काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ६०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार भने चाँदी प्रतितोल १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।