काठमाडौं– साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ८ दशमलब २२ अंकले घटेर ११ सय ८८ दशमलब ०७ को बिन्दूमा आइपुगेको छ।
सोमबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। १ सय ६० कम्पनीको २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकी आइतबार ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ७८ अंकले घटेर २ सय ५० दशमलब ७५ को बिन्दूमा आइपुगेको छ।
सोमबार कारोबारमा आएका उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। यो समूह ११ दशमलब १५ अंकले बढेको छ। यसदिन सबैभन्दा धेरै गुमाउनेमा जिवन बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। यो समूह ७५ दशमलब २ अंकले घटेको छ। त्यस्तै निर्जीवन बिमा समूह ५९ दशमलब ७४ अंकले घटेको छ।
सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको १ करोड ८९ लाख ६६ हजार ६ सय १४ रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ।
सोमबार वोल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले बढेर १ सय रुपैयाँमा कारोबार बन्द भएको छ। त्यस्तै जानकी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।