• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काम कुरो एकातिर, सांसदको ध्यान ‘मर्यादा’ तिर!

64x64
किशोर दहाल मंगलबार, चैत १४, २०७९  १७:५९
1140x725

काठमाडौं- मिटरब्याज पीडित करिब ७० जनाको टोली गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदलयात्रामार्फत काठमाडौंतर्फ अघि बढेको थियो। त्यसको तीन दिनपछि चैत ५ गते राष्ट्रिय सभाका आठ सांसदले 'राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' संसद् सचिवालय (राष्ट्रिय सभा) मा दर्ता गराए। जुन दिन मिटरब्याज पीडित काठमाडौं क्षेत्रमा आइपुगे, त्यसै दिन दिउँसो राष्ट्रिय सभामा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। विचार गरियोस् भन्ने प्रस्ताव पारित पनि भएको छ। जनताको समस्या र सांसदको प्राथमिकता छुट्टिने अनौठो संयोग यो दुई हप्तामा देखापर्‍यो।

दर्ता गरिएको विधेयकमा विभिन्न २२ वटा श्रेणीमा मर्यादाक्रम तोकिएको छ। जसमा वर्तमान र पूर्व पदाधिकारीको पदीय सूची छ। राष्ट्रपतिबाट सुरु हुने मर्यादाक्रमको २२औँ नम्बरमा माध्यामिक तह तृतीय श्रेणीका शिक्षक तथा सहायक सेनानीसम्म छन्। विधेयकमा अतिविशिष्ट व्यक्ति, विशिष्ट व्यक्ति, सार्वजनिक पदाधिकारी जस्ता विभाजन गरिएको छ नै, औपचारिक सम्बोधनका फरकफरक स्वरुप पनि किटान गरिएको छ।

अतिविशिष्ट पदाधिकारीलाई निजको पदभन्दा अघि सम्माननीय र विशिष्ट पदाधिकारीलाई निजको पदभन्दा अघि माननीय शब्दले सम्बोधन गरिने विधेयकमा उल्लेख छ। सम्माननीय भनिनुपर्ने अतिविशिष्ट पदाधिकारीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश पर्छन्। माननीय भनिने पदहरुको सूची भने लामो छ। यसअघि प्रचलनमा रहेका कतिपय सम्बोधनलाई कानुनद्वारा नै बाध्यकारी बनाउने विधेयकको लक्ष्य देखिन्छ।

राजतन्त्रकालीन र पञ्चायतकालीन रजगजको समयमा राजा र उनका सहयोगीहरुले पदीय हैसियत र मर्यादाक्रम प्रस्तुत गरेर विशिष्टताको भाष्यमार्फत नागरिकमा मनोवैज्ञानिक प्रभाव राख्ने काम गरेका थिए। गणतन्त्रमा पनि त्यसकै पुनारावृत्ति गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ। गणतन्त्रमा नागरिक-नागरिकबीचको मर्यादा विभाजन र सम्बोधनको ढाँचा निश्चित गर्न अग्रसर हुनु उचित नभएको उनीहरुको तर्क पाइन्छ।

राष्ट्रिय सभामा पूर्वसदस्य रामनारायण बिडारी त सम्माननीय शब्द नै ‘राजतन्त्र पिपासु’ हरुको भएको भएको बताउँछन्। ‘राजतन्त्रको पिपासु, राजतन्त्रको अवशेष, राजतन्त्रको स्वभाव भएका मान्छेहरुले आफूले आफैंलाई सम्माननीय भन्छन्। अमेरिका, भारत र चीनमा सम्माननीय छैनन्। तर बेलायतमा छन् किनकि त्यहाँ राजा छन्’, नेपाल लाइभसँग उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा नेपालको संविधान सभालाई सम्बोधन गर्दा अध्यक्ष सुवास नेम्वाङलाई ‘माननीय’ मात्रै भनेका थिए, सम्माननीय भनेका थिएनन्। किनभने, उनको देशमा सम्माननीय छैनन्।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा पञ्चायतकालीन राजसभा र बहुदलकालीन राजपरिषद्का सदस्यलाई सम्मानीय भन्नु भनेर राजाको हुकुम भएको र सोही अनुसार सम्बोधन गरिने गरिएको बिडारीको भनाइ छ। त्यसको सदस्य भएकै कारण त्यतिबेला प्रधानसेनापतिलाई समेत सम्माननीय भन्ने गरिएको उनले बताए। राष्ट्रिय पञ्चायतको एउटा सन्दर्भ समेत उनले जोडे। ‘रुपचन्द्र विष्टले राष्ट्रिय पञ्चायतमा सम्मानीय भन्नुभएन, माननीय अध्यक्ष भनिदिनुभयो। सम्माननीयलाई माननीय किन भनेको भनेर एक जनाले नियमापत्ति गरे’, उनले भने, ‘विष्टले व्याख्या गरिदिनुभयो- यो राष्ट्रिय पञ्चायतभित्र कोही पनि राजपरिषद्को सदस्य छैन। सम्माननीय राजपरिषद्को सदस्यले लिने गरेको हो। त्यो हुकुमी कुरा म मान्दिनँ।’

माननीय पनि जसले पायो त्यसले लेख्न थालेको र त्यस्तै किसिमले विधेयकमा प्रस्तुत गरिएको भन्दै बिडारीले असन्तुष्टि जनाए। भन्छन्, ‘पार्लियामेन्ट मेम्बरले मात्रै माननीय लेख्न पाउने संसारको अभ्यास हो। किनभने, उनीहरु सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधि हुन्। तर यहाँ त जागिरे र पेन्सन खानेले पनि माननीय लेख्न थाले।'

रोचक चाहिँ के छ भने, एकदमै कम मात्रामा दर्ता हुने र सामान्यतया टुंगो पनि नलाग्ने गरेको गैरसरकारी विधेयक दर्ता गर्न सत्तापक्ष र प्रतिपक्षका सांसदहरु एक जुट भएका छन्। अरु बेलामा झै-झगडामा उत्रिने, आरोप प्रत्यारोमा उत्रिने, को असली राष्ट्रवादी र विकासवादी हो भनेर कित्ताकाटमा उभिने फरकफरक दलका सांसदहरु कानुनै बनाएर मर्यादा स्थापित गर्न भने एक मत भएका छन्। विधेयक दर्ता गर्ने सदस्यहरुमध्येका एक कांग्रेस सांसद रमेशजंग रायमाझी आफूहरुले छलफलका लागि प्रस्ताव राखेको बताउँछन्। ‘एक मत भएर राख्न त पाइयो नि’, उनको भनाइ छ।

फरकफरक गृहमन्त्री आउँदा उसको रुचि अनुसारको मर्यादाक्रम परिवर्तन हुने गरेको भन्दै रायमाझीले त्यसो भइरहनुभन्दा कानुन बनाएरै व्यवस्थित गरौँ भनेर विधेयक ल्याइएको बताए। आइतबार विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा विधेयक प्रस्तुतकर्ता बेदुराम भुसालले भनेका थिए, 'हामीले विधिको शासनको कुरा गरिरहेको हुनाले अहिले सञ्चालन गरिरहेको शासन व्यवस्था विधिको शासन व्यवस्था हो भन्ने मान्यता सबैले बोक्ने भएको हुनाले कार्यपालिकाले पनि विधिमा बाँधिएर विधिअनुसार नै कार्य सम्पादन गर्‍यो भने राम्रो हुन्छ भन्ने धारणा राखेर नै यो एउटा ऐन नै बनाएर यसलाई व्यवस्थापन गरौँ, यसको नियमन गरौँ भन्ने हाम्रो धारणा रहेको हो र त्यसअनुसार नै हामीले यो विधेयक अगाडि बढाउन खोजेका हौँ।'

पदाधिकारीहरुको मर्यादाक्रम हुने कुरा सामान्य भएको र गृह मन्त्रालय र गृहमन्त्रीको तजबिजीमा चलिआएको विषयलाई ऐनमार्फत ‘सेटल’ गर्दा राम्रो हुने भनेर सांसदहरुले विधेयक ल्याएको हुनसक्ने बिडारीको भनाइ छ। ‘अहिले यो ऐन नबनाउँदा पनि ‘पोर्टफोलियो’ त छ’, उनले भने, ‘त्यसकारणले यो विधेयक आउनै नहुने, ल्याउनै नहुने भन्ने होइन। तर प्राथमिकतामा पर्नुपर्ने विषय होइन।’

यो विधेयकको अर्को विषय हो- सांसदहरुले यस किसिमको कानुनी प्रबन्ध आफू र आफूजस्तै वर्गका लागि गर्न खोजिरहेका छन्। यसमा सर्वसाधारणको समस्या समाधान गर्ने, उनीहरुको जीवनलाई सहजीकरण गराउने वा विधेयककै शब्दावलीमा भन्दा उनीहरुको मर्यादित हैसियत बनाउने विषय विधेयकमा छैन। गणतन्त्रमा सार्वभौम भनिएका जनताको समस्या उस्तै छन् भनेर आलोचना भइरहेको समयमा राज्यबाट सुख सुविधा पाइसकेका र पाइरहेकाहरुको मर्यादा सुनिश्चित गर्न सांसदको ध्यान गएको छ, त्यसमा पनि निजी विधेयक ल्याउन पाइने सुविधाको उपयोगमार्फत।

आइतबारको छलफलमा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भनेका थिए, ‘मर्यादाक्रम, नीति, नियम, कानुन, विधि जे बनाउँछौँ। आफूलाई केन्द्रबिन्दुमा राखेर बनाउँछौँ भने गलत हुन्छ।’ बिडारीको भनाइ पनि उस्तै छ। भन्छन्, ‘आफ्नो लागि आफैंले कानुन बनाउनु राम्रो होइन। त्यसैले सांसदहरु आफैंले यस खालको विधेयक ल्याउनुभन्दा सरकारले ल्याएको भए राम्रो हुन्थ्यो। तर सम्माननीय हटाउनुपर्‍यो। माननीय पनि सीमित गर्नुपर्‍यो। जनप्रतिनिधिलाई मात्रै दिनुपर्‍यो।’

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्