• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टी राजनीतिमै फर्किन्छन् सभामुखहरू, अनुभव उपयोग गर्ने छैन प्रणाली

64x64
किशोर दहाल मंगलबार, फागुन ३०, २०७९  १५:०३
1140x725

काठमाडौं- बेलायतको तल्लो सदन (हाउस अफ कमन)को सभामुखलाई आफ्नो कार्यकाल सकिएपछि मथिल्लो सदन (हाउस अफ लडर्स) मा मनोनयन गर्ने प्रचलन छ। त्यसका लागि मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्र प्रमुख (राजा वा रानी)ले अनुमोदन गर्ने प्रचलन छ। त्यसरी मनोनित (लडर्स) सांसदको कार्यकाल भने आजीवन हुन्छ। यद्यपि, सभामुख जोन बर्काउको २०१९ मा कार्यकाल सकिएपछि भने बोरिस जोनसोनको सरकारले सिफारिस गर्न इन्कार गर्‍यो।

त्यसका केही कारण छन्। तर, सभामुखलाई उसको कार्यकालपश्चात माथिल्लो सदनको सदस्यमा निर्वाचित गर्नु बेलायतमा नियमित प्रक्रिया रहँदै आएको थियो। सम्भवतः पछि पुनः नियमित हुनेछ। निर्वाचनमार्फत् हाउस अफ कमनकै सदस्य हुन चाहने सभामुखसँग विपक्षी पार्टीहरूले प्रतिस्पर्धा नगर्ने प्रचलन छ। यसले सभामुखको अनुभव उपयोग र उनलाई दिइने सम्मान दर्शाउँछ।

संसदीय प्रणालीको जननी मानिने बेलायतमा रहेको यस किसिमको प्रचलनलाई नेपालका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा उदाहरणीय मान्छन्। ‘बेलायतको त्यो प्रचलन मलाई निकै राम्रो लाग्यो। किनभने राष्ट्रले लगानी गरेर सभामुखलाई ज्ञान र क्षमता विकास गर्ने अवसर दिएको छ’, नेपाल लाइभसँगको कुराकानीको क्रममा उनले भने, ‘त्यसलाई सदुपयोग गर्नका लागि (यहाँ पनि) राष्ट्रिय सभामा लगियो भने सम्मानित पनि भयो, योग्यता र क्षमता पनि लागू हुने भयो। त्यो मलाईचाहिँ असाध्यै मन पर्‍यो। तर, त्यहाँको अभ्यासलाई यहाँ सोचेर त भएन।’

तीन वर्ष सभामुखका रुपमा बिताएका उनै सापकोटा स्वयं भने माओवादी केन्द्र फर्किएका छन्। उपाध्यक्ष बनाइएका उनी अहिले पार्टी गतिविधिमै व्यस्त छन्। सभामुख हुँदाको उनको अनुभव उपयोग गर्ने राज्यसँग कुनै प्रणाली छैन। त्यसैले उनी आफ्नो अनुभव पार्टीलाई विधिमा डोहोर्‍याउन प्रयोग गर्दैछन्। गत मंसिर ४ मा निर्वाचन नलडेका उनले सभामुख हुँदा प्राप्त गरेको अनुभव र चुनाव नलड्नुको कारणलाई जोडेर भने, ‘सभामुख हुँदा विधिको महत्त्व र विधिलाई लागू गर्ने विषयमा केही अनुभव लिएको छु। त्यो अनुभवका कारण एक पटक मलाई पार्टीमै काम गर्नुपर्छ भन्ने लाग्यो।’

सापकोटा मात्रै होइन, नेपालका सबै जसो सभामुखको हविगत उस्तै छ। उनीहरू पदबाट बाहिरिएपछि पुनः पार्टी राजनीतिमै सक्रिय हुने गरेका छन्। हालै राष्ट्रपति भएका रामचन्द्र पौडेल पनि २०५१ सालमा सभामुख भएका थिए। तर, सभामुखबाट बाहिरिएपछि उनी पार्टी राजनीतिमा लागे, पटकपटक मन्त्री भए, पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गरे, प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरे। सभामुखबाट बाहिरिएपछि पनि उनी चुनावदेखि चुनावकै चक्रमा घुमिरहे। अन्ततः राष्ट्रपति भए। अन्य सभामुखहरू दलतिरै फर्किएर चुनाव लड्ने गरेका छन्। र, अन्य पदका लागि प्रयत्नशील रहने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बेलायतमा जस्तो सभामुख नै प्रतिस्पर्धामा उत्रिएको क्षेत्रमा अन्यले सहयोग गर्ने प्रचलन यहाँ नभएकाले चुनाव लड्न पार्टीको सहयोग लिनुपर्ने बाध्यता रहेको संविधानविद् राधेश्याम अधिकारी बताउँछन्। यही बाध्यताका कारण सभामुखहरूको निष्पक्षतामा समेत पार्टीको छाप गरेको उनको तर्क छ। लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने हो भने एक पटकको सभामुख सधैँको सभामुख बनाउने गरी सोच्न सकिने उनको प्रस्ताव छ। त्यसो हुन सक्यो भने पार्टीसँग आबद्धता नरहने उनको भनाइ छ।

अधिकारीले सभामुखको निष्पक्षता र पार्टी आबद्धताको विषयमा भारतीय उदाहरण पनि दिए। नेपाल लाइभसँगको कुराकानीमा उनले भने, ‘भारतका सोमनाथ चटर्जी नौ पटकसम्म सीपीईआईएम (भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी) को तर्फबाट चुनाव जितेर लोकसभामा जानुभयो। जब सभामुख हुनुभयो। त्यसपछि उहाँले पार्टी छोड्नुभयो। सभामुखको रुपमा सीपीआईएमले लिएको अडान पनि उहाँलाई मन परेन। सीपीआईएमले भन्दा उहाँले भन्नुभयो, बरु म सीपीआईएम छाडिदिन्छु तर सभामुखमा आएपछि मैले यही भूमिकामा बस्नुपर्छ। उहाँले तटस्थ भूमिका खेल्नुभयो। आफ्नो पार्टीलाई वास्ता गर्नुभएन। पदले जे गर्नुपर्थ्यो, त्यही गर्नुभयो।’

नेपालमा पनि सभामुखमा निर्वाचित भएका व्यक्तिले पूर्वपार्टीसँगको आबद्धता त्याग्ने प्रचलन छ। जस्तो, तत्कालीन नेकपाबाट सभामुखमा निर्वाचित भएपछि उनले २०७६ माघ १३ गते राजीनामा दिएका थिए। अहिलेका सभामुख देवराज घिमिरेले पनि गत माघ ६ गते एमालेको सदस्यता र जिम्मेवारी त्यागेका थिए। तर, जसरी सापकोटा र उनीभन्दा अघिका सभामुखहरू पुनः पार्टीमा फर्किए, घिमिरे पनि फर्किनेछन्। त्यसैले उनीहरूको पार्टी परित्याग एक किसिमको देखावटी र सांकेतिक मात्रै हुने गरेको छ।

अर्कोतिर, सभामुखको रुपमा रहँदा ती व्यक्तिहरूले राज्यको एउटा अंगको नेतृत्व गरिरहेका हुन्छन्। तर, पार्टी राजनीतिमा फर्किने बित्तिकै उनीहरू केवल एउटा निश्चित पार्टीको दोस्रो वा तेस्रो हैसियतको नेताको रुपमा खुम्चिन पुग्छन्। चुनावमा पनि उठ्ने भएपछि त आलोचना र गालीगलौज खेप्नु सामान्य बनिहाल्छ। निर्विरोध निर्वाचित गराउने प्रचलन नभएको र प्रतिस्पर्धामा उत्रिएका सबैजसो दलहरूले आफ्नो उम्मेदवारको जितलाई नै जीवन-मरणको सवाल बनाउने भएकाले पूर्वसभामुखले जित्ने निश्चित पनि हुँदैन। जस्तो, नेपालमा सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गरेको व्यक्तिहरूको नाम लिँदा अग्रपंक्तिमा पर्छ दमननाथ ढुंगाना। तर, २०५१ कै निर्वाचनमा उनी पराजित भएका थिए।

त्यसो भए पदबाट बाहिरिएका सभामुखहरूलाई सम्मानित र जिम्मेवार ठाउँमै कसरी राखिराख्न सकिन्छ त? उनीहरूले पदमा रहँदा हासिल गरेका ज्ञान र अनुभवलाई कसरी उपभोग गर्न सकिन्छ त? एकपटक दल त्याग गरेर स्वतन्त्र भइसकेका उनीहरूलाई त्यही हैसियतमै राख्दै सबैले सम्मान गर्न सकिने भूमिका कसरी दिन सकिन्छ त? सापकोटाको विकल्प छ, राष्ट्रिय सभाको मानार्थ सदस्य बनाउन सकिन्छ।

‘निवर्तमान सभामुखहरूलाई चाहिँ राष्ट्रिय सभामा मानार्थ राख्दा राष्ट्रलाई धेरै फाइदा हुन्छ’, उनको भनाइ छ, ‘मेरो कार्यकाल गौरवपूर्ण भयो, विधिमा ठूलो शिक्षा प्राप्त गरेँ भनेँ नि। यो त मलाई जनताले तिरेको करबाट प्राप्त भएको हो नि। मैले प्राप्त गरेको अनुभव राष्ट्रको लगानीका कारण प्राप्त भएको हो। पदमा रहँदा मैले जति सकेँ, जिम्मेवारी प्राप्त गरेँ। आफ्नो टिमलाई परिचालन गर्न कोसिस गरेँ। त्यसरी प्राप्त भएका ज्ञान, क्षमता र अनुभवहरू राष्ट्रिय सभामा प्रयोग गर्न उचित हुन्छ। यो मेरो व्यक्तिगत कुरा मात्रै होइन। तर, प्रतिनिधि सभाको सभामुखको एक कार्यकाल पूरा हुन्छ। त्यसपछि राष्ट्रिय सभाको मानार्थ सदस्य हुँदा राष्ट्रलाई फाइदा नै हुन्छ।’

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्