• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

विमोक्ष : मुद्दाहरूको कलात्मक चित्रण

64x64
समर्पण श्री बिहीबार, चैत २, २०७९  ०७:२७
1140x725

काठमाडौं– शिल्पी थिएटरको नयाँ शिल्प हो नाटक ‘विमोक्ष’। 

यदि तपाईं ‘विमोक्ष’लाई पुस्तकमा पढ्नुहुन्छ भने नाटककार घिमिरे युवराजले निर्माण गरेका पात्रहरूसँग आफ्ना सम्बन्धलाई ‘कनेक्ट’ गर्नुहुन्छ। पात्रले निर्माण गरेका परिस्थितिसँग यात्रा गर्नुहुन्छ। अक्षरमा उनिएका दुई फरक समयलाई वर्तमान धरातलमा भेट्नुहुन्छ।

समाजमा छिपेर गरिएका प्रेम। प्रेमलाई प्रभाव पार्ने सामाजिक संरचना। भोगिरहेका वा देखिरहेका विभेद(जातीय, वर्गीय र लैंगिक) यी सबैलाई महसुस गर्नुहुन्छ। नाटकमा कलात्मक सौन्दर्य लेपनसहितको बलियो मुद्दा छ। 

अब ‘विमोक्ष’लाई दृश्यमा हेर्नुहोस्। भव्य सेटले नयाँ संसारको निर्माण गरिदिएको छ।

यस्तो संसार– जहाँ वर्तमान र स्मृतिको जम्काभेट छ। दुई फरक समयको कथा एउटै दृश्यले बोल्छ। स्मृति माथि हुन्छ, वर्तमानचाहिँ धरातलमा। तल्लो स्टेजमा छरिएको पहेँलो र सेतो प्रकाशले वर्तमानको स्वरुप चित्रण गर्छ। माथिल्लो स्टेजमा स्मृतिका खण्डहरू छन्। गुलावी र निला रङहरूले विगतका धमिला दृश्यहरू इंगित गरेका छन्। स्टेजमा छरिएको रातो रङ प्रेमको ‘मेटाफोर’ हो। 

सेटमा थ्रिडीको कलात्मक प्रयोग छ। खण्ड खण्डमा राखिएका थ्रिडीले स्मृतिका पत्र बुझाउँछन्। 

०००

नाटकमा प्रेम दुई पात्रबीचको छ। तर यो दुई वर्गबीचको प्रेम हो। दुई जातबीचको प्रेम हो। दुई फरक उमेरबीचको प्रेम हो। 

Ncell 2
Ncell 2

कथामा दीप दर्नाल जातीय उत्पीडनका कारण कमल घिमिरेको रुप धारण गर्छन्। कर्णेल्नी(कर्णेलकी पत्ती) प्रेमको रश्मीले ‘जवान रश्मीदेवी’मा रुपान्तरित हुन्छिन्। कमल र रश्मीबीचको प्रेममा त्यतिबेला पहिरो आउँछ, जतिबेला कमल दीप दर्नाल भन्ने थाहा हुन्छ।

निकै वर्षपछि दीप दर्नाल ढोकाभित्र प्रवेश गर्छन्, उनको सामु दुई प्रेमी आपसमा अँगालोमा बाँधिएको दृश्य देखापर्छ।

त्यो उनको स्मृतिको धुमिल दृश्य हो। भित्र प्रवेश गर्नेबित्तिकै उनलाई कमल घिमिरे र रश्मीदेवीको प्रेमिल स्मृतिको झोंकाले हान्छ। फर्केर जाने बेलामा पनि त्यही दृश्य दोहोरिन्छ। दीप कमलबाट छुट्न सकेको छैन। अर्थात् कमल रश्मीदेवीबाट।

दुई पात्रको मनस्थितिबीचको द्वन्द्व नाटकको सुन्दर पक्ष हो। 

यी दुई पात्र स्मृतिका पत्रहरू उप्काइरहन्छन्। पत्रसँगै नयाँ नयाँ रहस्योद्घाटन हुन्छन्। ती रहस्यले हामी बाँचिरहेको समयलाई विचरण गराउँदै लैजान्छन्। दुई पात्रका लागि स्टेजमा ४ कलाकार छन्। 

जवानीको रश्मीदेवी(पवित्रा खड्का) र कमल घिमिरे(सागर)ले माथिल्लो स्टेजमा गरेको अभिनय उत्कृष्ट लाग्छ।

तत्लो स्टेजमा वृद्ध उमेरकी रश्मीदेवी(सगुना शाह) र अधवैंशे उमेरका दीप दर्नाल(घिमिरे युवराज)को प्रस्तुति प्रशंसनीय छ। संवादमा लवज, शरीरको हाउभाउ र हिँडाइको चालले घिमिरे युवराजलाई दीपको ‘जोन’मा पुर्‍याएको छ।

सगुना कर्णेल्नी र रश्मीदेवीको अवतारमा ‘कन्भिन्सिङ’ छिन्। नाटकको अर्को सुन्दर पक्ष ‘कन्फ्युजन’ हो। कथाले कन्फ्युजन खडा गर्दै भत्काउँछ। यो क्रम अन्तिमसम्म पनि रहन्छ। पात्र र उनीहरूको मनस्थितिबीचको द्वन्द्वले कथालाई सशक्त बनाएको छ। 

नाटकको भब्य सेट, संगीत र रहस्यका पत्र उप्काउने संवादले दर्शकलाई पूरा अवधिभर बाँध्छ। 

०००

यो नाटकलाई मञ्चसम्म पुर्‍याउने नाटककार घिमिरे युवराजको ‘विमोक्ष यात्रा’ कस्तो थियो त? नेपाली नाटक कम लेखिएका बेला सुन्दर नाटक जन्माउन उतिकै मुस्किल। 

उनको गुनासो थियो, ‘लेखकहरूले राम्रा नाटक लेखिदिएनन्।’

लकडाउनमा सहरका सटरहरू बन्द थिए। बन्द कोठामा मन्थन गरिरहेका घिमिरे युवराजको लेखन हुटहुटीमा ‘विमोक्ष’ प्रवेश गर्‍यो। ‘त्यसबीच धेरै विदेशी नाटक पढेँ। एउटा नाटकलाई नेपालीकरण गर्ने सोच भयो। तर हाम्रो परिवेशसँग ठ्याक्कै मेल नखाने, ’ उनी भन्छन्, ‘अनि हामीले बाँचिरहेको समाजबारे आफैँ लेख्छु भन्ने लाग्यो।’

लकडाउनको समय प्रेम गरेकै कारण नवराज विकहरू मारिनुपर्‍यो। त्यो घटनाले उनलाई बेसरी दुखाइरहेको थियो। दलित भएकै कारण दीपा नेपालीहरू घरबाट निकालिनुपरेका दुःखद् दृष्टान्त थिए। ‘त्यो कुरालाई बाहिर ल्याउनुपर्छ। तर पोएट्रिक हिसाबले,’ उनले सोचे।

नाटकको सौन्दर्य पक्षलाई जोड्ने धागो प्रेम हो। प्रेमको कुरा बलियोसँग ल्याउनु थियो। ‘मान्छेहरूले प्रेम गर्नै पाइरहेका छैनन्। नाटकमा प्रेमको तत्व बढी होस् भन्ने लाग्यो,’ उनी भन्छन्।

नाटकमा रश्मीदेवीको आफूभन्दा २० वर्ष कम उमेरका कमल घिमिरेसँग प्रेम हुन्छ। प्रेममा ‘सेक्स’ हुन्छ। ‘समाजमा यस्तो सम्बन्ध मैले देखेको छु। जुन भित्रभित्रै थिचिएको छ,’ उनी भन्छन्।

आफूले बाँचिरहेको समाजसँग उनी परिचित थिए। ६ दिन मोबाइल अफ गरेर लेखिसकाए पहिलो ड्राफ्ट। ‘त्यसपछि शब्द शब्दमा काम गरेँ,’ उनी भन्छन्।

०००

लेखिरहँदासम्म उनलाई थाहा थिएन, ‘यो नाटक बन्छ कि बन्दैन।’ 

जब लेखिसकेर उनले गोविन्दराज भट्टराई, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला, सीमा आभास लगायतका लेखकहरूलाई देखाए, आएका प्रतिक्रियाले उत्साहको ग्राफ बढ्यो।

यसबीचमा घिमिरे युवराजको निर्देशनमा थुप्रै नाटक मञ्चन भए। तर बाँकी थियो ‘विमोक्ष’। उनी शब्दलाई दृश्यान्तरण गर्न नयाँ दृष्टिकोणको खोजीमा थिए। त्यही क्रममा रंगकर्मी प्रविण खतिवडाले नाटकको फाइनल ड्राफ्ट पढे। ‘यो नाटक दृश्यमा समृद्ध बनाउनमा उनकै हात रह्यो,’ युवराज भन्छन्। 

प्रविणले स्मृतिको भित्रसम्म जान सुरुङजस्तो संरचनाको निर्माण गरेका छन्। ‘उनको यो सुन्दर व्याख्या हो। जुन यसरी मैले सोचेको थिइनँ,’ युवराज भन्छन्। 

नाटकमा भिडियोको प्रयोग सुन्दर तरिकाले गरिएको छ। युद्धको समयलाई भिडियोको प्रयोगमार्फत् बुझाइएको छ।

निर्देशकको संघर्ष डाइलगबाहेकको कुरामा बढ्ता हुन्छ। लेखकले डिस्क्रिप्सनमा लेखिदिएको कुरा दृश्यको भाषामा बुझाउनु चुनौती हो। त्यसलाई भिडियोको प्रयोगबाट जसरी निर्देशकले व्याख्या गरेका छन्, त्यो सुन्दर लाग्छ।

नाटकमा प्रयुक्त संगीतले कथाको लय समातेको छ, र त्यो सहरी जीवन र दर्शकको इमोसनसँग ‘कनेन्ट’ छ।

नाटक हेरिसकेपछि दर्शकले पुस्तक लिएर जान सक्छन्। ‘पठन साहित्य दृश्य साहित्यमा कसरी रुपान्तरण भएको छ, हेर्न सकियोस् न,’ युवराज भन्छन्। 

नाटकलाई १८ चैत्रसम्म बत्तीसपुतलिस्थित शिल्पी थिएटरमा गएर हेर्न सकिनेछ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्