काठमाडौं– सेयर बजार मंगलबारको कारोबार सकिँदा १२.१० अंकले बढेको छ। करिब १ अर्ब ४४ करोड ३७ लाख बढीको कारोबार हुँदा उक्त अंकले बजार बढेर नेप्से १९१८ मा पुगेको छ।
मंगलबारको कारोबार सकिँदा १४२ कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ र ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
मंगलबार धेरै कमाउनेमा सुपर माइ हाइड्रो रहेको छ, जसको १० प्रतिशतले मूल्य बढेको छ। यस्तै सिर्जनशील लघुवित्त, एसियन हाइड्रो पावर, महिला लघुवित्त र नेरुदा लघुवित्त पनि बढ्नेमा रहेका छन्। धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी, मित्तेरी विकास बैंक र बेस्ट फाइनान्स कम्पनी रहेका छन्।
त्यस्तै उपसमूहतर्फ धेरै कमाउनेमा लघुवित्त रहेको छ। लघुवित्त ११५ अंकले बढेको छ। त्यस्तै, अन्य उपसमूहमा उत्पादन क्षेत्र ७६ अंकले, जीवन बीमा उपसमूह ३४ अंकले, होटल तथा पर्यटन क्षेत्र १३ अंकले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।