काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १ हजार २०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।