• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मिटरब्याज पीडितको समस्या तत्काल सम्बोधन गर्न सांसदहरुको माग, सरकार गम्भीर नबनेको आरोप

64x64
नेपाल लाइभ बिहीबार, चैत १६, २०७९  १८:०८
1140x725

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरुले मिटिरब्याज पीडितको समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकारसमक्ष उक्त आग्रह गरेका हुन्। 

मिटरब्याजीबाट पीडित बनेकाहरु करिब २ साता पैदल यात्रा गर्दै काठमाडौं आइपुगेपछि संसदहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन्। 

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नगर्न सरकारलाई सचेत गराएकी छन्। उनले सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन्। 

उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको भट्टले आरोप लगाएकी छन्। उनले समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन्। 

‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भीर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन्। तर सरकार मौन छ। सरकारका प्रमुख प्रधानमन्त्रीको दैनिकी झिनामसिना कार्यक्रम, उद्घाटन, मन्तव्य, भाषणमै बितिरहेको छ। लाग्छ यो देशमा गरिब, निमुखाको पीडालाई बुझिदिने कोही छैन,’ भट्टले भनिन्, ‘समस्या समाधानको नाममा वार्ता टोली गठन मात्र गर्ने, झारो मात्र टार्ने कार्य नहोस्। एउटा ठोस निर्णयमा पुगी पीडितहरुको माग सम्बोधन गर्न सरकारसँग माग गर्दछु।’

यस्तै, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकारसमक्ष आग्रह गरेका छन्। शर्माले सामन्तवादको अवशेषको रुपमा रहेको शोषणको नयाँ रुप मिटरब्याजको रुपमा आएको दाबी गरेका छन्। 

‘सामन्तवादको अवशेषको रुपमा रहेको शोषण, सुदखोरको नयाँ रुप मिटरब्याजको रुपमा आएको नयाँ समस्यालाई हल गर्न ऐन, कानून बनाउने सरकारको निर्णय स्वागतयोग्य छ। तर तत्काल समस्या समाधान गर्नको लागि सरकारले पीडितहरुसँग वार्ता, संवाद गरी तत्काल समस्या समाधान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु,’ शर्माले भने।

त्यस्तै, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताएकी छन्। शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएकी हुन्। उनले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरेकी छन्।

Ncell 2
Ncell 2

‘यसलाई कानुन बनाएर कानुनसम्मत् ढंगले त्यसलाई नियन्त्रण गर्नुपर्ने र यो प्रणाली यो प्रक्रियालाई अगाडि बढ्न नदिन, यसलाई प्रोत्साहित नगर्नका निमित्त नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु,’ शर्माले भनिन्।

त्यस्तै, राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्। पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी छन्। मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे–नगरेको विषयमा दलहरु बोल्नुपर्ने उनले बताइन्। 

‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई। खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ। मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने। कार्यदल बनाएको सरकारले भन्नेकुरा हामीले सुनेका छौं। कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानुन कहाँनिर संशोधन गर्नुपर्छ, कानुन संशोधन गर्नुपर्‍यो। मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन। अर्थतन्त्रले नि चिन्दैन। कानुनले पनि चिन्दैन। नचिन्ने मिटरब्याजी कहाँबाट आयो? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौं? मलाई थाहा छैन। कानुन छैन भने ल्याउनुपर्‍यो। हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौं? प्रश्न त्यो हो,’ पूर्वमन्त्री समेत रहेकी पौड्यालले भनिन्। 

यस्तै, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले मिटर ब्याजी पीडितको समस्या दर्दनाक रहेकोले राज्यले तत्काल नीति बनाएर सम्बोधन गर्न आग्रह गरेका छन्। ‘मिटर ब्याजीको समस्या मधेसमा सबैभन्दा बढी आएको छ। त्यहाँ यतिसम्म शोषण छ कि त्यहाँ मानसिक तथा शारीरिक शोषणहरु भएका छन्। काठमाडौं आउनुभएका पीडितको कुरा सुन्दा दर्दनाक छन्। सरकारले तत्काल सम्बोधन गर्ने गरी नीति बनउनुपर्‍यो,’ पासवानले भने। 

सरकार र मिटरब्याज पीडितहरुबीचको छलफल सकारात्मक
यता, बिहीबार सिंहदरबारमा भएको मिटरब्याज पीडित र सरकारका प्रतिनिधिहरुबीचको छलफल सकारात्मक भएको मिटरब्याज पीडित एक सदस्यले बताएका छन्। 

सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित समूहका सहयोगी संघर्ष दाहालले मिटरब्याज साहुहरुलाई अधिकांश रकम तिरिसके पनि उनीहरुले तमसुक फिर्ता नगरी अदालतमा पेस गरेर जेल पठाएको भन्दै जेलमा परेकालाई तत्काल ससम्मान रिहा गर्नुपर्ने माग सरकारसँग गरेको बताएका छन्।

‘हामीसँग जो पीडितहरु हुनुहुन्छ, कतिपय पीडित जेलको पुर्जी लिएर आउनुभएको छ। उहाँले धेरै गुणा रकम साहुकारलाई फिर्ता गरेपछि पनि साहु महाजनहरुले तमसुक फिर्ता नगरी अदालतमा पेस गरेर उहाँहरुमाथि जेल सजायको पुर्जीहरु कटाएको छ। उहाँहरुलाई तत्काल ससम्मान रिहा हुने व्यवस्था, नेपाल सरकारले गर्नुपर्छ।’

यो पनि पढ्नुहोस

पीडित काठमाडौंमा, गाउँमा घरघर पसेर आफन्त कुट्दै मिटरब्याजी

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:०८
  • #मिटरब्याज पीडित

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्