काठमाडौं– बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुले आफ्ना विरोधका कार्यक्रमहरु फिर्ता लिएका छन्।
उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको उनले बताए। प्रधानमन्त्रीले माग पूरा नभए फेरि आन्दोलन गर्नुहोला तर अहिले सरकार माग पूरा गर्न तयार छ भन्ने आश्वासन दिएका कारण हाललाई आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
बजारमा देखिएका समस्याबारे प्रधानमन्त्रीले आफू जानकार रहेको र यो विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएको श्रेष्ठले जानकारी दिए। योसँगै बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी व्यवसायीका आन्दोलन आजैदेखि रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।