• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘सेनाका झगडिया’सँग चार न्यायाधीशको ‘सम्पर्क’ भएको आरोपपछि सर्वोच्चमा तरंग 

64x64
नेपाल लाइभ मंगलबार, चैत २१, २०७९  १३:१५
1140x725

काठमाडौं– नेपाली सेनाले कोर्ट मार्सलमार्फत् कारबाही गरेका दुई पूर्वसैनिकसँग सर्वोच्च अदालतका चार न्यायाधीशको सम्पर्क र दुई न्यायाधीशले दोहोरो संवाद गरेको आरोपले यतिबेला सर्वोच्च अदालत तरंगित बनेको छ। 

न्यायाधीश, कानुन व्यवसायी र महान्यायाधिवक्ता कार्यालयदेखि चिया पसलसम्म यही विषयको चर्चा चलिरहेको छ। झगडियासँग टाढै रहनुपर्ने र कडा आचारसंहिताभित्र बस्नुपर्ने न्यायाधीशहरूले कसरी दोहोरो संवाद गरे?, ती न्यायाधीश को हुन् भन्ने चर्चासँगै विभिन्न अनुमान भइरहेका छन्। पछिल्लो एक सातादेखि यो बहस सर्वोच्च अदालत ‘वरपर’ चलिरहेको छ। 

सर्वोच्च परिसरमा चलेको यो बहसले ‘निष्पक्ष न्याय दिनुपर्ने न्यायमुर्तिको कुर्सी’मा बसेका न्यायाधीशहरूले साँच्चै मुद्दाका पक्षसँग कुरा गरेकै हुन्? भन्ने प्रश्न उठेको छ। 

यस्तो थियो घटना
घटनाको सुरुआत चैत १३ गतेबाट भएको थियो। उक्त दिन सर्वोच्च अदालतको ४ नम्बर इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण निवेदन पेसीमा थियो। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासमा पेसी थियो। नेपाली सेनाका तत्कालीन उपरथी प्रेमबहादुर शाही र प्राड विवाकको तर्फबाट दायर भएका पाँच थान मुद्दा पेसीमा थिए।
यसअघि बन्दीसहित उपस्थित हुनु भनी जारी भएको आदेशका विषयमा छलफल गर्न बसेको उक्त इजलासमा एकाएक नेपाली सेनाका तर्फबाट नयाँ विषय पेस गरियो। सरकारी वकिलले आफ्नो बहस सकेर फर्कदै गर्दा सेनाका तर्फबाट इजलासमा चार न्यायाधीशहरूको सम्पर्क मुद्दाको झगडियासँग भएको दाबी गरियो।

तत्कालीन उपरथी शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनाले म्यासेजमार्फत् चार न्यायाधीशसँग सम्पर्क राखेको र दुई न्यायाधीशसँग दोहोरो संवाद भएको भनी सेनाले सूचना पेस गर्‍यो। एकाएक इजलासमा यस्तो कुरा आएपछि न्यायाधीशहरू पनि अन्योलमा परेको तत्कालीन समयमा इजलासमा रहेका एक अवलोकनकर्ताले बताए। 

 

सेनाले यसरी प्रश्न उठाएको र बन्दीको निवेदन पेस गरेकाहरूले आफूहरूले सैनिक अदालतको फैसला समेत हेर्न नपाएको गुनासो गरेपछि इजलासले आदेश गर्‍यो। इजलासले मिसिलका विवरणहरू गोप्य राख्ने आदेश पनि गर्‍यो। 

यस्तो छ आदेश 
न्यायाधीशद्वय सिन्हा र रेग्मीको इजलासले समरी जनरल सैनिक अदालतको फैसला समेत रजिष्ट्रारको रोहबरमा पेस गर्न भन्यो। सेनाले इजलासको आदेश अनुसार रजिष्ट्रार नारायण पन्थीको रोहोबरमा नक्कल सारी गोपनीयता राख्नेगरी बुझायो।

Ncell 2
Ncell 2
nimb
nimb

‘बन्दीप्रत्यक्षीकरण मुद्दामा प्रस्तुत मुद्दाको संवेदनशिलता तथा गाम्भीर्यतालाई ध्यानमा राख्दा निवेदकले प्राप्त गर्ने कागजातहरू गोप्य राख्नु उचित भएकोले उक्त कागजातहरू मुद्दाको प्रतिरक्षाका लागि कानुन व्यवसायीहरूको अध्ययनमा बाहेक अन्य प्रयोगमा नल्याई पूर्ण गोपनीयता कायम राख्ने’ उक्त सहमतिमा भनिएको छ ‘प्रस्तुत मुद्दासँग सम्बन्धित श्री समरी जनरल सैनिक अदालतबाट भएको फैसला तथा सोसँग संलग्न आवश्यक कागजातको प्रतिलिपी यस अदालतका रजिष्ट्रारको रोहबरमा उपलब्ध गराउनु भनी भएको मिति २०७९/१२/१३ गतेको आदेश बमोजिम रजिष्ट्रार श्री नारायणप्रसाद पन्थीज्यूको रोहबरमा नक्कल सारि आदेशानुसार गोपनीयता कायम राख्ने गरी बुझी लिइ भरपाई गरिदियौं। अन्यथा भए कानुन बमोजिम सहुला बुझाउँला।’ 

उनीहरूले फैसला हेर्न पाउने आदेशमा इजलासले तीन बुँदे आदेश जारी गर्‍यो। पहिलो बुँदामा सबै मुद्दालाई लगाउमा राखी सुनवाइ गर्ने भनियो। 

निवेदक वा सम्वन्धित कानुन व्यवसायीहरूलाई प्रस्तुत मुद्दासँग सम्बन्धित समरी जनरल सैनिक अदालतबाट भएको फैसला तथा सो सम्बन्धित मिसिल संलग्न आवश्यक कागजातको प्रतिलिपी रजिष्ट्रारको रोहबरमा उपलब्ध गराई सक्कल मिसिल पछि पेसीका दिन इजलाससमक्ष पेस गरी फिर्ता लैजानेगरी नेपाली सेना प्राड विवाकमा फिर्ता पठाइ दिनु भनी आदेश जारी गर्‍यो। 

सैनिक अदालतको फैसला सेनाले सर्वोच्चमा भएको फाइलमा राख्न नचाहेपछि इजलासले फिर्ता पठाउने आदेश गरेको देखिन्छ। त्यस्तै, मुद्दाको संवेदनशिलता तथा गाम्भीर्यतालाई ध्यानमा राख्दा निवेदकले प्राप्त गर्ने कागजातहरू गोप्य राख्नु उचित भएकाले उक्त कागजातहरू मुद्दाको प्रतिरक्षाका लागि कानुन व्यवसायीहरूको अध्ययनमा बाहेक अन्य प्रयोगमा नल्याई पूर्ण गोपनीयता कायम राख्ने आदेश गर्‍यो। 

Xtrem

Xtrem

उक्त मुद्दाको अर्को पेसी सार्वजनिक भएको छैन। मुद्दाको मिसिल र आदेशहरू सर्वोच्चले गोप्य राखेको छ। सैनिक अदालतको आदेश भने सेनाको प्राड विवाकले नै फिर्ता लगेको छ। 

पाँच इजलास, १३ न्यायाधीशको पेसी 
सेनाले यसरी आरोप लगाउँदा उक्त मुद्दा पाँच इजलासमा पेसी तोकिएको देखिन्छ। हालसम्म १३ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ, चारपटक आदेश गरेको छ भने एक पटक हेर्न नभ्याउने भएको थियो। 

फागुन १६ गते सुरुमा बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च पुगेको थियो। उक्त निवेदनको पहिलो पेसी फागुन १७ गते एकल इजलासमा पहिलो पेसी तोकिएको थियो। न्यायाधीश फुयालको एकल इजलासले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। 

अदालतको आदेशपछि सेनाले अनाकानी गरिरहेको थियो। फागुन ३० गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकियो र उक्त इजलासले हालसम्म सैनिक अदालतको फैसला पेस नभएको भन्दै त्यो लगायत अन्य मिसिल झिकाउने आदेश गर्‍यो। 

चैत ३ गते उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा पेसी पर्‍यो तर, उक्त दिन हेर्न नभ्याउने हुँदै स्थगित भयो। अर्को पेसी चैत १० गते तोकियो। उक्त दिन पेसी फेरि न्यायाधीश भट्टराई र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पर्‍यो। उक्त इजलासले यही विवादमा जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर पेस गर्ने आदेश गर्‍यो। उक्त मुद्दाको पाँचौ पेसी चैत १३ गते तोकियो। उक्त दिन अदालतमा विवरणहरू पेस गर्न सेनाले अनाकानी गरेपछि न्यायाधीश सिन्हाले जिम्मेवार पदाधिकारीहरूको नाममा आदेश जारी गर्न इजलास बाध्य हुने चेतावनी दिएका थिए। प्राड विवाकका प्रमुखको नाममा आदेश जारी हुने देखेपछि सेनाले सर्वोच्चका रजिष्ट्रार पन्थीको रोहबरमा फैसलाको प्रतिलिपी वुझाएको थियो। 

सर्वोच्च भन्छ– कसैसँग सम्पर्क छैन, छानबिन आवश्यक देखिएन 
सर्वोच्च अदालतले भने यो विवादमा छानबिन आवश्यक नभएको बताएको छ। कुनै एक अमुक मुद्दामा न्यायाधीशसँग कुराकानी भएको वा दोहोरो संवादमा न्यायाधीशको संलग्नताको आरोप लगाउँदैमा छानबिनमा जान नसकिने सर्वोच्च अदालतका प्रवक्ता विलम पौडेलले बताए। 

सैनिक अदालतले गरेको कारबाहीमाथि दायर भएको मुद्दा अहिले पनि अदालतमा विचाराधीन भएको र त्यसका बारेमा अन्तिम फैसला हुँदा व्याख्या हुने उनले बताए।  यसमा छानबिन र संलग्न भए भनेर आरोप आउँदैमा नहुने र पछि फैसला हुँदा आवश्यक देखिएमा छानबिन हुनसक्ने उनले बताए। 

‘मुद्दाका पक्षले कुनै न्यायाधीशलाई सम्पर्क गरेको भए त्यसको दोषी न्यायाधीश नै हो भनेर किटान गर्न पनि मिल्दैन’, उनले भने, ‘सम्पर्क कुन नियतले थियो वा सम्पर्कपछि प्रभाव परेको हालसम्म देखिएको छैन। यदि देखिएको पुष्टि भएमा अदालतले फैसलाको क्रममा न्यायिक टिप्पणी गर्नसक्ने नै छ।’ 

सर्वोच्च अदालतको नेतृत्वले पनि यो विवादमा यही जवाफ दिने गरेको छ। अनौपचारिक रुपमा न्यायाधीशहरूका बिचमा कुराकानी हुँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैले संलग्न भएको भनी आरोप लगाएको आफूले पनि सुनेको बताएका थिए। यो विवादमा संलग्नता नै देखिए फैसलाको क्रममा बोल्ने अनि छानबिन हुने उनले जवाफ दिएका थिए।  

के थियो निवेदकको विवाद? 
उनीहरूको विवाद जन्ममितिलाई लिएर सुरु भएको थियो। नेपाली सेनाले उपरथी शाहीलाई ५८ वर्षे उमेर हदका कारण अवकाशपत्र दिएपछि विवादले चरम रुप लिएको थियो। गत पुस ४ गते उनलाई अवकाशको पत्र थमाइएको थियो। 

शाहीले आफ्नो गलत जन्ममितिका आधारमा अवकाश दिन लागिएको भन्दै सर्वोच्च गुहारे। उनले एक वर्षअघि आफूलाई अवकाश दिन लागिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समयमा पनि यो विवाद उठेको थियो। तत्कालीन समयमा केही ‘सेटलमेन्ट’ भएको थियो। 

उक्त निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले पुस १३ मा अन्तरिम आदेश जारी गरि रोक लगायो। सर्वोच्चको आदेश लिएर उनी हाजिर हुन पुगेका थिए। तर, पुस १९ गते सैनिक प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो। त्यसविरुद्ध उनी सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्