• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुनको मर्ममा महराको प्रहार

64x64
नेपाल लाइभ आइतबार, भदौ १८, २०७४  ०५:५९
1140x725

काठमाडौं– आफूलाई सभामुखमा थन्क्याएर पार्टी महासचिव हुने वर्षमान पुनको योजना तुहाउन कृष्णबहादुर महरा सफल त भए तर पुनले सभामुखमा श्रीमती ओनसरी ‘घर्ती कार्ड’ खेलिदिएपछि उनको रनाहा छुट्यो। जब पुनको जीवन–संगीनी ओनसरीलाई सभामुख बनाउने तरखर भयो, महरा उनलाई छेकबार गर्न राम्रै गरी लागिपरे। महराले गिरिराजमणीलाई सभामुख बन्न आग्रह गरेका थिए। उनले अस्वीकार गरेपछि राम कार्कीका पक्षमा ‘लबिङ’ गरेका थिए। अन्त्यमा ओनसरीले नै बाजी मारिन्। 

ओली नेतृत्वको सरकारको पालामा रोल्पामा आफू अनुकूल प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लैजान पनि महरा र पुनबीच प्रतिस्पर्धा भयो। जुन अहिले पनि कायमै छ। ०७२ मा आफ्नै अग्रसरतामा गृहमन्त्री बनेका शक्तिबहादुर बस्नेतले त्यसबेला पुनलाई साथ दिएनन्। बस्नेतको असहयोगको परिणाम सिडिओ, डिएसपी दुवैमा महरा अनुकूल पात्र रोल्पा पुगे। तर, महरा भने पुनसँग ठूलो प्रतिस्पर्धा नभई एकअर्काको परिपूरकका रुपमा काम गरिरहेको बताउँछन्। यति चाहिँ स्वीकार्छन्, ‘एउटै पार्टीको राजनीतिमा हुनुका नाताले कहिले सहयोग, कहिले सामान्य प्रतिस्पर्धा, कहिले झिनामसिना अन्तरविरोध, छलफल हुनु स्वभाविकै हो।’ 

बाबुराम भट्टराई नेतृत्वको सरकारमा पुनलाई अर्थमन्त्री बन्नबाट रोक्न पनि महरा उसैगरी लागिपरेका थिए। माओवादी कोटामा अर्थमन्त्री परे पनि लामो समयसम्म मन्त्री छान्न नसक्नु यसैको परिणाम थियो। त्यसबेला अर्थशास्त्र सम्बन्धी कुनै ज्ञान नभएको, सैन्य क्षेत्रको व्यक्तिलाई अर्थमन्त्री बनाउन नहुने भन्दै महराले ‘लबिङ’ गरेको जानकारहरु बताउँछन्। पुन अर्थमन्त्री भएपछि ‘लडाकु’ मन्त्री भनेर प्रचार नै भयो।

त्यसपछि पुनकी श्रीमती ओनसरीलाई युवा तथा खेलकुद मन्त्री र उपसभामुख बनाउने बेलामा पनि महरा उनका पक्षमा खुलेर लागेनन्। कतिसम्म भने ओनसरी खेलकुद मन्त्री बन्नुअघि पुनले शान्ति तथा पुनर्निमार्ण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए। माओवादीभित्रको आन्तरिक रडाको मिलाउन पुन ती जिम्मेवारीबाट फिर्ता भएसँगै ओनसरी मन्त्री भएकी थिइन्। यही मौकामा श्रीमान् मन्त्रीबाट हटेकै दिन श्रीमतीलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भन्दै महरा ओनसरीलाई छेक्न लागिपरेका थिए।

महराले परिस्थिति अनुसार पुनविरुद्ध आफ्नो पुस्ताका दावलीहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, हितराज पाण्डेलगायतलाई प्रयोग गर्ने गरेका छन्। जो पुनको छिट्टो–छिट्टो छलाङमा आरिस त गर्छन् नै, समयअघि नै अघिल्लो पुस्ताका वरिष्ठ नेता हुँदाहुँदै उपल्लो पदमा पुग्ने महत्वकांक्षा राखेको भन्दै पुनसँग असन्तुष्ट पनि छन्

माओवादी केन्द्र–कांग्रेस नेतृत्वको सरकारका सूत्रधारमा माओवादीबाट महरा, पुन, चक्रपाणी खनाल तथा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक थिए। जसमध्ये त्यतिबेला महरा र निधि उपप्रधानमन्त्री भए भने लेखक पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री। यता खनाल चाहिँ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार। सांसद नभएका कारण पुन मन्त्री हुन सकेनन्। तर, प्रचण्डदेखि देउवासम्मको सरकार चलाउने कामका उनी पछि छैनन्। स्रोत भन्छ, ‘सरकार निमार्णको सूत्राधार भएकाले पर्दा पछाडि बसेर लाभ लिइरहेका छन् पुनले।’

माओवादी केन्द्रका नेताहरुको भनाइमा महरा कम बोल्ने तर कुटिल चरित्रका पात्र हुन्। त्यसैले उनले कसलाई कतिखेर कुटिलताको झटारो हान्छन् बुझ्न गाह्रै पर्छ। ‘महराले पुनलाई कमजोर सावित गर्न जे–जति हतियार प्रयोग गर्न सकिन्छ, ती सबै उपयोग गरेका छन्,’ स्रोत भन्छ। 

शान्ति प्रकियामा आएको केही समयभित्रै माओवादीले विराटनगरको नोबेल मेडिकल कलेजका तत्कालीन अध्यक्ष डा ज्ञानेन्द्र गिरी सहितलाई काठमाडौं बोलाएर विमानस्थलबाटै अपहरण गरी चरम यातना दिएको थियो। गिरी सहितका पीडितहरुले अर्का साझेदार सुनिल शर्माका नाममा सम्पूर्ण स्वामित्व हस्तान्तरण गर्न राजी भएपछि मात्र उनीहरुलाई छाडिएको थियो। त्यो योजना पुनको नेतृत्वमा बनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतका अनुसार आफ्नो नाममा स्वामित्व आएपछि शर्माले केही प्रतिशत सेयर पुनलाई हस्तान्तरण गरेका थिए। शर्माले पुनलाई सेयर हस्तान्तरण गरेको गोप्य योजनाको भेद महराले नै खोलिदिएर सार्वजनिक भएको जानकारहरु बताउँछन्। ०६६ मा मोहन वैद्य नेतृत्वको अनुशासन आयोगमा पुन विरुद्ध थुप्रै उजुरी परेका थिए। महरा र पम्फा भुसालको मिलेमतोमा आफू विरुद्ध उजुरी हालेको त्यसबेला पुनले निकटहरुसँग भन्ने गरेका थिए।

२०७३ माघमा न्याय परिषद्ले जिल्ला र उच्च अदालतमा चार दर्जन बढी न्यायाधीशहरु नियुक्त गरेको थियो। जसमा माओवादी केन्द्रबाट पुन हावी भएका थिए। उनी माओवादीको कानुन विभाग प्रमुख समेत हुन्। न्यायाधीश नियुक्तिमा पुन हावी भएपछि माओवादी कोटाबाट महान्यायाधिवक्ता नियुक्त रमन श्रेष्ठ सरकारी वकिलहरुलाई उचालेर सडकमै उत्रिएका थिए। 

झट्ट हेर्दा यो आन्दोलन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध थियो। तर, खासमा आन्दोलनको निशानामा थिए पुन। महरा र श्रेष्ठले आफुनिकट केही अधिवक्तालाई न्यायाधीश बनाउन चाहेका थिए। तर, पुनले ती नामलाई ढिम्कनै दिएनन्। त्यसपछि महराकै योजना र सल्लाहमा सरकारी वकिलको वैशाखी टेकेर महान्यायाधिवक्ता श्रेष्ठ सडकमा ओर्लिएका हुन्। न्यायाधीश नियुक्तिमा पुन हावी भएको तथ्य महराले प्रचण्ड समक्ष पनि राखेका थिए। तर, प्रचण्डले गम्भीर रुपमा नलिएपछि श्रेष्ठमार्फत महराले पुनको धज्जी उडाउन वकिलहरुलाई सडकमा उतारेका थिए।

पुनपत्नी ओनसरी घर्तीलाई विवादमा ल्याउने भूमिका समेत महराले खेलेको रामबहादुर थापा निकट स्थायी समितिका एक सदस्यको भनाइ छ। पछिल्लो पटक प्रधानन्यायाधीस शुशिला कार्कीलाई महाअभियोग लगाउने सवालमा खेलेको भूमिकाका कारण घर्ती विवादमा तानिएकी थिइन्। कार्कीलाई छिट्टो महाअभियोग लगाउन महराले समेत उकासेका थिए। फलस्वरुप घर्तीले प्रक्रिया मिचेर महाअभियोग दर्ता गरी प्रक्रिया अघि बढाउने कोसिस गरेकी थिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(महरा र पुनसँगको कुराकानी सोमबारको संस्करणमा)

टक्करमा दुई रोल्पाली कामरेड १ : 'गुरु महरालाई रोक्न चेला पुनको हर्कत !'

प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न उनले सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईंले बताए। बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो। बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्