काठमाडौं- सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक लाख आठ हजार रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो।
त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार तीन सय ५५ मा आएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।