काठमाडौं– मंगलबार झिनो अंकले बढेको सेयर बजार बुधबारको कारोबार सकिँदा १४.४४ अंकले गिरावाट आउँदै नेप्से परिसूचक १९३८ मा आइपुगेको छ।
बुधबार १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५१ कम्पनीको मूल्य भने बढेको छ। त्यस्तै, १४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बुधबार करिब सबै उपसूचकहरु राताम्मे भएका छन्। जिवन बीमा उपसमूह ६९ अंकले, लघुवित्त ६८ अंकले, विकास बैंक २७, विद्युत् ९, उत्पादन क्षेत्र ३२ अंकले घटेको छ। एकमात्र ब्यापार क्षेत्र भने १० अंकले बढेको छ।
बुधबार धेरै मूल्य बढ्ने कम्पनीमा यूनिक नेपाल लघुवित्त, शुभम् पावर लिमिटेड, विध्याबासिनी हाइड्रो, रुरु जलविद्युत् रहेका छन्। यस्तै, किसान लघुवित्त, बाराही हाइड्रो, स्वरोजगार लघुवित्तको भने मूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।