाधानतर्फ उन्मुख भएको खण्डमा सहजै चुनौतिलाई पार लगाउन सकिने बताए। वर्तमान नेतृत्व स्वार्थकेन्द्रित भएका कारण प्रभावकारी नभएको श्रेष्ठको आरोप थियो। 

‘२०६२ सालतिर काठमाडौं पुरै बन्द थियो। त्यो बन्द कसले खुलायो? महासंघले होइन र! न्युरोडदेखि बसन्तपुर गेट हुँदै इन्द्रचोकसम्म मान्छेको लाइन थियो। अमुक पार्टीले ६ दिनसम्म नेपाललाई ठप्प पार्ने भनेका थिए। सातौं दिन उहाँहरूले सार्वजनिक रूपमा क्षमा माग्नुपर्‍यो,’ उनले भने, ‘यसअघि महासंघको ताकत हामीलाई पनि थाहा थिएन। मान्छेलाई खानै मुस्किल भएको थियो।’

उनले वरिष्ठ उपाध्यक्षमा आफ्नो जित सुनिश्चित भएपछि १२ घण्टा काम गर्ने बताए। ‘मलाई जिल्लाका साथीहरूले दाई तपाईंले जितेपछि फोन त उठ्छ होला भन्नुहुन्छ,’ महासंघको वर्तमान नेतृत्वको फोन नउठ्ने समस्यातर्फ व्यङ्ग कस्दै उनले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु, मेरो फोन आजभोलि १२ घण्टा उठ्छ। १२ घण्टा मलाई चाहिन्छ। सुत्नु पर्‍यो। नित्य कर्म गर्नुपर्‍यो। तर, चुनावको बेला मेरो १६ घण्टा फोन चल्छ। मेरो फोन कहिल्यै पनि स्वीचअफ हुँदैन। उठ्ने वित्तिकै मेरो पहिलो काम भनेको कतिवटा मिस्डकल आयो, त्यो चेक गर्ने र कल ब्याक गर्ने हुन्छ।’ 

उनले प्रदेशभन्दा पनि स्थानीय तहमा थुप्रै समस्या रहेको अवगत गराए। उनले उद्योगी, व्यवसायीमाथि अमुक समस्या थपिएका बताए।

Xtrem

Xtrem

‘करको कुरा केन्द्रले निर्धारण गर्छ। तर, नगरपालिकाले ५० हजार, एक लाख, दुई लाख पैसा पनि उठाउँछ। यसैमा हामीले सरकारलाई दबाब दिन सकेनौं। हामी कराउँदै, अन्तर्वार्ता दिँदै हिँड्यौं,’ उनले भने, ‘सरकारलाई खासै दबाब परेन। सरकारले स्थानीय निकाय बनायो। प्रदेश सरकार बनायो। साढे तीन खर्ब बजेट सकायो। तर, अधिकार दिएको छैन।’

उनले प्रदेश सभालाई कुनै अधिकार नदिएको र अधिकार जति सबै स्थानीय निकायमा लगेर थोपरेको आरोप लगाए। ‘स्थानीय निकायले हरेक ठाउँमा पैसा उठाएपछि विकास त हुनुपर्ने हो। यसले उद्योग र व्यापारमा अतिरिक्त कर थपियो। त्यो चीजको सम्बोधन म महासंघको नेतृत्वमा पुगेपछि गर्नेछु’, उनले भने, ‘संघीयताको कुरा गर्न म राजनीतिज्ञ होइन। मलाई थाहा छैन। ७५३ पालिका नेपाललाई चाहिन्छ कि चाहिँदैन? त्यसमा तपाईं–हामी औषधि व्यवसायी मात्र लागेर हुँदैन। सबैले लाग्नुपर्छ। बिनाबैंकको व्यापार चल्दैन। बिनाजनताको पैसाले बैंक पनि चल्दैन। नियामक संस्था अटेर गरेर बसिरहेको छ।’

उनले आफूसँग कुनै जादूको छडी नभएको तर, सामूहिक छलफलबाट स्थितिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे। 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो। बुधबार, असोज ७, २०८३
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्