काठमाडौं– चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघ महिनाको तुलनामा यस वर्षको माघ महिनामा १.६४ प्रतिशतले मुद्रास्फीति बढी भएको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मूल्य बढेको जनाएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो।
यस्तै, चालु आर्थिक वर्षको माघ महिनामा खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.२२ प्रतिशत रहेको छ।
माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.२४ प्रतिशत बढेको छ। खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशतले मूल्य बढेको छ।
सुर्तिजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले मूल्य बढेको छ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूह अन्तर्गत समूहको मूल्य सूचकांक १५.५८ प्रतिशतले मूल्य बढेको छ।
स्वास्थ्यको १०.३९ प्रतिशत, घरयासी उपयोग्य वस्तु ९.७८७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृति ८.८१ प्रतिशतले मूल्य बढेको छ।
माघ महिनामा काठमाडौं उपत्यकामा ८.७४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ।
आघिल्लो आर्थिक वर्षको माघ महिनामा काठमाडौंमा ५.७४ पतिशत, तराईमा ६.५०, पहाडमा ६.७१ र हिमालमा ५.९७ प्रतिशतले मुद्रास्फीति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।