काठमाडौं– नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्।
महासंघको आगामी चैत २८ र २९ हुने साधारण सभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन्। उनले मुलुकभित्र नै व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनका लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए।
उपाध्यक्ष श्रेष्ठले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए।
‘नयाँ सोचका साथ व्यापार नीतिहरू ल्याउनुपर्छ र संसक्त संगठन विस्तार गर्नुपर्छ। त्यस्तो संगठन विस्तार गर्न आफ्नो अनुभवले संगठन विस्तार गर्न भूमिका खेल्नसक्छु। त्यही अनुसार मैले नेतृत्वउन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको छु’, उनले भने, ‘विभिन्न जिल्लामा भ्रमण गरेर मेरो उम्मेदवारीको कुरा राखेको छु। २९ गते हुने निर्वाचनबाट व्यवसायीहरूले विश्वास गरेर अगाडि बढाउनु हुनेछ भन्ने विश्वासमा छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।