काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालको अर्थतन्त्र दोसाँधमा रहेको बताएका छन्। मुलुकको वर्तमान अर्थतन्त्रबारे राजधानीमा आयोजित एक कार्यक्रममा बैल्दै श्रेष्ठले उक्त दाबी गरेका हुन्।
‘नेपालको अर्थतन्त्र दोसाँधमा छ, डुब्ने वा उक्सिने हो? तर गतिविधि हेर्दा अर्थतन्त्र डुब्नेउन्मुख छ,’ श्रेष्ठले भने, ‘अहिले कठिन आर्थिक अवस्था कहिले थिएन।’
यस्तै श्रेष्ठले आसन्न उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा यस्तै समस्याहरूलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा रहेको बताएका छन्। ‘नेपालको अर्थतन्त्रलाई उकास्नलाई मेरो उम्मेदवारी हो,’ श्रेष्ठले भने।
यस्तै, श्रेष्ठले ठूला व्यवसायीले बैंकबाट करिब ७० प्रतिशत ऋण पाउने र साना व्यवसायीले ३० प्रतिशत मात्र ऋण पाउने अवस्था रहेकोले वर्तमान अर्थतन्त्रमा त्यस्तै व्यवासायीहरू संकटमा रहेको बताए।
श्रेष्ठले वर्तमान अर्थतन्त्रको समस्या क्रयशक्ति घट्नु रहेको र सरकारको विकास बजेटमा फागुन महिनासम्ममा जम्मा २३ प्रतिशत गरेकोले अर्थतन्त्र चलायमान हुन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।