काठमाडौं– सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रूपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य बुधबार एक लाख एक हजार पाँच सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले घटेर एक हजार दुई सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा महासंघले दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।