काठमाडौं– सेयर बजार साताको अन्तिम कारोबार दिनसमेत रहेको बिहीबार ५० अंकले बढेको छ। यो सँगै नेप्से २ हजार २ अङकमा पुगेको छ।
बिहीबार १ अर्ब ५६ करोड ५५ लाख माथिको कारोबार भएको छ। यस्तै, कूल २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ। यस्तै, २ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बिहीबार बैंकिङ उपसमूह २३, विकास बैंक उपसमूह १०५, फाइनान्स उपसमूह ५६, होटल तथा पर्यटन उपसमूह ६६, जलविद्युत् उपसमूह ९०, जीवन बीमा उपसमूह ३१३, उत्पादन उपसूमह ६८, माइक्रोफाइनान्स उपसमूह १०९, निर्जीवन बीमा उपसमूह २५२, अन्य उपसमूह ३१ र ब्यापार उपसमूह ४३ अंकले बढेको छ।
धेरै बढ्नेमा मध्येमा शुभम् पावर लिमिटेडको मूल्य १० प्रतिशतले, नेपाल इन्स्योरेन्सको ९ दशमलव ४ प्रतिशतले, शिवश्री हाइड्रोको ८ दशमलव ५ प्रतिशतले, अभियान लघुवित्तको ७ दशमलव ५ प्रतिशतले,जोशी हाइड्रो लिमिटेड को ७ दशमलव ४ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।