• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघलाई देख्ने, बोल्ने र सुन्ने बनाउन मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]

64x64
नेपाल लाइभ बिहीबार, चैत १६, २०७९  २०:०४
1140x725

काठमाडौं- साना तथा मझौला उद्योगलाई उकास्न र नेपाली उद्योगलाई आत्मनिर्भरतातर्फ डोर्‍याउन आफूले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले बताएका छन्। 

यसै साता काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रमा देखिएको वर्तमान समस्याबारे अवगत गराउन, सरकारलाई घचघच्याउन र दबाब सिर्जना गर्न उम्मेदवार बन्न लागेको हुँ।’ 

श्रेष्ठ हाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा कार्यरत छन्। महासंघको नयाँ नेतृत्वका लागि आउँदो २७ चैतमा निर्वाचन हुँदैछ। 

औषधि उत्पादक संघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघका वर्तमान तथा निवर्तमान थुप्रै पदाधिकारीको उपस्थिति थियो। यस अवसरमा श्रेष्ठले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै भने, ‘वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी भनेको महासंघलाई जल्दोबल्दो बनाउन हो। महासंघको नेतृत्वले आफ्नो स्वार्थलाई किनारामा राखेर देशमा भएका साना तथा मझौला उद्योगका समस्यालाई केन्द्रमा राख्नुपर्छ। मेरो कार्यकाल पनि यसैमा केन्द्रित हुनेछ।’ 

अन्तर्क्रिया कार्यक्रममा उनले महासंघको नेतृत्व तहमा बसेपछि महासंघकै काम गर्नुपर्ने जिकिर गरे। ‘अर्थतन्त्रमा देखिएको वर्तमान समस्या समाधान गर्न महासंघको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले म नेतृत्वमा पुगें, समस्या समाधन गर्न योगदान गर्नेछु।’ 

उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको र संकेतहरू चिन्ताजनक रहेको बताउँदै आफू चुनावी मैदानमा उत्रिनुको कारणहरू सुनाए। 

‘मेरो अनुभवमा अहिले जस्तो कठिन आर्थिक अवस्था कहिल्यै थिएन। यस्तो अवस्थामा उद्योग वाणिज्य महासंघको भूमिका थप आवश्यक छ। महासंघ राष्ट्रिय संघहरूको पनि संघ हो, जसमा सबै अटाएका छन्,’ उनले नेपालको आर्थिक अवस्था बारे चर्चा गर्दै भने, ‘जब व्यापार-चक्र सहज हुन्छ, त्यस्तो अवस्थामा खासै अरूको टेको आवश्यक हुन्न। तर जब समस्या देखा पर्छ, त्यस्तो अवस्थामा टेको वा सहयोग आवश्यक पर्छ। अहिले नेपालको अर्थतन्त्र दोसाँधको अवस्थामा छ। डुब्ने हो या उकासिने? संकेत राम्रो देखिएको छैन।’ 

उनले अन्तर्राष्ट्रिय रूपमा आर्थिक मन्दी रहेको अवस्थामा आफू जस्ता भुइँबाट माथि उठेका मान्छेहरूले महासंघको नेतृत्व लिनुपर्ने आवश्यकता खट्किएको बताए।  

Ncell 2
Ncell 2
nimb
nimb

महासंघको मौजुदा नेतृत्वमा ठूला-ठूला व्यापारिक समूहको दबदबा रहेकोले समग्र उद्योगी तथा व्यपारीको समस्यालाई अनदेखा गरिएको आरोप पनि उनले लगाए। 

‘अहिलेसम्म महासंघमा ठूला-ठूला कर्पोरेट हाउसको दबदबा छ। अहिले मसँग निर्वाचनमा खडा हुने कर्पोरेट हाउसकै साथीहरु हुनुहुन्छ। तर मैले के ठानेँ भने, सिङ्गो अर्थतन्त्र अफ्ठ्यारोमा छ। त्यसैले म महासंघमा जानुपर्छ। यसैका लागि प्रयत्न गरिरहेको छु,’ श्रेष्ठले भने, ‘तर मेरो गन्तब्य पद ओगटेर बस्ने मात्र हैन। मेरो ध्येय नेपालको अर्थतन्त्रलाई उकास्ने, निकास दिनेमा छ।’ 

क्वेस्ट फर्मास्युटिकल कम्पनीको अध्यक्षसमेत रहेका श्रेष्ठले आफू चेम्बर आन्दोलनमा लागेको ३ दशक बितिसकेको बताए। उनले यस अवधिमा औषधि उत्पादक संघको नेतृत्व ३ पटक गरिसकेका छन्। 

‘मलाई त्यहीँबाट केही हौसला पनि प्राप्त भयो र महासंघमा जानु पर्छ भन्ने भयो। महासंघमा आएर ३ कार्यकाल समितिमा रहियो तर पछिल्लो पटक भने उपाध्यक्षमा पराजित भइयो। उक्त हारबाट विचलित नभई यस पटक पुनः वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ श्रेष्ठले भने।

Xtrem

Xtrem

देशको वर्तमान राजनीतिक नेतृत्व सत्ताकेन्द्रित रहेकोले आफू नेतृत्वमा चुनिएको खण्डमा महासंघको तर्फबाट निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता उनले दोहोर्‍याए। 

‘राजनीतिक अवस्था धुमिल छ। जताततै चलखेल र अस्थिरता मात्र देखिन्छ। महासंघमा गएर उक्त नेतृत्वलाई राष्ट्रहित र वर्तमान समस्या समाधानका लागि हाम्रो तर्फबाट निरन्तर खबरदारी गर्नेछु,’ वर्तमान राजनीतिक नेतृत्वलाई प्रश्न गर्दै अन्तर्क्रिया कार्यक्रममा श्रेष्ठले भने, ‘राजनीतिक नेतृत्वले २०४७ बाट एउटै मात्र कुरा गरिरहेको छ- हाम्रो राजनीतिक अजेण्डा सकियो, अब आर्थिक क्रान्ति हुन्छ। खै भएको आर्थिक क्रान्ति?’ 

पछिल्ला दशक आर्थिक क्षेत्रमा उल्लेखनीय काम नभएको श्रेष्ठको निष्कर्ष छ। उद्योगमैत्री ऐन तथा नीति नरहेकोले पनि उद्योगहरू धराशायी भएको उनले दाबी गरे।  

‘ऐनहरू हेरौँ। ऐन-कानुनले राष्ट्रिय उत्पादनलाई नजरअन्दाज गर्छ। पञ्चायती व्यवस्थामा थोरै उद्योग थिए र करिब सबै राज्य नियन्त्रित थिए। त्यो समय भन्सारमुखी अर्थतन्त्र थियो। तर अहिले परिस्थिति फरक भइसकेको छ। अहिले त राजनीतिक नेतृत्व पनि राष्ट्रिय पुँजी बढाउनुपर्छ भन्दै हिँडेका छन्। तर त्यो राष्ट्रिय सम्पत्ति कसरी बढाउने भन्नेमा ध्यान कसैको पुगेको देखिँदैन,’ उनले सरकारी मनोवृत्ति उजागर गर्दै भने, ‘वस्तु आयात गरेर त्यसमा नाफा थपेर त बढ्दैन। त्यसका लागि मुलुकभित्रै उद्योगहरू स्थापना हुनुपर्‍यो नि। त्यसका लागि उद्योगकेन्द्रित अर्थ नीति आवश्यक हुन्छ। पछिल्लो समय कृषिमा लगानी गर्ने भनिएको छ तर कृषि केन्द्रित अर्थ नीति भने छैन। जबसम्म यस्ता नीतिहरु आउँदैनन्, तबसम्म नेपालको विकास हुन सक्दैन।’

umeshlal shrestha (4)1680185840.jpg

यिनै विषयलाई लिएर राज्यलाई झक्झक्याउने र त्यस्ता नीतिहरू बनाउन बाध्य बनाउन पनि आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ थियो। 

महासंघको वर्तमान नेतृत्व ‘क्लब हाउस’ जस्तै भयो
श्रेष्ठले महासंघको वर्तमान नेतृत्व र यसको गतिविधि संकुचित रहेकोले त्यसबाट मुक्त गर्न आफूले नेतृत्व दावी गरेको बताए। 

वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको विधानामा उल्लेख छ। 

उनले महासंघको मौजुदा नेतृत्व ‘क्लब हाउस’ जस्तै भएको आरोप लगाए। त्यसबाट मुक्त नभए उद्योगीहरूको समस्या समाधान गर्न नसक्ने उनको निष्कर्ष छ। 

‘महासंघको वर्तमान नेतृत्वले यसलाई विशुद्ध ‘विजनेसम्यान क्लब’ बनाउन खोजे। हुँदा-हुँदा नेपालमा ‘क्रोनिक क्यापिटलिजम’ को विकास भइसकेको छ। उदाहरणका लागि, चकलेटलाई बिलासिताको वस्तुमा राखियो तर मिलोमतोमा कर घटाइयो। त्यस्तै, विद्युतीय कारलाई प्रोत्साहन गर्ने भनियो तर कर बढाइयो। जेठ १५ गते (बजेट सार्वजनिक हुने दिन) कमा र फुलिस्टपमा खेल हुन्छ। त्यसका लागि व्यापारिक समूह विभाजित भएर आफ्नो स्वार्थपूर्तिका लागि कुद्छन्,’ श्रेष्ठले भने, ‘हामी (महासंघले) मिलेर त्यो खेलको अन्त्य गर्नुपर्छ। जबसम्म त्यो खेल अन्त्य हुँदैन, तबसम्म न राष्ट्रिय उद्योगको हित हुन्छ, न राष्ट्रिय पुँजी बढ्छ। त्यसका लागि महासंघमा मेरो नेतृत्व दावी हो।’

खर्च गर्न नसक्ने राज्यको चरित्र
श्रेष्ठले वर्तमान अर्थतन्त्रको समस्याको मुल जड राज्यले खर्च गर्न नसक्नु रहेको बताए। ‘विदेशी मुद्रा सञ्चिति १० दशमलव ८ महिना धान्ने रहे पनि राज्यले पुँजीगत खर्च गर्न सकेको छैन। सरकारले चालु खर्चमा वृद्धि गर्ने तर विकास खर्च भने संकुचित गर्दै गएको छ। अनि राज्य समृद्धको सपना बाँड्ने गरेको छ। राज्यको यस्तै चरित्रले विषम परिस्थिति सिर्जना भएको हो, ’श्रेष्ठले भने।

उम्मेदवारीमा सबैको साथ छ
श्रेष्ठले आफ्नो उम्मेदवारीमा सबैको साथ रहेको दावी गरे। वर्तमान समस्या समाधानका लागि र आफ्नो उम्मेदवारीमा सबैको साथ र सहयोग रहेको उनको भनाइ थियो।  

‘मौजुदा समस्या समाधानका लागि मसँग जादुको छडी छैन। मसँग जिल्ला नगरका साथी छन्। मसँग वस्तुगतका साथी छन्। मसँग औषधि उत्पादक संघका साथी छन्। साना-साना मिलेर महासंघलाई परिवर्तन गर्नुपर्ने हुटहुटी भएका साथी छन्,’ श्रेष्ठले भने।

उनी महासंघको विगतको नेतृत्वले ठूला व्यापारीलाई पोस्ने गरेको र आफू नेतृत्वमा पुगे, त्यो परम्परालाई तोड्ने बताए। 
‘ठूला व्यापारी आफ्नो मात्र समस्या समाधान गर्नमा केन्द्रित भएको विगतको अनुभव छ। उदाहरणका लागि, बैंकले ऋण दिने अुनपातलाई हेरौँ न। व्यापार अर्थतन्त्रमा साना-साना उद्योगको योगदान करिब ७० प्रतिशत छ। तर बैंकबाट हामीलाई समग्र ऋण निष्काशनको ३० प्रतिशत मात्र प्राप्त हुन्छ। बैंकहरूले करिब ४८ खर्ब ऋण प्रवाह गर्दा केही सीमित उद्योगीलाई ३३ खर्ब ऋण दिएको छ। यहाँ विभेद छ। यहाँ हस्तक्षेप जरुरी छ। त्यसका लागि महासंघको भूमिका आवश्यक छ,’ श्रेष्ठले भने।

umeshlal shrestha (3)1680185839.jpg

एउटा मात्र परिकल्पना बोकेर महासंघको नेतृत्वमा प्रतिस्पर्धा
श्रेष्ठले अहिले महासंघ विभिन्न दुष्चक्रमा फसेको र त्यसबाट मुक्त गर्न महासंघको नेतृत्वमा आफूले हस्तक्षेप गर्ने बताए। उनले महासंघ अहिले लाटो जस्तो देखिएको र यसलाई चनाखो बनाउनुपर्नेमा जोड दिए। ‘मलाई लाटो महासंघ चाहिएन। मलाई अन्धो महासंघ चाहिएन। मलाई बहिरो महासंघ पनि चाहिएन। मलाई आँखा देख्ने, बोल्ने र कान सुन्ने महासंघ चाहियो,’ श्रेष्ठ भन्छन्।

महासंघले उद्योगीको साना-साना समस्या समाधान गर्ने कामतर्फ पनि उदासिनता देखाएको आरोप लगाए। 
‘उद्योगीको कतिपय समस्या यति साना छन् कि, ध्यान दिएर सुन्यो भने समाधान हुन्छ। महासंघको वर्तमान नेतृत्वले त्यति पनि गर्दैन,’ श्रेष्ठले आरोप लगाए।

श्रेष्ठले आफू यसअघि महासंघको उपाध्यक्ष हुँदा आफ्नो विभागले व्यापारीका समस्या समाधानका लागि हरदम प्रयत्न गरेको अनुभव सुनाए।

‘तत्कालीन समयमा उपाध्यक्ष हुँदा म रहेको विभागका समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखिनँ। तर हामी सबैले बुझ्न जरुरी छ, महासंघ भनेको कार्यकारी निकाय हैन, यो सहजीकरण गर्ने निकाय हो,’ श्रेष्ठले भने, ‘महासंघ उद्योगी, व्यापारीका मुद्दालाई लिएर लड्नु पर्ने निकाय हो। तर महासंघको वर्तमान नेतृत्वले झारो टार्ने मात्र काम गर्छ।’

उनले महासंघको वर्तमान नेतृत्वले ज्ञापनपत्र मात्र बुझाउँदै हिँडेको आरोप लगाए। ‘समस्याहरू छन् भन्दै प्रधानमन्त्री, तत्कालीन अर्थमन्त्री, गर्भनरलाई ज्ञापनपत्र बुझाउँदै हिँडेका छन्। तर समाधानका लागि त कहीँबाट पहल भएको देखिँदैन?,’ उनको प्रतिप्रश्न थियो।  

श्रेष्ठले आफू महासंघको नेतृत्वमा पुगेका दिनदेखि उद्योगी, व्यापारीहरूको समस्यामा केन्द्रित हुने प्रतिबद्धता दोहोर्‍याए।

‘मैले महासंघको अध्यक्ष भएको दिनदेखि व्यक्तिगत काम नगर्ने घोषणा गरेको छु। म महासंघ मै समय व्यतित गर्छु। विगतको अवस्थालाई हेर्दा जितिसकेपछि महासंघमा झारा टार्ने बानी छ। म यो परिपाटी सुधार्न जाँदैछु। मसँग दह्रो टिम छ,’ श्रेष्ठले अन्तर्क्रिया कार्यक्रममा भने। 

वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १ वैशाखदेखि महासंघको नेतृत्व लिँदैछन्। उनको स्थानमा वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा निर्वाचन हुँदैछ। 

‘महासंघलाई दह्रो र गर्विलो बनाउन हाम्रो जित आवश्यक छ,’ आसन्न निर्वाचनमा जितप्रति विश्वस्त देखिएका श्रेष्ठले भने, ‘१ वैशाखबाट नयाँ नेतृत्व आउँदैछ। त्यसपछि महासंघको मुहार फेरिन्छ।’

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी !
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्