काठमाडौं– आर्थिक वर्षको पहिलो ७ महिना माघ मसान्तसम्ममा आाइपुग्दा शोधनान्तर स्थितिमा करिब १ अर्ब ३३ करोडले बचतमा रहेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले उक्त तथ्यांक सार्वजनिक गरेको हो।
आयातमा संकुचन हुँदा र विप्रेषण आप्रवाहमा वृद्धि हुँदा शोधनान्तर स्थितिमा सुधार भएको हो। आर्थिक बर्ष ०७९/०८० को पहिलो २ महिना घाटामा रहेको शोधनान्तर स्थिति त्यसयताका ५ महिना भने निरन्तर बचतमा रहेको छ।
त्यसअघि पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो। त्यस्तै, चालु आर्थिक वर्षमा चालु खाता घाटामा पनि ब्यापक सुधार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अन्त्यमा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।