काठमाडौं– जल तथा मौसम विभागले पछिल्लो तीन घण्टामा लगातार वर्षा भइरहेकाले सचेत हुन आग्रह गरेको छ।
विभागले मौसम बुलेटिन जारी गर्दै मेघ गर्जन र चटयाङ्सहित वर्षा भइरहेकाले सचेत हुन आग्रह गरेको हो।
‘पछिल्लो तीन घण्टामा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्हजन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ,’ विभागले भनेको छ, ‘आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।’
लामो समयपछि काठमाडौमा वर्षा भएको हो। वर्षा भएसँगै चिसो पनि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।