काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ४०० रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।