काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १ हजार ६०० रुपैयाँले बढेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।