• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अमेरिकी बैंकहरू कसरी पुगे बन्द हुने अवस्थामा?

64x64
नेपाल लाइभ बुधबार, चैत १, २०७९  १७:५८
1140x725

काठमाडौं– अमेरिकामा पछिल्लो हप्ता तीन वटा बैंक बन्द भए। निरन्तर रुपमा तीन बैंक बन्द भएपछि विश्वभरीको ध्यान खिचिएको छ। अघिल्लो हप्ताको बुधबार स्यान डिएगोमा रहेको सिल्भर गेट बैंकले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने र बैंकलाई विघटन गर्ने प्रक्रियामा लाने घोषणा गर्‍यो। यो बैंकको मुख्य लगानी नै क्रिप्टोमा थियो। क्रिप्टो डिजिटल मुद्रा हो। अमेरिकामा क्रिप्टोमा लगानी गर्ने एकाध बैंकहरूमा सिल्भर गेट प्रमुखमध्येमा पर्थ्यो। यद्यपि, सिल्भरगेटले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने बताएको छ।

सिल्भरगेटको तरंग सेलाउन नपाउँदै शुक्रबार सिलिकन भ्यालीमा रहेको सिलिकन भ्याली बैंक बन्द भयो। बचतकर्ताहरूले केही समयमै ४२ विलियन डलर झिकिदिएपछि यो बैंक बन्द हुने स्थितिमा पुग्यो। अमेरिकाको प्रमुख २० बैंकहरूको समूहमा पर्ने यो बैंक बन्द भएपछि अमेरिकामा सन् २००८ पछिको अर्को आर्थिक संकट सुरु भएको अनुमान गरिएको छ। तर, संघीय सरकार र अन्य नियमाक निकाय भने त्यसलाई अस्वीकार गर्छन्। 

सिलिकन भ्याली बैंक (सीभीबी) स्टार्टअपमा र प्रविधिमा लगानी गर्ने बैंक थियो। तर, यो पनि सिल्भरगेटजस्तै क्रिप्टोमैत्री नै थियो। 

सिलिकन बैंक बन्दको खबरले सशंकित भइरहेका बेला आइतबार अर्को क्रिप्टोमा लगानी गर्ने बैंक सिग्नेचर बैंक पनि बन्द भयो। यो न्यूयोर्कको ठूलो मानिएको बैंक हो। यसलाई अमेरिकी नियमाक निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन आफैंले बन्द गरिदियो।

ठूलो भनिएको सिलिकन भ्याली बैंक कसरी ध्वस्त भयो?
सिलिकन भ्याली बैंकसँग २०२१ मा १८९ अर्ब डलर निक्षेप थियो। सिलिकन भ्याली बैंकले विगत २ वर्षमा आफ्ना ग्राहकको पैसाले अर्बौं डलरको ऋणपत्र खरिद गरेको भए पनि ब्याजदर न्यून भएकाले सो लगानीमा उचित प्रतिफल पाउन सकेको थिएन। यसैबीच, फेडरल रिजर्भ बैंकले प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरूको लागि ब्याजदर बढाइदियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो बैंकका धेरैजसो ग्राहकहरू स्टार्टअप र प्राविधिक कम्पनीहरू रहेकाले ब्याजदर बढेपछि प्राविधिक कम्पनीहरूमा लगानीकर्ता घटेका थिए। पूँजी नपुगेपछि कम्पनीहरूले पनि बैंकबाट बाँकी रकम झिक्न थालेपछि बारम्बार नगद निकासीका कारण बैंकले पनि आफ्नो सम्पत्ति बेच्नुपरेको थियो। जसका कारण बैंकले आफ्नो धेरै धितोहरू घाटामा बेच्नु परेको थियो। 

यता बैंकले पूँजी विस्तार गर्न नयाँ सेयर बिक्रीको घोषणा गर्‍यो। यसले धेरै ठूला पूँजी कम्पनीहरूमा डरको वातावरण सिर्जना गर्‍यो र फर्महरूले कम्पनीहरूलाई बैंकबाट पैसा फिर्ता लिन सल्लाह दिए।

सिलिकन भ्याली बैंक बन्द गराउनुमा केन्द्रीय बैंकको नीति प्रमुख रहेको आलोचना पनि हुने गरेको छ। ब्याजदरमा वृद्धि गर्नुले लगानीकर्तामा लगानी गर्नुमा विश्वास नबढेकोले बैंकहरू संकटमा पुगेको आरोप लाग्ने गरेको छ। 

एकथरी अर्थशास्त्रीहरू भने क्रिप्टोको भविष्य नरहेकोले उक्त क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाको औचित्य समाप्त भइसकेको बताउन थालेका छन्। सन् २००८ मा अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीको सुरुआती झल्को दिने गरि बैंकहरू बन्द हुन थालेपछि त्यसको असर भने संसारभरी देखिन थालेको छ। पछिल्ला दिनमा नेपालसहित संसारभरीको सेयर बजार खस्किरहेका छन्। 

शृखंलावद्ध रुपमा तीन वटा बैंक बन्द भएपछि अमेरिका आर्थिक मन्दीको डिलमै रहेको अड्कलबाजी गरिएको छ। यसको असर यूरोपदेखि भारतसम्म देखिएको छ। तर, राष्ट्रपति जो बाइडेन भने अमेरिका आर्थिक संकटबाट टाढा रहेको दाबी गरिरहेका छन्। यद्यपि, बाइडेन सरकारले निक्षेपकर्ताहरूको बचत सुरक्षित रहेकोले नआत्तिन पनि आग्रह गरेका छन्। 

तीन बैंकजस्तै अरुमा संकट आउन नदिन के गरिरहेको छ अमेरिका?
अमेरिकी बैंकहरूलाई नियमन गर्ने फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन र फेडेरल रिर्जभले अन्य बैंकहरू यस्ता संकटबाट प्रभावित नहोउन् भनेर कोष सिर्जना गर्ने योजना गरिरहेका छन्।

अमेरिकी फेडरल रिजर्भले पनि सोमबार, १३ मार्चमा आपतकालीन बैठक बोलाएको थियो। यसमा अमेरिकी फेडरल रिजर्भ बोर्ड अफ गभर्नरले यस संकटसँग जुध्न उपायहरूबारे छलफल गरेका छन्। उक्त बैठकपछि छिट्टै विशेष योजनाहरू सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सम्बन्धित सामग्री
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र)... सोमबार, वैशाख १४, २०८३
सुनको मुल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। आइतबार, वैशाख १३, २०८३
नेप्से सूचक आज पनि घट्यो अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो । बिहीबार, वैशाख १०, २०८३
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्