• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बारामा पनि उपेन्द्र यादवलाई ‘काउन्टर’ दिने तयारीमा सीके राउत

64x64
नवीन झा बुधबार, चैत ८, २०७९  २०:३९
1140x725

काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा चर्चित मध्येको एक क्षेत्र थियो, सप्तरी- २। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतकाबीचको प्रतिस्पर्धालाई ‘नेक टु नेक’ ठानिएको थियो। यद्यपि, त्यहाँ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ राउत र उनको पार्टी फराकिलो मतान्तरणसहित विजयी भयो।

२०७४ मा जितेकै क्षेत्रमा यादव पराजित भएपछि उनले त्यसलाई स्वाभाविक रुपमा लिन सकेनन्। बरु आफूलाई हराउन देशी–विदेशी शक्तिहरूले शक्ति खर्चिएको आरोप लगाए। जसपाका कतिपय प्रभावशाली स्थानीय नेताहरू नै यादवको हारबाट आश्चर्यचकित भए। तर, जनमत पार्टीका नेताहरूले आफ्नो पक्षमा जनलहर रहेको र त्यसलाई यादव र जसपाका नेताहरूले बेवास्ता गरेको टिप्पणी गरे।

यसरी सप्तरी- २ बाट प्रतिनिधि सभामा जान नपाएका यादव आउँदो वैशाख १० मा बारा- २ मा हुँदै गरेको उपनिर्वाचनबाट निर्वाचित हुने तयारीमा छन्। मंसिर ४ मा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई आफ्नै जोडबलमा उपराष्ट्रपतिमा निर्वाचित गराएपछि यादव त्यहाँबाट उम्मेदवार बन्ने तयारीमा छन्।

बुधबार बसेको जसपा कार्यकारणी समिति बैठकले उपनिर्वाचनबारे छलफल गरेको थियो। बैठकले निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ। त्यस्तै, स्थानीय समितिलाई सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ। जसपा कार्यकारणी समिति सदस्य राजकिशोर यादवले उपनिर्वाचनको सम्बन्धमा अहिले नै धेरै छलफल नभएको र यो विषय गठबन्धनसँग समेत सम्बन्धित भएकाले त्यहाँ हुने छलफलपछि निर्णय लिइने बताए।

जसपा नेताहरूले सार्वजनिक रुपमा जे बताए पनि बारा-२ मा उपेन्द्र नै उम्मेदवार बन्नेमा उनीहरू ढुक्क छन्। उपेन्द्र निकट कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमा सोही अनुसार अभिव्यक्ति व्यक्त गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उपेन्द्रले बारा- २ बाट उम्मेदवार बन्ने संकेत पाइसकेको जनमत पार्टीले पनि आफ्नो रणनीति सुरु गरिसकेको छ। सो पार्टीका अध्यक्ष राउतकै उपस्थितिमा बुधबार मात्रै बाराको कलैयामा आमसभा र पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। जनमत पार्टीले केही समयअघि नै यो आमसभा गर्ने तय गरेको थियो। तर, त्यतिबेला आयोजना नगरिएको कार्यक्रमलाई बुधबार सम्पन्न गरिएको हो। उपनिर्वाचन हुने सुनिश्चिततासँगै जनमतले आफ्नो कार्यक्रमलाई थप सान्दर्भिक बनाउन खोजेको हो।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरूले बारा- २ मा हुने उपनिर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेर रणनीति बनाउन लागिपरेको दाबी गरे। ‘पछिल्लो समयमा जनमत पार्टीप्रति मधेसमा आकर्षण पनि देखिएको छ’, साहले नेपाल लाइभसँग भने, ‘त्यही भएर हाम्रो त्यहाँ पनि माग आइरहेको छ। आजको आमसभा र पार्टी प्रवेश कार्यक्रम पनि त्यसकै परिणाम हो।’

मंसिर ४ को निर्वाचनबाट पहिलो पटक संसदीय राजनीतिमा आएको जनमत पार्टीले गएको निर्वाचनमा बारा तथा पर्सा क्षेत्रमा उल्लेखनीय मत ल्याउन सकेको थिएन। तर, निर्वाचनपछि राउत लागातार सो क्षेत्रमा सक्रिय भएर पार्टी प्रवेशदेखि अन्य कार्यक्रमहरू गर्दै आएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्कोतिर, उपराष्ट्रपति निर्वाचनका क्रममा जनमत पार्टीले लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरेको थियो। जनमत पार्टीले बारा- २ को उपनिर्वाचनमा समेत त्यो कार्यगत एकतालाई शक्तिका रुपमा प्रयोग गर्न चाहेको देखिन्छ।

स्वाभाविक छ, जसपा अध्यक्ष यादव बारा- २ को उपनिर्वाचनमा सतारुढ दलहरूको तर्फबाट साझा उम्मेदवार नै बन्ने प्रयासमा छन्। तर, जनमत पार्टीका उपाध्यक्ष साहले केन्द्रमा सरकार बनाउन र सञ्चालनका लागि गठित गठबन्धनले सबै राजनीतिक गतिविधि तय नगर्ने दाबी गरे। ‘गठबन्धनले के गर्छ, त्यो म भन्न सक्दिनँ’, साहले भने, ‘बारा- २ मा हाम्रो उम्मेदवारी हुन्छ भन्नेमा हामी प्रष्ट छौँ।’

जनमतले जसपा अध्यक्ष यादवविरुद्ध उम्म्मेदवारी दिने तयारी गरिरहँदा लोसपा र उन्मुक्ति पार्टीले के गर्छ, त्यो भने प्रष्ट भइसकेको छैन। तर, पछिल्लो समयमा जनमत पार्टीको बढ्दो प्रभावले जसपा अध्यक्ष यादवलाई बारा- २ मा समेत कठिनाइ थप्ने निश्चित जस्तै छ। 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्