काठमाडौं– न्यायको लागि भन्दै १० दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट १० दिनको पैदल यात्रा गरी काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई प्रहरीले खुलामञ्चजान रोक लगाएको छ।
विभिन्न ‘प्ले कार्ड’सहित उपस्थित भएका मिटरब्याज पीडितहरुलाई महानगरको प्रहरी टोली र नेपाल प्रहरीले खुलामञ्च जान रोकेको हो।
प्रहरीले अवरोध गरेपछि पीडितहरु आक्रोशित भएका छन्। प्रहरीविरुद्ध उनीहरुले नाराबाजी गरेका छन्। प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि पीडितहरुले सडकमै आमसभा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।