complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

विमोक्ष : मुद्दाहरूको कलात्मक चित्रण

64x64
समर्पण श्री बिहीबार, चैत २, २०७९  ०७:२७
1140x725

काठमाडौं– शिल्पी थिएटरको नयाँ शिल्प हो नाटक ‘विमोक्ष’। 

यदि तपाईं ‘विमोक्ष’लाई पुस्तकमा पढ्नुहुन्छ भने नाटककार घिमिरे युवराजले निर्माण गरेका पात्रहरूसँग आफ्ना सम्बन्धलाई ‘कनेक्ट’ गर्नुहुन्छ। पात्रले निर्माण गरेका परिस्थितिसँग यात्रा गर्नुहुन्छ। अक्षरमा उनिएका दुई फरक समयलाई वर्तमान धरातलमा भेट्नुहुन्छ।

समाजमा छिपेर गरिएका प्रेम। प्रेमलाई प्रभाव पार्ने सामाजिक संरचना। भोगिरहेका वा देखिरहेका विभेद(जातीय, वर्गीय र लैंगिक) यी सबैलाई महसुस गर्नुहुन्छ। नाटकमा कलात्मक सौन्दर्य लेपनसहितको बलियो मुद्दा छ। 

अब ‘विमोक्ष’लाई दृश्यमा हेर्नुहोस्। भव्य सेटले नयाँ संसारको निर्माण गरिदिएको छ।

यस्तो संसार– जहाँ वर्तमान र स्मृतिको जम्काभेट छ। दुई फरक समयको कथा एउटै दृश्यले बोल्छ। स्मृति माथि हुन्छ, वर्तमानचाहिँ धरातलमा। तल्लो स्टेजमा छरिएको पहेँलो र सेतो प्रकाशले वर्तमानको स्वरुप चित्रण गर्छ। माथिल्लो स्टेजमा स्मृतिका खण्डहरू छन्। गुलावी र निला रङहरूले विगतका धमिला दृश्यहरू इंगित गरेका छन्। स्टेजमा छरिएको रातो रङ प्रेमको ‘मेटाफोर’ हो। 

सेटमा थ्रिडीको कलात्मक प्रयोग छ। खण्ड खण्डमा राखिएका थ्रिडीले स्मृतिका पत्र बुझाउँछन्। 

०००

नाटकमा प्रेम दुई पात्रबीचको छ। तर यो दुई वर्गबीचको प्रेम हो। दुई जातबीचको प्रेम हो। दुई फरक उमेरबीचको प्रेम हो। 

Ncell 2
Ncell 2
nimb
nimb

कथामा दीप दर्नाल जातीय उत्पीडनका कारण कमल घिमिरेको रुप धारण गर्छन्। कर्णेल्नी(कर्णेलकी पत्ती) प्रेमको रश्मीले ‘जवान रश्मीदेवी’मा रुपान्तरित हुन्छिन्। कमल र रश्मीबीचको प्रेममा त्यतिबेला पहिरो आउँछ, जतिबेला कमल दीप दर्नाल भन्ने थाहा हुन्छ।

निकै वर्षपछि दीप दर्नाल ढोकाभित्र प्रवेश गर्छन्, उनको सामु दुई प्रेमी आपसमा अँगालोमा बाँधिएको दृश्य देखापर्छ।

त्यो उनको स्मृतिको धुमिल दृश्य हो। भित्र प्रवेश गर्नेबित्तिकै उनलाई कमल घिमिरे र रश्मीदेवीको प्रेमिल स्मृतिको झोंकाले हान्छ। फर्केर जाने बेलामा पनि त्यही दृश्य दोहोरिन्छ। दीप कमलबाट छुट्न सकेको छैन। अर्थात् कमल रश्मीदेवीबाट।

दुई पात्रको मनस्थितिबीचको द्वन्द्व नाटकको सुन्दर पक्ष हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी दुई पात्र स्मृतिका पत्रहरू उप्काइरहन्छन्। पत्रसँगै नयाँ नयाँ रहस्योद्घाटन हुन्छन्। ती रहस्यले हामी बाँचिरहेको समयलाई विचरण गराउँदै लैजान्छन्। दुई पात्रका लागि स्टेजमा ४ कलाकार छन्। 

जवानीको रश्मीदेवी(पवित्रा खड्का) र कमल घिमिरे(सागर)ले माथिल्लो स्टेजमा गरेको अभिनय उत्कृष्ट लाग्छ।

तत्लो स्टेजमा वृद्ध उमेरकी रश्मीदेवी(सगुना शाह) र अधवैंशे उमेरका दीप दर्नाल(घिमिरे युवराज)को प्रस्तुति प्रशंसनीय छ। संवादमा लवज, शरीरको हाउभाउ र हिँडाइको चालले घिमिरे युवराजलाई दीपको ‘जोन’मा पुर्‍याएको छ।

सगुना कर्णेल्नी र रश्मीदेवीको अवतारमा ‘कन्भिन्सिङ’ छिन्। नाटकको अर्को सुन्दर पक्ष ‘कन्फ्युजन’ हो। कथाले कन्फ्युजन खडा गर्दै भत्काउँछ। यो क्रम अन्तिमसम्म पनि रहन्छ। पात्र र उनीहरूको मनस्थितिबीचको द्वन्द्वले कथालाई सशक्त बनाएको छ। 

नाटकको भब्य सेट, संगीत र रहस्यका पत्र उप्काउने संवादले दर्शकलाई पूरा अवधिभर बाँध्छ। 

०००

यो नाटकलाई मञ्चसम्म पुर्‍याउने नाटककार घिमिरे युवराजको ‘विमोक्ष यात्रा’ कस्तो थियो त? नेपाली नाटक कम लेखिएका बेला सुन्दर नाटक जन्माउन उतिकै मुस्किल। 

उनको गुनासो थियो, ‘लेखकहरूले राम्रा नाटक लेखिदिएनन्।’

लकडाउनमा सहरका सटरहरू बन्द थिए। बन्द कोठामा मन्थन गरिरहेका घिमिरे युवराजको लेखन हुटहुटीमा ‘विमोक्ष’ प्रवेश गर्‍यो। ‘त्यसबीच धेरै विदेशी नाटक पढेँ। एउटा नाटकलाई नेपालीकरण गर्ने सोच भयो। तर हाम्रो परिवेशसँग ठ्याक्कै मेल नखाने, ’ उनी भन्छन्, ‘अनि हामीले बाँचिरहेको समाजबारे आफैँ लेख्छु भन्ने लाग्यो।’

लकडाउनको समय प्रेम गरेकै कारण नवराज विकहरू मारिनुपर्‍यो। त्यो घटनाले उनलाई बेसरी दुखाइरहेको थियो। दलित भएकै कारण दीपा नेपालीहरू घरबाट निकालिनुपरेका दुःखद् दृष्टान्त थिए। ‘त्यो कुरालाई बाहिर ल्याउनुपर्छ। तर पोएट्रिक हिसाबले,’ उनले सोचे।

नाटकको सौन्दर्य पक्षलाई जोड्ने धागो प्रेम हो। प्रेमको कुरा बलियोसँग ल्याउनु थियो। ‘मान्छेहरूले प्रेम गर्नै पाइरहेका छैनन्। नाटकमा प्रेमको तत्व बढी होस् भन्ने लाग्यो,’ उनी भन्छन्।

नाटकमा रश्मीदेवीको आफूभन्दा २० वर्ष कम उमेरका कमल घिमिरेसँग प्रेम हुन्छ। प्रेममा ‘सेक्स’ हुन्छ। ‘समाजमा यस्तो सम्बन्ध मैले देखेको छु। जुन भित्रभित्रै थिचिएको छ,’ उनी भन्छन्।

आफूले बाँचिरहेको समाजसँग उनी परिचित थिए। ६ दिन मोबाइल अफ गरेर लेखिसकाए पहिलो ड्राफ्ट। ‘त्यसपछि शब्द शब्दमा काम गरेँ,’ उनी भन्छन्।

०००

लेखिरहँदासम्म उनलाई थाहा थिएन, ‘यो नाटक बन्छ कि बन्दैन।’ 

जब लेखिसकेर उनले गोविन्दराज भट्टराई, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला, सीमा आभास लगायतका लेखकहरूलाई देखाए, आएका प्रतिक्रियाले उत्साहको ग्राफ बढ्यो।

यसबीचमा घिमिरे युवराजको निर्देशनमा थुप्रै नाटक मञ्चन भए। तर बाँकी थियो ‘विमोक्ष’। उनी शब्दलाई दृश्यान्तरण गर्न नयाँ दृष्टिकोणको खोजीमा थिए। त्यही क्रममा रंगकर्मी प्रविण खतिवडाले नाटकको फाइनल ड्राफ्ट पढे। ‘यो नाटक दृश्यमा समृद्ध बनाउनमा उनकै हात रह्यो,’ युवराज भन्छन्। 

प्रविणले स्मृतिको भित्रसम्म जान सुरुङजस्तो संरचनाको निर्माण गरेका छन्। ‘उनको यो सुन्दर व्याख्या हो। जुन यसरी मैले सोचेको थिइनँ,’ युवराज भन्छन्। 

नाटकमा भिडियोको प्रयोग सुन्दर तरिकाले गरिएको छ। युद्धको समयलाई भिडियोको प्रयोगमार्फत् बुझाइएको छ।

निर्देशकको संघर्ष डाइलगबाहेकको कुरामा बढ्ता हुन्छ। लेखकले डिस्क्रिप्सनमा लेखिदिएको कुरा दृश्यको भाषामा बुझाउनु चुनौती हो। त्यसलाई भिडियोको प्रयोगबाट जसरी निर्देशकले व्याख्या गरेका छन्, त्यो सुन्दर लाग्छ।

नाटकमा प्रयुक्त संगीतले कथाको लय समातेको छ, र त्यो सहरी जीवन र दर्शकको इमोसनसँग ‘कनेन्ट’ छ।

नाटक हेरिसकेपछि दर्शकले पुस्तक लिएर जान सक्छन्। ‘पठन साहित्य दृश्य साहित्यमा कसरी रुपान्तरण भएको छ, हेर्न सकियोस् न,’ युवराज भन्छन्। 

नाटकलाई १८ चैत्रसम्म बत्तीसपुतलिस्थित शिल्पी थिएटरमा गएर हेर्न सकिनेछ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्