• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बारामा पनि उपेन्द्र यादवलाई ‘काउन्टर’ दिने तयारीमा सीके राउत

64x64
नवीन झा बुधबार, चैत ८, २०७९  २०:३९
1140x725

काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा चर्चित मध्येको एक क्षेत्र थियो, सप्तरी- २। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतकाबीचको प्रतिस्पर्धालाई ‘नेक टु नेक’ ठानिएको थियो। यद्यपि, त्यहाँ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ राउत र उनको पार्टी फराकिलो मतान्तरणसहित विजयी भयो।

२०७४ मा जितेकै क्षेत्रमा यादव पराजित भएपछि उनले त्यसलाई स्वाभाविक रुपमा लिन सकेनन्। बरु आफूलाई हराउन देशी–विदेशी शक्तिहरूले शक्ति खर्चिएको आरोप लगाए। जसपाका कतिपय प्रभावशाली स्थानीय नेताहरू नै यादवको हारबाट आश्चर्यचकित भए। तर, जनमत पार्टीका नेताहरूले आफ्नो पक्षमा जनलहर रहेको र त्यसलाई यादव र जसपाका नेताहरूले बेवास्ता गरेको टिप्पणी गरे।

यसरी सप्तरी- २ बाट प्रतिनिधि सभामा जान नपाएका यादव आउँदो वैशाख १० मा बारा- २ मा हुँदै गरेको उपनिर्वाचनबाट निर्वाचित हुने तयारीमा छन्। मंसिर ४ मा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई आफ्नै जोडबलमा उपराष्ट्रपतिमा निर्वाचित गराएपछि यादव त्यहाँबाट उम्मेदवार बन्ने तयारीमा छन्।

बुधबार बसेको जसपा कार्यकारणी समिति बैठकले उपनिर्वाचनबारे छलफल गरेको थियो। बैठकले निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ। त्यस्तै, स्थानीय समितिलाई सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ। जसपा कार्यकारणी समिति सदस्य राजकिशोर यादवले उपनिर्वाचनको सम्बन्धमा अहिले नै धेरै छलफल नभएको र यो विषय गठबन्धनसँग समेत सम्बन्धित भएकाले त्यहाँ हुने छलफलपछि निर्णय लिइने बताए।

जसपा नेताहरूले सार्वजनिक रुपमा जे बताए पनि बारा-२ मा उपेन्द्र नै उम्मेदवार बन्नेमा उनीहरू ढुक्क छन्। उपेन्द्र निकट कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमा सोही अनुसार अभिव्यक्ति व्यक्त गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उपेन्द्रले बारा- २ बाट उम्मेदवार बन्ने संकेत पाइसकेको जनमत पार्टीले पनि आफ्नो रणनीति सुरु गरिसकेको छ। सो पार्टीका अध्यक्ष राउतकै उपस्थितिमा बुधबार मात्रै बाराको कलैयामा आमसभा र पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। जनमत पार्टीले केही समयअघि नै यो आमसभा गर्ने तय गरेको थियो। तर, त्यतिबेला आयोजना नगरिएको कार्यक्रमलाई बुधबार सम्पन्न गरिएको हो। उपनिर्वाचन हुने सुनिश्चिततासँगै जनमतले आफ्नो कार्यक्रमलाई थप सान्दर्भिक बनाउन खोजेको हो।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरूले बारा- २ मा हुने उपनिर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेर रणनीति बनाउन लागिपरेको दाबी गरे। ‘पछिल्लो समयमा जनमत पार्टीप्रति मधेसमा आकर्षण पनि देखिएको छ’, साहले नेपाल लाइभसँग भने, ‘त्यही भएर हाम्रो त्यहाँ पनि माग आइरहेको छ। आजको आमसभा र पार्टी प्रवेश कार्यक्रम पनि त्यसकै परिणाम हो।’

मंसिर ४ को निर्वाचनबाट पहिलो पटक संसदीय राजनीतिमा आएको जनमत पार्टीले गएको निर्वाचनमा बारा तथा पर्सा क्षेत्रमा उल्लेखनीय मत ल्याउन सकेको थिएन। तर, निर्वाचनपछि राउत लागातार सो क्षेत्रमा सक्रिय भएर पार्टी प्रवेशदेखि अन्य कार्यक्रमहरू गर्दै आएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्कोतिर, उपराष्ट्रपति निर्वाचनका क्रममा जनमत पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरेको थियो। जनमत पार्टीले बारा- २ को उपनिर्वाचनमा समेत त्यो कार्यगत एकतालाई शक्तिका रुपमा प्रयोग गर्न चाहेको देखिन्छ।

स्वाभाविक छ, जसपा अध्यक्ष यादव बारा- २ को उपनिर्वाचनमा सतारुढ दलहरूको तर्फबाट साझा उम्मेदवार नै बन्ने प्रयासमा छन्। तर, जनमत पार्टीका उपाध्यक्ष साहले केन्द्रमा सरकार बनाउन र सञ्चालनका लागि गठित गठबन्धनले सबै राजनीतिक गतिविधि तय नगर्ने दाबी गरे। ‘गठबन्धनले के गर्छ, त्यो म भन्न सक्दिनँ’, साहले भने, ‘बारा- २ मा हाम्रो उम्मेदवारी हुन्छ भन्नेमा हामी प्रष्ट छौँ।’

जनमतले जसपा अध्यक्ष यादवविरुद्ध उम्म्मेदवारी दिने तयारी गरिरहँदा लोसपा र उन्मुक्ति पार्टीले के गर्छ, त्यो भने प्रष्ट भइसकेको छैन। तर, पछिल्लो समयमा जनमत पार्टीको बढ्दो प्रभावले जसपा अध्यक्ष यादवलाई बारा- २ मा समेत कठिनाइ थप्ने निश्चित जस्तै छ। 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्